टिङरिङ.टिङरिङ,टिङरिङ.....................
"हेल्लो!ब्यान-ब्यानै के खान फोन गरिस्?आफू यहाँ मस्त सुतिरहेको बेला डिस्टर्ब गर्ने?"
"ए सुन त यार!था पाईस् कि नाइँ?खुशीको खबर छ तेरो लागि।"
"अहँ,था छैन त के कुरा हो?"
"मुला!आजको गोर्खापत्र हेर त।तैंले मदन पुरस्कार जितेको रहेछस् नि!"
त्यतिकैमा मोबाइलको अलार्म बजेर मेरो निद्रालाई भंग गरिदियो।आँखा खोलेर हेर्दा म सिनामंगलको आफ्नै भाडाको कोठामा थिएँ।बडो मीठो सपना देखेछु।यदि त्यो बिपना हुँदो हो त कति खुशी हुने थिएँ।तर केही गुनासो थिएन,आफ्नो मर्जीले कलम त निरन्तर चलाइरहेकै थिएँ।तत्कालै जेएस सरको फोन आयो।फोन उठाउने जाँगरै चलेन।मेरो ध्यान त्यही सपनामा केन्द्रित थियो।जेएस सर जिरीको एपार्ड स्कुल पढ्दादेखिको जिग्री साथी थियो।उहाँले मेरो अतीतको बिस्कुनलाई मेरै सामू छ्ताछुल्ल फिंजाइदिनुभयो।
सामान्य परिवारमा जन्मेको भएपनि बाबा-आमाले राम्रै खर्च गरेर पढाउनुभयो।जिरीको एपार्ड बोर्डिङ हाइस्कुलबाट प्रथम श्रेणीमा उतीर्ण भएपछि म,कैलाश,विश्व र सन्जु काठमाडौंमा भासियौं-पढाईकै खातिर।अरु साथीहरु भने जिरी क्याम्पसमै अध्ययन गर्न थाले।बाबा-आमाको चाहना मलाई डाक्टर बनाउने थियो।तर मैले उहाँहरुको सपनाको पल्लवीमाथि तुसारापात गर्दै बिज्ञान पढ्न छोडेर पत्रकारिता रोजें।सन्जु एघार पढ्दापढ्दै बेलायतको सेनामा लाहुरे भयो।बाह्र कक्षा उतीर्ण गरेपछि कैलाश र विश्व पनि विद्यार्थी भिषामा अष्ट्रेलिया छिरे।कैलाशको पारिवारिक पृष्ठभूमि बलियो भएकोले सजिलैसँग गयो।तर विश्वको बाबाले भने छोरोको सपना किन्न जिरी बजारमा भएको तीनतले घर समेत बेच्नुपरेको थियो।
बाबा-आमालाई धेरै दिन अन्धकारमा राख्न नहुने सोचेर पढाइबारे यथार्थ कुरा बताइदिएँ।केही दिन रिसाउनुभयो।पछि बिस्तारै बाबा-आमाले त्यो कुरा बिर्सनुभयो।तर उहाँहरुले मेरो ईच्छानै नभएको बिषयमा जोड दिन थाल्नुभयो।
"ल छोरा,तैंले एस एल सी पछि हामीलाई धोका दियौ।पहिलो गल्ती भनेर हामीले माफ गरिदियौं।अब हाम्रो कुरा सुन्नुपर्छ।तेरा साथीहरू अष्ट्रेलिया छिरिसके।मेरो साथीको छोरा उमेश पनि बिद्यार्थी भिषामा अमेरिका गैसक्यो।अब तँ पनि कि अष्ट्रेलिया कि अमेरिका जानुपर्छ।"
मेरो इच्छाको मुना रेटेर बाबाले एकैचोटि आफ्नो निर्णय सुनाउनुभयो।
"नाइँ बाबा,मलाई बिदेश जाने रहरै छैन।सानोतिनो कामै भएपनि स्वदेशमै गर्छु।थोरै कमाउँला,तर त्यसैमा सन्तुष्ट हुनेछु "
मैले आफ्नो बिचार सुनाएँ।
"के गर्छस् त दीपक नेपालमा?केवल राजनैतिक खिचातानी,चक्काजाम र बेरोजगारी जस्ता कुराहरुको सिकार भएकी छे नेपाल-आमा।गरिखाने कुनै वातावरण छैन।"
"आफ्नो घरमा आगो लाग्यो भनेर भाग्नुभन्दा निभाउने चेष्टा गर्नुपर्छ बाबा।नेपालमा भैरहेको विकृति,बिसंगति र कुरीतिहरुको पर्दाफास र उजागर गर्दै पत्रकारिता तथा लेखनलाई जोड दिन चाहन्छु।नेपालीहरुको समस्या,दु:ख र पीडाहरुको समाचार/कथा लेख्ने प्रयत्न गर्छु"
"जाबो लेखेर कसले प्रगति गरेको छ र?त्यही नाम कमाउने मात्र हैन?दाम कमाउन त त्यस्तै हो।नामले सबथोक दिन्न छोरा।मीठो खान,राम्रो लाउन र आलिसान महलमा रमाउन त दाम चाहिन्छ,जुन तिमीले कमाएको नामले दिन्न।फेरि जो कसैले नाम कमाउन सक्छ भन्ने पनि छैन।लेखेर पेटसम्म पाल्न पनि धौधौ छ नेपालमा।बरु व्यापार-व्यवसाय गर।नत्र भने बिद्यार्थी भिषामा बिदेश जानैपर्छ तैंले।हामी तेरै भविष्यप्रति चिन्तित छौं।तँ भने वाहियात कार्यमा समय खेर फाल्दैछस्।तेरो कुरामा म कदापि सहमत हुन सक्दिन।मेरो साथीको कन्सल्टेन्सी छ।त्यहीँबाट जानुपर्छ।सबै कागजात पेश गरिसकेको छु।तैंले अन्तर्वार्तामा राम्रो गर्नुपर्छ।त्यसपछि त तेरो जिन्दगी उज्ज्वल बन्नेछ।"
