Friday, 3 July 2015

तिम्रो पालो

सुक्या छैन घाउ अझै आलो छ
घाउ लाई छोप्ने एक टुक्रो टालो छ।
कहाँ छ र यहाँ चोखो माया
प्रेम गर्ने हरुको दिल कालो छ।
खोजी हेर पबित्र दुनियाँ
जताततै स्वार्थको जालो छ।
थाहा पाए मैले त तिमी बाट
धोका खाने अब तिम्रो पालो छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।