मनोज र म मात्र कोठामा हुन्छौं।छोरी स्कूल गएकी हुन्छे।अचानक उसले एउटा रोमाञ्चक योजना बनाएर ढोकाको चुकुल लगाउँछ।झ्याल पनि बन्द गरेर पर्दा लाउँछ।प्रकाशका किरणहरु समेत छिर्न नसक्ने गरी दिउँसै अँध्यारो बनाउँछ।खाटमा पल्टिन्छौं।सिरक ओढ्छौं।निर्वस्त्र हुन्छौं।चुम्बनहरुको साटासाट हुन्छ।मायाको घनाघोर वर्षा हुन्छ।एक-अर्काप्रति पूर्णरूपमा समर्पित हुन्छौं।हामी हराएर स्वर्गमा पुग्छौं।मायारुपी वर्षाको पानी अँजुली भरी-भरी थापेर घुटु-घुटु पिएर बर्षौंदेखिको अधुरो/अतृप्त तृष्णा मेट्छौं।यत्तिकैमा कसैले ढोकामा ढकढक्याउँछ।
झसङ्ग हुँदै निद्राबाट ब्युँझिएँ।दिउँसै कस्तो कामूक सपना देखेछु।हत्तपत्त उठेर यताउता छामछुम गरें।मनोज कतै भेट्टिएन।ढोकाबाट ढकढक गर्ने त छिमेकी दिदी पो रहिछे।दिवा-सपनाले पनि केही मात्रामा मनोजको माया पाएको आभास गरें।कता-कता पछुतो पनि लाग्यो-उसलाई संगै नपाएर।रहर,इच्छा र चाहनाले भरिपूर्ण मन थोरै भएपनि सन्तुष्ट भएझैं।मायाको विशाल महासागरमा एकथोपा माया मिसिएझैं।सपनै भएपनि मेरो बिपनाको जिन्दगीलाई ९ रेक्टरको भुकम्पलेझैं हलचल पैदा गरेर छोड्यो।उसको यादको छुरीले बेस्सरी रेट्न थाल्यो।थोत्रो मोबाइलबाट दुईतीन पल्ट उसलाई मिसकल हानें।तत्कालै फर्कायो।
"के छ ओमु?सबै ठिकै त छ?किन आँतिएर मिसकल गरेकी?कुनै इमर्जेन्सी काम परेर त हैन?"
"सबै ठिकै छ।तिम्रो याद आएर।"
"आज अचानक कसरी?"
"अचानक हैन,सधैं,हरपल,हरक्षण तिमीलाई नै सम्झेकी हुन्छु।पानी बिनाको माछा के तड्पिन्छ र?त्यो भन्दा सयौं गुणा म तिमी बिना तड्पिरहेकी छु।प्लीज मनोज! छिटो आऊ न।कहिले आउँछौ तिमी?के तिमीलाई मेरो याद आउँदैन?कहिलेसम्म यसैगरी तडपाइरहन्छौ?कहिलेसम्म जिउँदै मारिरहन्छौ?पटकपटक मरेर बाँचिरहेकी छु म।"
"के तिमी बिनाको मेरो जिन्दगी चाहिँ सहज होला जस्तो लाग्छ तिमीलाई?तिमी बिना मेरो के बित्छ भनेर मलाई मात्र ज्ञान छ।कति सजिलैसंग भनिदियौ है मेरो तिमीप्रति माया छैन भनेर!आकाश भन्दा विशाल।हिमाल भन्दा अटल।जट्टापोखरीको जल भन्दा चोखो।यस्तै माया भनेर भन्दिन।तर तिमी प्रतिको माया मेरो हृदयभरी/अगाध छ।म अबको एक सालपछि आउँछु।बल्लतल्ल त ऋणमुक्त भईयो।आफ्नो लागि पनि त अलिअलि जोहो गर्नुपर्यो।हतार गरेर पनि हुने केही हैन।पूर्णिमाझैं उज्ज्वल र सुन्दर भविष्यको परिकल्पनामा औंशीको रातझैं निस्पट्ट अन्धकारमा जीवन बिताउन मलाई कुनै आपत्ति छैन।मैनबत्ती झैं आफू बलेर परिवारलाई उज्यालो दिन चाहन्छु।"
"सकभर यथाशीघ्र दर्शन देऊ न स्वामी।हामी कहिलेसम्म एक नदीको दुई किनार भैरहने?अनि कहिलेसम्म अनियन्त्रित छट्पटी?कहिलेसम्म यो मुटुले एकटन वजन थामिरहने?दर्द/पीडा सहने?अघिल्लो जूनीमा के पाप गरेका थियौं र यो जूनीमा सजाय भोगिरहेका छौं?विधाताले भाग्य कोर्दा बिछोडिएरै बाँच्नुपर्ने लेखेको रहेछ क्यारे!के हाम्रो भागमा मिलन हुन लेखिएको छैन?भगवान पनि कति कठोर हुन सकेको।हाम्रो बिछोडको पीडा टुलुटुलु रमिता हेरिरहेका छन्।बिछोडको पीडा कस्तो हुन्छ भनेर के थाहा उसलाई?नत्रभने यस्तो अन्याय किन हामीमाथि?भन दैव,किन?किन?"
