Saturday, 25 July 2015

निउ छैन

केही पनि लिउ छैन, केही पनि दिउ छैन
कान्छी सीता बोल्न लाई  केही पनि निउ छैन।
--------------------------------------------------
तिर्खा नि ला छैन , पानी नि पिउ छैन
मन पराउने हुन होइनन्  खाइलाग्दो जिउ छैन।
केही पनि लिउ छैन••••••••••••••••••••••
अनिकालमा बीउ छैन, हिमालमा हिउँ छैन
कान्छी सीता भेट्न लाई केही पनि निउ छैन।
केही पनि लिउ छैन•••••••••••••••••••••
बोलीमा सान छैन,साथमा धन छैन
झुत्रो-मुत्रो लाएर भेट्न लाई मन छैन।
केही पनि लिउ छैन••••••••••••••••••••
गोठमा मोइ छैन, घरमा कोही छैन
कान्छी सङ्ग मिल्ने म पोइ छैन।
केही पनि लिउ छैन, केही पनि दिउ छैन
कान्छी सीता बोल्न लाई केही पनि निउ छैन।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।