Sunday, 5 July 2015

झूटो होइन

झूटो होइन माया मेरो साचो छ
तिमी जस्ती साथी मलाइ खाचो छ।

खन्जोत र गोडमेल गर्नको लागि
आउ मेरो जोवन अति भाजो छ।

जीवन साथी नै हो पक्का बनाउने
अहिले सम्म यो जोवन काचो छ।

स्वीकारिदेउ न मेरो प्रेम प्रस्ताव
मेरो अरु सित बे'को चाजो छ।

झूटो होइन मेरो माया साचो छ
तिमी जस्ती साथी मलाइ खाचो छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।