"अरे यार ८:२५ भैसक्यो अझै पनि गाडी आउदैन त!एक ठाउँमा मात्रै उठाउने भए पो छिटो हुन्छ,चार-चार ठाउँमा उठाउनुपर्छ।हैट,७:४५ देखि ब्यर्थैमा पर्खेर समय खेर गैरहेको छ।गएर खाना पकाउनुपर्छ मेरो त।तपाईंको त डे ड्युटी गर्ने साथीले पकाइराखेको हुन्छ होला,सुईंया गयो,क्वाप्प खायो सुत्यो।"-मैले कैलाश राई नामको नेपाली साथीलाई गुनासो पोखाएँ।
"अँ अहिले एकजना डे र अर्को नाइटमा हुँदा अलि सहज भएको छ,नत्र भने त ब्यथा उस्तै हो।जाउ,खाना पकाउ,खाउ,सुत,जुरुक्क उठ र फेरि ड्युटीकै चटारो।उफ्फ यो जिन्दगी पनि,कहिलेसम्म होला खै यसैगरी यो खाडीमा!"-कैलाशले भन्यो।
२०७३ साल असोजको २१ गते अर्थात २०१६ अक्टुबरको ७ तारिख हुँदा पनि त्यहाँ गर्मी सकेको थिएन।बिहानै पनि प्रचन्ड गर्मीले भत्भती पोलिरहेको थियो,जसरी आगोको रापले पोल्छ।अनि चिटचिट पसिना आउदा-आउदै भित्री बस्त्र निथ्रुक्कै भिजिसकेको थियो।दुई साल अघि अर्को ठाउँमा काम गरेको याद आयो।
जुन जुलाईको अत्याधिक गर्मी महिना।बाहिरको ड्युटी जहाँ गर्मी छेकिने कुनै ओत र शितलता दिने फ्यान समेत थिएनन् ।पसिनाको बाढीले क्याल्सिय र सोडियम क्लोराइड जस्ता शरीरका आन्तरिक तत्वहरुलाई बगाएर जुताभित्र ताल जमाउथ्यो।एक घण्टापछिको बिश्रामको समय भित्र एसी जडित कोठामा बस्दा सगरमाथाको हिउँमा पुगेको भान हुन्थ्यो।आधा घन्टाको अवधिमा यति आनन्द आउँथ्यो कि त्यो शितलता र विश्राममा साच्चिकै नर्कबाट स्वर्गको सयर गरे झैं भान हुन्थ्यो।आफ्नो विश्रामको समयसीमा लगभग सकिनै लागेर सिर्फ एक मिनेट मात्र बाँकी हुँदा त्यो बाहिरी वातावरणको स्मरण गर्दा उफ्फ उत्तिखेरै जागीर त्यागेर स्वदेशमा गई खेतबारीमा खन्जोत गरुँ जस्तो।काम सकेर कोठामा गई भित्री बस्त्र चाहिँ धोएर सुकाउन भ्याइन्थ्यो।बिहान उठेर कामको पोशाकतिर नजर जान्थ्यो।निलो पाइन्ट दिउँसोको पसिनाले भिजेकोले सुकेपछि पुरै सेतो मैदा पोखिए जस्तो देखिन्थ्यो,जुन सेतो रंग कुनै मैदाको नभएर पसिनाभित्रको क्याल्सियम र सोडियम क्लोराइड भनेर पत्ता लगाउन कुनै कस्ट हुँदैनथ्यो।बाध्यता,अभाव,गरिबी,बेरोजगारी र परिस्थितिको कारण काम गर्नु नै थियो,त्यो भन्दा अर्को दोश्रो बिकल्प पनि त थिएन।
दुईसाल अघिको त्यो कहालीलाग्दो दिन सम्झें।"कसमेकम अहिलेको काम त त्यस्तो छैन,भित्रै छ ,एसी जडित भवनभित्र।आफैं छक्क परें-कसरी ब्यतित गरेछु मैले त्यो कठिन दुई साल।"
मनमनै त्यतिबेला भने आफूलाई भाग्यमानी सम्झें