डाँको छोडेर ग्वाँ-ग्वाँ रुन पुगें।बाहिर हिंड्ने मान्छे पनि टक्क अडिएर आर्तनाद सुन्न थाले।आफूलाई नियन्त्रण गर्ने लाख यत्न गरें।तथापि असफल भएँ।
"नरोउ न ओमु।प्लीज नरोउ।यथाशीघ्र तिम्रो सामू उपस्थित हुनेछु।हाम्रो मिलन छिट्टै हुनेछ।हामी मायाको महासागर नजिकै पुगिसकेका छौं।दुई किनार अवश्य भेटिनेछन्।"
यति भनेर उसले फोन काट्यो।रहरले नभई कहरले हामी त्यसरी तड्पिएर बाँच्न विवश छौं भन्ठानेर आफूलाई सम्झाएँ।
बेला-बेलामा अनौंठा खालका तीव्र ईच्छा र चाहनाहरुको बाढी उर्लेर आउँथे।बिस्तारै छताछुल्ल फैलिंदै मनको मैदानसम्म पुगेर बिलाउँथे।सुकेर जान्थे।वास्तवमा भन्नेनै हो भने २२/२३औं वसन्तमा त्यस्ता संवेदनाको उत्पति हुनु सामान्य/स्वाभाविक/प्राकृतिक नै मान्नुपर्छ।कृष्ण बिनाको राधा जस्तै मनोज बिनाको ओमु तड्पी-तड्पी बाँचिरहेकी थिईन्।फरक यति मात्र थियो कि कृष्ण रुक्मिणीको भैसकेको थियो।१६ हजार गोपिनीहरु उनैको अघिपछि थिए।तर मनोज सिर्फ मेरो थियो।ऊ मेरो पत्नीव्रता पति थियो।मेरै लागि खाडीको तातो मरुभूमिमा डढिरहेको थियोे।

विहानीको मिर्मिरेमा आँखा खुल्दा कहिले चाहिँ ऊ छेउमा मस्त सुतिरहने होला?अरु जोडीहरु जस्तै हल बाँधेर कहिले हिंड्न पाउने होला?ती मुला बुडा-बुडीहरु के फूर्ती लाएर अँगालो मारेर हिंडेका?एकदिन मेरो राजा आएर मलाई पनि यसरी नै अँगालो हालेर हिंडाउँनेछ।के फूर्ति लाउँछौ तिमीहरू?एकदिन मेरो पनि पालो आउनेछ।"
वरिपरिको वातावरण/परिस्थितिको अवलोकन गरेर यस्तै बिचार र कुण्ठाहरु मनभित्र आन्दोलित भएर तहल्का मच्चाउँथे।छोरी साथमा हुँदा त उनीसित बातचीत गर्दा समय ब्यतीत भएको पत्तै पाउँदिनथें।तर उनी संगै नहुँदा उसकै याद र सम्झनाहरुको ताँती लाग्थे।त्यस्तै पाराले नवीन दिनहरुको जन्म/मृत्यु हुँदै समयले कोल्टे फेर्ने क्रम जारीरह्यो।मौसममा परिवर्तन भैरहे।धरातलमा समेत अनापेक्षित ढंगले बदलाव आए।समयको गतिसंगै ॠतुहरुमा पनि परिवर्तन हुनु नौलो कुरा भएन।शिशिरको अन्त्य हुँदै वसन्तले पाइला टेक्यो।उजाड ती बोटबिरुवाहरुमा नव पालुवा पलाएर हरियाली भए।तर मेरो उजाडिएको जीवनमा कहिल्यै वसन्त ॠतुको आगमन भएन।शिशिरले मात्र एकछत्र राज गरिरह्यो।मनको वाटिकामा प्रणयका पल्लवी पल्लवित हुनै सकेनन्।भाग्यको गरामा प्रेमका वीजहरु अंकुरित हुनै सकेनन्।हर्षका धानहरु लह-लह झुल्नै सकेनन्।मुटुको धरातल आणविक बमले डामिएका हिरोसिमा र नागासाकी जस्तै भए।