म बाबासँग मुख सिलाएर बसें।उहाँले पुनः मेरो पुरानो घाउ बल्झाइदिनुभएको थियो।म मर्माहत भएको थिएँ।

मेरी पूर्व-प्रेमिका तारासँग जुन कुराले मनमुटाव भएको थियो,आज त्यही बिषयमा बाबाले मलाई दबाब दिनुभयो।तारा र बाबाका ईच्छा-चाहना उही ड्याङ्का मुला जस्ता थिए।एस एल सी पढ्दादेखिको मेरी प्यारी साथी थिई-तारा।हामी बीच केही लुक्दैनथ्यो।विवाहपूर्व जे-जे नहुनुपर्ने थियोे,सबै भैसकेको थियो।सायद पति-पत्नी बीचको शारीरिक सम्बन्ध भन्दा बढ्ता नै।मेरो रगतमा उनको र उनको रगतमा मेरो रगत मिसिएको थियो।सँगै बाँच्ने,सँगै मर्ने बाचा गरेका थियौं। एस एल सी सकेर प्लस टु पनि एउटै कलेजमा अध्ययन गर्न थाल्यौं।तर अध्ययनको बिषयबाटै हाम्रो मनमुटाव शुरु भएको थियो।उनको बिषय बिज्ञान थियो भने मेरो- पत्रकारिता।उनले आफूले रुचाएको बिषय पढिदिएन भनेर मन दुखाउन थालेकी थिई।जे काम गरेपनि धनसम्पति कमाउनुपर्छ भन्ने मान्यता थियो उनको।मेरो मान्यता भन्दा ठिक बिपरित।दुई शरीरको मिलन भएपनि मन-मुटु ध्रुवीकरण भएका थिए।फलस्वरूप हाम्रो बीचमा ब्रेकअप भयो।पोर्तुगलको पी आर वालासित उनको विवाह भयो।म माथि बिश्वासघात भयो।मेरो सपनाको जहाज हिन्दमहासागरमा चुर्लुम्म डुब्यो।त्यसैबेला देखि मैले लेख्न थालें-कविता,गजल,कथा र उपन्यास।कसले पढे-पढेनन्,कति नाम र दाम कमाएँ,अनभिज्ञ थिएँ।तर मैले जे जति लेखें,आत्मसन्तुष्टिको लागि लेखें।आम नेपालीहरुको सुख-दु:खको कथा लेखें।अन्नपूर्ण,साप्ताहिक,कान्तिपूर र काठमाण्डु पोस्ट जस्ता चर्चित पत्रिकाहरुको लागि समाचार लेखें।नेपाल टेलिभिजन,कान्तिपुर,ए बी सी र एभीन्यूज टेलिभिजनहरुको लागि पनि सम्वाददाताको रुपमा सक्रिय भएँ।कसले चिने र कसले चिनेनन् भन्दा पनि मैले सत्यताको पक्षमा लेखें।झूट र असत्यको बिरुद्धमा वकालत गरें।
अष्ट्रेलियाको लागि अन्तर्वाता दिँदा मैले एक शब्द पनि अंग्रेजी बोलिन।मेरो प्रमाणपत्र देखेर अन्तर्वार्ता लिने मान्छेले मलाई कदर त गरे तर अंग्रेजी नबोल्दा पागलको संज्ञा नै दियो।मेरो प्रमाणपत्रलाई डुब्लिकेट सम्म भन्न भ्याए।
मैले नेपालीमै भनें-"हो म पागल हुँ,तेरो देशमा नआउँदा मलाई पागल भन्छौ भने म पागलै सही।अंग्रेजी नबोलेर नेपाली बोल्दैमा मलाई पागल देख्छौ भने म पागलै हुँ।"
अन्ततः म उतिखेरै फेल भएँ।अष्ट्रेलिया जान नपाउने भएँ।अन्तर्वार्ता सकेपछि मैले बाहिरिनु पूर्व दुई मिनेट लगातार अंग्रेजीमा थर्काइदिएँ।ऊ अवाक भएर टुलुटुलु हेरिरहेको थियो।एस एल सी दिने बेला मैले पूरै अक्स्फोर्डको डिक्सनरी खाइसकेको थिएँ।मेरो अंग्रेजी पूर्णरूपमा सायद उसले पनि बुझेन होला।

घर पुगेपछि बाबा मसित बोल्नै छाड्नुभयो।उहाँको साथीले मेरो हर्कत सुनाइसक्नुभएको रहेछ।
"आज भोलि पत्रपत्रिका, टेलिभिजन र साहित्यमा सक्रिय भएर खुब नाम कमाउँदैछस् त।"
एकदिन व्यंग्यात्मक शैलीमा मुख खोल्नुभयो।
"हजुर बाबा कोसिस गर्दैछु।"-मैले लघु उत्तर दिएँ।
"दाम कति कमाइस् त?बसाइँ मेरै घरमा।खाना मेरै घरको।लाउन पनि मेरै कमाइको पैसाले लाउँदैछस्।खै त तेरो के उपलब्धी छ?"