"ए बल्ल आयो गाडी।जाऔँ -जाऔं।"-कैलाशले मलाई गाडी आएको जानकारी दियो।हामी गाडी चढेर आफ्नो बासस्थान तर्फ लाग्यौं।बजारमा पुगेर तरकारी लगायतका आबश्यक सामानहरु किन्न तर्फ लागें।हैट,ताजा र सेवन गर्न लायकका केही थिएनन्।आलु र टमाटरतिर नजर गयो।दोहोरो भिडन्तमा सख्त घाइते भएर बल्लतल्ल उम्केर आएका घाइते सिपाही जस्ता थिए ती आलु र टमाटर!चोटै चोट र खतै-खत।जे जस्तो भएपनि खरीद गर्नैपर्ने बाध्यता।मुस्किलले अर्ध घाइते भएका केही दानाहरु छानेर जोख्न लगाएँ।आम्मममम युरोप-अमेरिकामा के महँगी होला र,त्यहाँ थियो छुनै नसकिने गरी चुलिएको मूल्य।आज त हरियो-परियो सागसब्जी खानुपर्यो भनेर यताउता आँखा दौडाएँ-देखें त केवल शिशिरको तुषारोले खाएका झैं ओइलिएका सागपातहरु।सागसब्जी खाने मन पनि अनायसै भरिएर आयो।कुखुरा तिर मन जान्छ तर बरफ भित्र कठङ्गृएका फलाम झैं कडा कुखुरालाई कहिले भिजाएर काट्नु र पकाउनु?ताजा कुखुरा भनेर पनि राखिएका थिए छनलाई तर ताजा र बासीमा केही फरक देखिन।बरफ भित्रकै कुखुराको बरफ लाई पगालेर राखिएका थिए ती ताजा भनौंदा पनि।खसीको मासु तिर आँखा जान्छ,र त्यसको पनि आफ्नै कथा थियो।साना-पाठीलाई च्याप्पै पक्डेर काटिएका झैं कलिला।फलमासु भन्दा पनि हड्डी नै धेरै हुने।
"हैन हो कसरी मिलाउँछन् ब्यापारीले।त्यो हेर्दा त हाम्रै देशमा सीधा व्यापार हुने हो।"
मैले अलिकति ताजा देखेको त्यहीँ लौका थियो।त्यसैले त्यही टिपेर हिंडिहालें,धेरै सोच्ने समय कहाँ थियोे त हामीलाई।
शुक्रबार भएर होला सायद क्याम्पमा मान्छेहरुको घुईंचो देखियो।लिफ्टको बटन दबाएँ।बजन बढी भएकोले दुई जना बाहिर निस्के।क्रमशः एक,दुई,तीन,चार ,पाँच, छ हुँदै रुफसम्मका बटनहरु रक्त रंगले रंगिएका।नेपालको लोकल गाडी जस्तै घ्याच्च-घ्याच्च रोक्दै चौंथो फ्लोर आयो बल्लतल्ल।अघि घाममा गाडीको प्रतिक्षा गर्दा आएको पसिना भन्दा लिफ्टमा दोब्बर आयो।दायाँ हातमा तरकारीको झोला भएकोले बायाँ हातको चोर औंलाले निधारको पसिना पुछेर फालें र झोलाको गोजीमा भएको चाबीले कोठा खोलेर भित्र प्रबेश गरें।
"बल्ल दाइ"-कोठाको साथी बिबेकले छोटो प्रश्न तेर्स्यायो।
"अँ यार।ए खाँदै हो तिमी त?कति छिटो पाकिभ्याएको त!"-मैले आश्चार्यचकित हुँदै भनें।
"तरकारी हिजो बिहानकै हो दाइ,भात मात्र पकाएको।"
"हिजो बिहानको तरकारी आज बिहान?बिहान-बेलुका पकाउन सकिन्न र नेपालमा झैं।बासी नखाउ है मित्र,राम्रो हुन्न।सकेसम्म ताजा-ताजा खाएको राम्रो।"
बिबेकलाई यस्तै भावयुक्त बिचार भन्न मन लागेर आयो तर भन्नलाई पूर्णरूपमा असफल भएँ किन भने त्यो कथा-ब्यथा उसको मात्र नभएर मेरो पनि थियो।आम परदेशीको थियो।त्यस्तो कुरा गरेर आफ्नै खुट्टामा बन्चरो हान्नु थिएन मलाई।आफ्नै मुटुलाई सख्त घाइते बनाउनु थिएन मलाई।
"तिमी चाहिँ कुन ड्याङको मुला हौ र।तिमीले चाहिँ कुन चाहिँ ताजा खानेकुरा खान्छौ र ।बिहान पकाएको बेलुका र बेलुका पकाएको बिहान खान्नौ र?"
