Sunday, 19 July 2015

बिदेशको बास

धेरै बर्ष भयो हजूर बिदेशको बास छ
पिजडाको चरी भइयो पराइको दास छ।

पचास डिग्रीको तातो घाम साउन भदौमा
नेपालमा भन्छन् हजूर लाउरे झक्कास छ।

चाहिदैन मलाई अब बिदेशको डलर
२ थोपा रगत ज्यानमा,एक मुठी सास छ।

के गर्नु रियाल,धिराम,के गर्नु र रिङ्गेट
बिदेशको जीवन त यहाँ जिउदो लास छ।

उता भने दशै, तिहार, चाड्बाड्को उल्लास
खुशी छैन मन यहाँ सार्है नै हतास छ।

पकाइ खाउ, ड्युटी जाउ, यहाँको खबर छ
न आरामको निद्रा नैछ ,न त मीठो गास छ।

के सुनाउ धेरै हजूर  प्रदेसीको खबर
स्वदेशकै यादमा तड्पी केबल निराश छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।