लाखौं कोसिस पछि मन यता मोड्यौ
खुशी छु म प्रिय अमर नाता जोड्यौ।
चोखो माया पाउन धेरै गार्हो हुन्छ
मेरो लागि तिमीले बाधा हरु तोड्यौ।
बाझो थिए अति, खडेरी थ्यो ममा
तिमी आयौ जब, मलजल गरि गोड्यौ।
नमूना देखायौ साचो अटल प्रेमको
सन्सारका प्रेमी लाई धेरै पछि छोड्यौ।
लड्यौ मेरो लागि,संघर्ष नि गर्यौ
प्रीतिको बाटोमा पत्थर हरु फोड्यौ।
लाखौ कोसिस पछि मन यता मोड्यौ
खुशी छु म प्रिय अमर नाता जोड्यौ।
No comments:
Post a Comment