मेरो प्रश्नको बदलामा उसले यस्तै सयौं प्रश्न चिन्हहरु तेर्स्याउन सक्थ्यो।त्यसैले अरुको कुरामा दख्खल नदिईकन पोशाक फटाफट फुकालेर कोठामा लगाउने हाप गन्जी र पाइन्ट लगाएर तरकारी केलाउन थालें।अचानक मेरो मन नेपालमा पुग्यो।
बिहान घामको किरण ओछ्यानसम्म आइपुग्ने बेलासम्म मस्त कुम्भकर्ण झैं सुत्थें।
"बाबु,उठ कति सुत्न सकेको हो।उठेर फ्रेस भएर आउ।ल मैले चिया र खाजा राखिदिएकी छु।चिसो होला है बाबू,छिटछिटो मुख धोएर चिया-खाजा खाउ।तिम्रो बाबा घाँस लिएर आउने बेला भयो।लगत्तै म अब खाना पकाउन थाल्छु है।आजको तरकारी के बनाउँ बाबु?तिमीलाई जे रुच्छ त्यही पकाउछु।"
"एकछिन न मामु,कस्तो डिस्टर्ब गर्नुहुन्छ के तपाईं पनि।कस्तो मीठो सपना देख्दै थिएँ-बीचैमा भंग गरिदिनुभयो।"
आमा गैसकेपछि पनि म ओछ्यानमा केही मिनेट ढाडे बिरालो पल्टे झैं पल्टिन्थें र उठेर मुखै नधोई चिया-खाजा दन्काउथें।
"बाबु,तिमी उठ्यौ?राम्रो संग पढालेखा गर है,हामीले त नपढेर दु:ख पायौं।तिमीले पढेर ठूलो मान्छे बन्नुपर्छ।बरु तिमीले केही काम गर्नुपर्दैन।कापी,कलम र पुस्तक के चाहिन्छ, ल यो पैसाले किन।नपुगे भन,थपिदिउँला।"
बाबा कामबाट आएर पसिना पुछ्दै मेरो हातमा ५००/१००० का नोटहरू थमाएर जानुहुन्थ्यो।'हातमा पुस्तक-मनमा दस थोक' भने झैं आफ्नो भने ध्यान पुस्तकमा भन्दा सुताई, घुमाई र खेलाइमै समय ब्यतित हुन्थ्यो।रन्जु,अन्जना,संगीता,सविता,सबिना,देवी र अञ्जलीको भावना र शरीरसंग खेल्दै दिनहरु बितेको पत्तै भएन।अन्ततः केटो बिग्रेको कुरा बाबा-आमाले थाहा पाएर अर्कै केटीसित झ्याईं पारिदिनु भयो।विवाह पश्चात् दिनहरु परिवर्तन भए।समस्या र जिम्मेवारीले चारैतिर गाँजिन थाल्यो।मेरो काम,कर्तब्य र उतरदायित्वहरु स्वत: क्रमशः थपिए।पढ्ने बेला सानोमा गुच्चा खेलियो।युवामा यौवनको खेल खेल्दै ठिक्क भयो।मेरो अध्ययन धेरै माथिसम्म जान सकेन।अन्ततः बेरोजगारीको पीडा सहन नसकेर खाडीमा भासियो।अनि देखियो कहिल्यै नदेखेको बाउको बिहे।
