गजल,गीतले बन्दैन देश चल्नु पर्छ हात हरु
एक्लो प्रयासले हुदैन आवस्यक छ साथ हरु।
काम गर कुरा जस्तो , काम जस्तो कुरा गर
जुर्मुराइ जाग्नुछ यहाँ जे भए नि जात हरु।
जनता सबै एक जुट भइ लड्न सक्नु पर्छ यहाँ
सहनु हुन्न है अब अत्याचारी लात हरु
हातमा हात,काधमा काध मिलाएर उठ्ने बेला
केही गर्ने बेला हो यो टाढा राख मात हरु।
समय खेर नफाल एक पलको नि महत्व छ
निरन्तर भै लागि परौ दिन अनि रात हरु।
No comments:
Post a Comment