"म हजुरहरुको एक्लो सन्तान हुँ।यति धेरै सम्पत्ति थुपार्नुभएको छ,सब कसका लागि?मेरै लागि त होला नि।"
"हुन त तेरै लागि हो तर केही ईलम नगर्ने हो भने सम्पत्ति सकिन कतिनै बेर लाग्छ र?तैंले पनि केही कमाएर देखा।अनि थाहा पाउँछस् कमाउन कति दु:ख हुन्छ भनेर।"
फेरि पनि वचनवाणले प्रहार गर्नुभयो।
"मैले पनि धेर-थोर त कमाउँदैछु त बाबा।घरमा दिन मात्र नभ्याएको हो।मेरो ब्यक्तिगत कार्यमा खर्च भैरहेको छ।फेरि आजभोलिको जमानामा पुस्तक छाप्न पनि त पैसा नै खर्च गर्नुपर्छ।"
मैले बाबालाई सम्झाउने प्रयत्न गरें।
"त्यसलाई तँ कमाएको भन्छस्?कमाई कस्तो हुन्छ म बुझाउछु तँलाई।मैले सबै खर्च कटाएर महिनाको डेढ लाख बैंक ब्यालेन्स गर्छु।मैले घर बनाएको छु।गाडी किनेको छु।तेरो लागि २० लाख पर्ने बाइक किन्देको छु।कमाइ यस्तो हुनुपर्छ।"
"आखिर केका लागि?कसका लागि?यदि यी सब मेरा लागि हैनन् भने मलाई हजुरको एकपैसा पनि चाहिंदैन आजदेखि।कोठा भाडामा लिएर बस्छु।म आजदेखि नयाँ जीवनको शुरूवात गर्दैछु बाबा।यो घर,गाडी र बाइक सबै हजुरलाई छोडेर जाँदैछु।कुनै दिन आवश्यकता परे फर्केर आउनेछु।"
यति भनेर म घरबाट बाहिरिएँ।
"छोरा,बाबु!तँ यो के गर्दैछस्?हाम्रो तँ बाहेक अरु को नै छ र?किन हामीलाई तड्पाउँदैछस् बाबु?"
आमा ब्याकुल भएर रुँदै हुनुहुन्थ्यो।गेटबाट मुन्टो एकचोटि फर्काएर दुई थोपा अश्रु झारें र फटाफट आफ्नो बाटो तताएँ।सिनामंगलमा एउटा सानो कोठा भाडामा लिएर जीवन गुजार्न थालें।

मेरो तीतो अतीतले पुरस्कार जितेको मीठो सपनालाई पनि ख्वाप्पै निल्यो।जेएस सरको फोन उठाएको थिईन।उहाँलाई फोन लगाएँ।
"जे एस सर,तपाईंले फोन गर्दा म नुहाउँदै भएकोले उठाउन सकिन।किन सर केही बिशेष छ कि?"
"खासै बिशेष त हैन सर,भोलि कपनमा बहिनीको घरमा सानो कार्यक्रम छ।आएर यहाँले माहोल रमाइलो बनाइदिनुपर्यो,समय मिलाउन सक्नुहुन्छ भने।बस सरले आएर खाइदिनुपर्यो,पिइदिनुपर्यो।रमाइलो गफगाफ गर्नुभए पुग्छ,अरु केही गर्नु पर्दैन।"
"समय त किन नहुनु सर,मसँग त समय नै समय छ।अवश्य आउनेछु,बरु स्थान पो कहाँनेर हो?"
"स्थानको लागि सरले चिन्तै लिनुपर्दैन।मोबाईलमा लोकेसन पठाइदिउँला।बरु छिट्टै पाल्नुहोला सकभर।"
"हवस् मित्र,म विहानको चिया खानै त्यतै आउँला।"

No comments:
Post a Comment