नेपालतिर हराउन्जेलसम्म लौका,आलु,प्याज,लसुन र टमाटर काटिसकेको रहेछु।उहीँ घाइते आलु र टमाटर फेरि एकपटक हेर्न मन लाग्यो।किन भने ती आलु-टमाटरको ब्यथा मेरो ब्यथासंग ठ्याक्कै मेल खान्थ्यो।फेरि बाँकी भएका आलु-टमाटर पोलिथिनको झोलाबाट निकालेर एकटकले हेरिरहें।आलु-टमाटर र म सबै घाइते।
"ए दाइ,किन निकाल्नुभएको फेरि आलु-टमाटर?अघि नै काटिसक्नु भो त!"-बिबेकले प्रश्न गर्यो।
"हैन बिबेक,अलि नपुग्ला कि भनेर नि।"
यति भनेर निकालिएका आलु-टमाटर पुनः पोलिथिनको झोलामा हालेर थन्काएँ।ढाइ टोक चामल राइस कुकरमा बसालेर हिटरमाथि तरकारी पकाउन शुरु गरें।
"दाइ नेपालमा दशैं पनि लागिसक्यो।कति धेरै चहलपहल र रमाइलो होला है?-बीचैमा मौनता भंग गर्दै बिबेकले सोध्यो।
"लाग्यो नि भाइ के गर्नु।नेपालमा मात्र लाग्यो दशैं,हामी परदेशीलाई के दशैं-के तिहार?ई,यहाँ आफूलाई लौका र आलुले छोडेको हैन।"
"हो दाइ हो।"-बिबेकले यति मात्र भन्यो।
यतिनै बेला म घरमा आमाको हातले बनाएको मासु,भात,दाल,अचार र घ्यु सम्झन पुगें।
"बाबु,के थपदिउँ तिमीलाई?ल खाना अलि खाउ,ल मासु।अचार पनि थप्ने?ल दाल।"
आमाले कहर गरी गरी ख्वाउनुभएको ती क्षणहरु सम्झेर नयनहरु कतिखेर रुझिए पत्तै भएन।
"बिबेक तिमीसित टिस्यु छ?नाइट ड्युटी गरेर होला मेरो आँखामा दर्द भएर आँसु बगिरहन्छ।"
"छैन दाइ मसित।"
सन्तोषको बेडबाट दुई-चार पिस टिस्यु निकालेर आँसुलाई सुकाउने धृष्टता गरें तर अविरल बगिनैरह्यो,तामाकोशी जस्तै।खाना पाक्दै गर्दा एक किसिमको भय उत्पन्न भयो-कतै चेकिङ आउछ कि भनेर।कोठाभित्र खाना पकाउने अनुमति थिएन।खाना पकाउदै गरेको भेटाएमा नेपाली डेढ लाखसम्मको जरिवाना तिर्नुपर्थ्यो।तर खाना पकाउनको लागि यथेष्ट किचेनको ब्यबस्था गरिएको थिएन।रेस्टुरेन्टमा खाँदा चिल्लो-पिरो अत्याधिक हुनुको साथै महंगो पनि उस्तै।त्यसैले हामीले चाहिँ ढोकामा चाबी लाएर लुकिछिपी पकाउथ्यौं।
मनमा नेपालतिरको यादै यादको श्रृङ्खला बन्यो।स्वदेश,बाबा-आमा,श्रीमती र छोराछोरी।अनि यो पीडा बल्झाउने दशैं।
"ए दाइ तरकारी डढे जस्तो छ त तपाइँको।"-बिबेकको कुराले म निद्राबाट ब्युँझे झैं झसङ्ग भएँ।मस्त निद्रामा हुँदाहुँदै भयानक सपना देखेर भयभीत हुँदै ब्युँझिए जस्तै।