सुख्खा,दरार आएर चिरा-चिरा परेका।जीवनमा परिवर्तन आए तर दु:ख-पीडाका आकार/प्रकार/रुपहरु मात्र परिवर्तन भए।जिन्दगीको पटाङ्गिनीमा सुखले कहिल्यै पाइला टेकेन।मनोज नामको फूल साउदी अरबको खडेरीले ओइलिन लागेको थियो।उसको आगमन कहिले हुनु र मेरो जीवनमा सुवास छाउनु?जीवनमा आएको दु:ख/कष्टहरुको वर्षातले वसन्त ल्याउन सक्ने कुनै सम्भावना थिएन।

मेरा दिनहरु कहिले आफ्नै नियति भोगेर त कहिले अरुको भोगाई/चर्तिकलाको दृश्यपान गरेरै बित्न थाले।बौद्धमा दाइको होटल प्रहरी चौकी नजिकै भएकोले धेरै अनौंठा/अपत्यारिला घटनाहरु स्वयं मेरै आँखाले देखे।कानले सुने।श्रीमान् बाध्यताले बिदेशमा सुन्दर भविष्य निर्माणको शिलशिलामा धन कमाउन जान्छन्।केटाकेटी/श्रीमतिलाई शहरमा कोठा लिएर राख्छन्।बालबच्चालाई राम्रो/महंगो स्कुलमा पनि पढाउँछन्।तर श्रीमतीको प्रतिक्षाको बाँध अचानक फुट्छ।पर-पुरुषसंग टाप कस्छन्।बाल-बच्चालाई बेहाल अवस्थामा पुर्याइदिन्छन्।बिदेशबाट फर्किंदा श्रीमती/सम्पति दुबै गुमाएर अन्ततःकेही सीप नलागेर पीडित श्रीमानहरु प्रहरी चौकीमा धाउँछन्।मुद्दा लड्छन्।छोराछोरीको विषयलाई लिएर लडाइँ/झगडा/रुवाबासी चल्छ।बैदेशिक रोजगारकै कारण अन्ततः श्रीमान्-श्रीमतीको सम्बन्ध-बिच्छेद हुन्छ।छोराछोरी बाबाले लिएर जान्छन्।आमा र छोराछोरीहरु अनायासै बिछोडिएर रुँदै-चिच्याउँदै बिपरित दिशामा लाग्छन्,जसरी चुम्बकका समान ध्रुवहरुमा बिकर्षण हुन्छ।यस्तो कथा आम नेपालीहरुको सत्यकथा बनेको छ।नियति बनेको छ।त्यस्तै एउटा घटना हाम्रै गाउँमा घट्यो।
आमा-छोरा काठमाडौंमा कोठा भाडामा लिएर बस्थे।आइमाईको श्रीमान् मलेशियामा कार्यरत थियो।उनी चाहिँ संगीत साधनामा लागेर चाबहिलको एउटा संगीतशालामा संगीत सिक्न जान्थिन्।उनलाई संगीता भनेर चिन्थे।बिस्तारै संगीतासंग मेरो पनि दोस्ती हुन थाल्यो।उनी मलाई पनि संगीत सिक्न कर लगाउने गर्थिन्।तर संगीत सिकेर बस्ने अवस्था थिएन-मेरो।काठमाडौं जस्तो महंगीले गगन चुमेको शहरमा हातमुख जोर्न धौधौ भएको बेला संगीत त दूरको बिषय थियो।कहिलेकाही हामी शहर-बजार घुम्न जान्थ्यौं।एकदिन स्वयंभुको दर्शनमा गयौं।त्यहाँ पुगेर स्वयंभुको परिक्रमा गर्न थाल्यौं।तीनपटक परिक्रमा गरिसकेपछि थाकेर भुतुक्क भई सिंढीमा आराम गर्न थालें।उनी भने अझै एक्लै निरन्तरता दिंदै थिइन्।करीब पन्ध्र-बीस मिनेटको अन्तराल पश्चात् अचानक उनलाई दुईजना अपरिचित पुरुषहरुसंग मस्की-मस्की एकले अर्कालाई स्पर्श गर्दै बात मारिरहेको देखें।गफसफको क्रममा कहिलेकाही मतिर पनि औंलाले ईंगित गर्दै अट्टहास गर्दै थिए।उनीहरुको नियत बुझ्न सकिरहेकी थिईन।हुँदाहुँदै समिप आइपुगेर मसंग कुरा गर्न खोजे।
