Monday, 6 July 2015

सपना बुन्दैछु

लाई कति माया गर्छौ गुन्दैछु
आफ्नो बनाउने सपना बुन्दैछु।

मन पराउने यहाँ हजारौं नै छन्
लाखौं लाख बाट तिम्लाइ चुन्दैछु।

एक बारको जूनीमा सिर्फ तिम्रै हु
अन्त जाने माया दिलमा थुन्दैछु।

भाग्यमानी रैछु ,सार्है खुशी छु
मन पराउछौ मलाई भन्ने सुन्दैछु।

मलाई कति माया गर्छौ गुन्दैछु
आफ्नो बनाउने सपना बुन्दैछु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।