"ए हो त बिबेक,खत्तम भैसकेछ नि।तिमीले नदेखेको भए खान लायकको रहने थिएन।"
हत्तपत्त पानी थपेर जलेको तरकारीलाई खान लायकको बनाउने दुस्साहस गरें।जलनलाई शितलता प्रदान गर्ने कोसिस गरें।तरकारी डढेर खासै फरक परेको थिएन मलाई।तर मेरो मुटु यसरी जलिरहेको थियो कि-सायद कुनै पनि उच्चस्तरीय वा गुणास्तरीय मलमले पनि यो जलन निको पार्न सक्तैनथ्यो।राइस कुकरले फ्याट्ट आवाज निकालेर भात पाकेको संकेत दियो।सबै यादहरुलाई थाती राखेर भात पस्कें आफ्नै लागि मात्र।कोठामा हामी नौ जना बसेपनि आ-आफ्नो ईच्छानुसार एक्लाएक्लै पकाएर खान्थ्यौं।खाना खाइसकेर बाँकी रहेको भात र तरकारी दुइटा टिफिनका बट्टाहरुमा प्याक गरें-रातीको लागि।हरे शिव!फेरि पुरानै याद बल्झन पुग्यो।
"ए बाबु,यो बट्टामा तिम्रो लागि टिफिन प्याक गरेकी छु है।लेउ यो टिफिन र दश रुपियाँ।यो टिफिनको खाना रुचेन भने यो पैसाले जे मन लाग्छ त्यही किनेर खाउ है।"
त्यो दिनको आमाको मायालु बोलीले मुटुमा च्वास्स घोच्यो जसरी सिकारीको बाण सिकारको मुटुमा रोपिंदा दर्द हुन्छ।मीठा यादहरुले पनि मान्छेलाई घाइते सिकार झैं बनाउने रहेछन्।अतीतका यादहरु धारिलो हतियार बनेर मुटुमा गढेका थिए।ती गढिएका यादहरु लाई चटक्कै निकालेर फाल्न पनि सक्दिनथें।किन भने गढिंदा जति दर्द हुन्थ्यो,निकाल्दा पनि उत्तिकै दर्द हुन सक्थ्यो।पकाएका भाँडाकुँडा र मुख पखालेर गर्ल्याम्मै सिरानीलाई अँगालेर सुतें।त्यही सिरानीलाई आफ्नी प्यारी सम्झेर हजारौं चुम्बन बर्साउँएँ र कतिखेर निद्रादेबीले आफ्नो संसारमा लिएर गई-केही पत्तै पाईन।झल्याँस्सै ब्युझें।मोबाइल खोलेर समय हेर्दा-बल्ल मुस्किलले दिउँसोको दुई मात्र बजेको थियो।आँखा चिम्लेर निदाउने लाख कोसिस गरें,यताउता पल्टिएँ।एक किसिमको छट्पटी शुरु भयो।चिम्लिँद-चिम्लिँदा आँखामा दर्द हुन थाल्यो।उहीँ पुरानै यादहरुको मिसाइल आएर कमलो मुटुलाई क्षत-बिक्षत बनाइदियो।दोस्रो विश्वयुद्धमा एटम बमले जापानको हिरोसिमा र नागासाकी झैं ध्वस्त बनाइदियो मेरो मन, जहाँ खुशी,सुख र सन्तुष्टीको पालुवा पलाउनलाई अरबौं पल पनि काफी थिएन।

No comments:
Post a Comment