Wednesday, 1 July 2015

तामाकोसी सुसायो

तामाकोसी सलल
गौरीशंकर टलल।
बादलले हिमाल छोप्दैछ
मायालु पिरती रोप्दैछ।
तामाकोसी •••••••••••
डाफे र मयुर नाच्दैछ
शेर्पिनी कम्मर भाच्दैछ।
च्याङबा मुसु मुसु हास्दैछ
कान्छीको जालमा फस्दैछ।
तामाकोसी •••••••••••••••••
चौरी गाई चर्दैछ
कान्छी बेशीमा झर्दैछ।
कान्छीको रातो गालाले
मार्यो मोरीको चालाले।
तामाकोशी•••••••••••••••••

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।