"संगीता!उहाँहरु चाहिँ को नि,मैले चिन्न सकिन त?"-उत्सुकतापूर्वक सोधेँ।
"साथीहरू हुन्।आजै चिनजान भएको।"
"म विकास खड्का,रामेछाप।"
"म सन्जय तामाङ,सिन्धुपाल्चोक।"
ती दुवै युवकहरुले पालैपालो परिचय दिए।मैले आफ्नो परिचय दिन आवश्यक ठानिन।
"ए,अनि तपाईंहरुको चिनजान आजै भएको हो र?मैले चाहिँ पत्याईन है।"- अविश्वास्त हुँदै भनें।
"आजै भएको हो।तिमीलाई किन ढाँट्नु र?"-संगीताले विश्वास दिलाउँदै भनी।
तर उनीहरुको कुरामा विश्वासै गर्न सकिन।
सायद यिनीहरुको चिनजान धेरै पुरानो हुनुपर्छ।कुनै एकजनासंग संगीताको प्रगाढ सम्बन्ध होला।अर्कोको लागि संगीताको साथी अर्थात् मसंग सम्बन्ध बिस्तार गर्न खोजेको होला।कुनै पनि हालतमा यस्ता तत्वहरुबाट टाढा बस्नुपर्छ।चल-हिंड ओमु।भागिहाल।नत्र यिनीहरुले अनेक बहनामा तँलाई पनि फसाउँनेछन्।
म गलत थिएँ या उनीहरु।मलाई थाहा थिएन।तर यस्तै बिचारले ग्रस्त बनायो।
"संगीता!तिमी बिस्तारै आऊ।एकदमै महत्वपूर्ण काम याद आयो।म जाँदै गर्छु है?लौ दाइहरु!म चाहिँ लागें।"
यति भनेर उनीहरुबाट छुट्टिएर जान लागें।
"एकछिन गफ गरौं न बहिनी।के पर्यो र त्यस्तो महत्त्वपूर्ण काम तत्कालै?बरु चिया-सिया खान जाऔं न।"
विकास भन्ने केटोले अनुरोध गर्यो।
"नाइँ।अहिले मलाई फुर्सद छैन।अरु कुनै दिन खाउँला।"
यति भन्दा म निकै पर पुगिसकेकी थिएँ।
"पर्ख न ओमु,म पनि जान्छु।यो केटी कस्ती छे भने।सन्जय-विकास!म जान्छु अहिले।पछि कुनै दिन भेटौंला।फोन गर्नु है मलाई।बाइ अहिलेलाई।"
संगीता पनि चिच्याउँदै मेरो पछि-पछि आईन्।
केटाहरु निराश भएर ट्वाल्ल हेरिरहेका थिए।मानौं- उनीहरुको ठूलो योजना नराम्रोसंग तुहिएयो थियो।संगीता पनि मेरो समिप आइसकेकी थिईन्।घरीघरी उनीहरुलाई हतोत्साहित भएर हेर्दै थिइन्।मलाई पनि लाल नयनले रिसाउँदै हेर्न थालिन्।
"हैन,ती केटाहरु को हुन्?कहिलेदेखि चिनजान भएको?कुन चाहिँ हो तिम्रो केटा?लाज लाग्दैन तिमीलाई अन्जान मान्छेहरुसित मस्केर हिंड्न?तिम्रो बानी ठिक लागेन है मलाई।आईन्दा मसंग दोस्ती गर्नुपर्दैन।जिन्दगीमा कहिल्यै तिमीसित घुम्न जान्न।एउटा बच्चाकी आमा भएर पनि यस्तो बानी गर्ने हो?छ्या!"
