नाच्दैछु म तिम्रो गीतैको तालमा
परेछु कसरी हेराइको जालमा।
दोस मेरो होइन तिम्रै जवानीको
बेहोस छु नशामा परे झैं छालमा।
जता जता तिमी उतै उतै म पनि
क्या जादू रहेछ तिम्रो त्यो चालमा।
पौडिन खोज्दैछु सक्या छैन तर
डुबिसके तिम्रो नयनको तालमा।
प्रतिक्षाको बाध टुटिसक्यो अब
झ्याइ पार्छु तिम्लाइ आउने सालमा।
No comments:
Post a Comment