"कसम ओमु!उनीहरुसित आजै चिनजान भएको हो।कुनैसंग मेरो त्यस्तो सम्बन्ध छैन।गफगाफ गरेकी मात्र हो।गफ गर्दैमा के जान्छ र?नराम्रो नसोच न ओमु।"
"अहँ,तिमी जे सुकै भन।तिम्रो बानी ठिक रहेनछ।आजदेखि तिम्रो-मेरो दोस्ती खत्तम।मसंग बोल्नु पनि पर्दैन।तिमी यतिसम्म गिर्न सक्छ्यौ भनेर मैले कल्पनासम्म गरेकी थिईन।"

त्यो दिनदेखि हाम्रो दोस्ती सकिएको थियो।कहिलेकाही आफू यति कठोर भएकोमा आत्मग्लानी पनि हुन्थ्यो।तर एकपल्ट निर्णय गरिसकेपछि फेरि सम्बन्ध अगाडि बढाउनु उचित ठानिन।कहिलेकाही भेट हुँदा "हाइ/हेल्लो,के छ/कस्तो छ"मै सिमित भयो।म आफैं उनीबाट दूर बस्न थालें।तत्पश्चात उनी कहाँ गएर के गर्न थालिन् त्यो मेरो चासोको बिषय रहेन।उनको छोरा र मेरो छोरीको स्कूल एउटै थियो।बच्चा पुर्याउने/लिने क्रममा जम्काभेट भएपनि खुलेर कुरा गर्दिनथें।एकदिन यस्तो अचम्मको घटना घट्यो।त्यो सुनेर जो कसैको होसहवासै उड्थ्यो।अरु बिद्यार्थीका सबै अविभावकहरु आएर आ-आफ्ना छोराछोरी लिएर गैसकेका थिए।तर संगीता आफ्नो छोरा लिन साँझसम्म पनि गईनन्।छोरा सुजन आफ्नो आमा लिन आउँला भन्ने आशमा नयनहरु मार्गमा बिछ्याएर प्रतिक्षारत थियो।प्रतिक्षा गर्दागर्दै वरिपरिको केही ठम्याउनै नसकिने गरी वातावरण अन्धकार भैसकेको थियोे।सुजनको अविभावक त्यतिबेलासम्म लिन नआएपछि संगीता र उनका आफन्तहरुको खोजी भए।संगीतालाई सम्पर्क गर्न नसकेर सुजनलाई एकजना आफन्तको जिम्मा लगाइयो।आफन्तले सुजनलाई लिएर संगीताको कोठामा गयो।ढोकामा ताल्चा नलाईकन बाहिरबाट चुकुल मात्र लाएको थियो।ढोका खोलेर भित्र पस्दा कोठामा न संगीता थिईन्,न उनको लत्ताकपडा।पलाङमाथि सुजनको केही जोर फेर्ने पोशाक मात्र छुट्याएर राखिएका थिए।दराजका ढोकाहरु त्यतिकै ह्वाङ-ह्वाङ्ती थिए।उनका सबै सर-सामान गायब थिए।उनी कहाँ/किन गइन्,कुरा रहस्यमय थियो।जमाना ठिक नभएकोले चोरी/डकैती/बलात्कार/हत्या/अपहरण जस्ता जघन्य अपराधिक गतिविधि जे पनि हुनसक्थे।अनुमान मात्र लगाउन सकिन्थ्यो।यथार्थ कुराको पुष्टि नभएसम्म यसै भन्न सकिन्नथ्यो।कुरा मलेसियामा कार्यरत उनको श्रीमान राजन सम्म पुग्यो।राजन र आफन्तहरु तनावग्रस्त भएर उनको खोजीमा जुटे।तर कतैबाट सकारात्मक खबर आएन।हप्तादिन बितिसक्दा पनि मोबाइलमा सम्पर्क हुन सकेन।केही अत्तोपत्तो लागेन।
एकदिन राजनकी फूपू मलाई भेट्न आईन्।
"ओमु!तिमीलाई त थाहा होला नि संगीताको बारेमा।तिमी त नजिकको साथी हो नि।यथार्थ कुरा के हो?नढाँटी भन त नानी।सुजनको बिजोग भैसक्यो।मम्मी कहाँ हुनुहुन्छ भनेर रोईकराइ सोधिरहन्छ।हामीले के भनेर सम्झाउने उसलाई।"
"अहँ,थाहा भएन फूपू।मसंग भेटघाट/कुराकानी नभएको त धेरै भैसक्यो नि।हो,कुनैबेला उनी मेरी नजिकको मिल्ने साथी थिईन्।तर अहिले पहिलेको जस्तो थिएनौं हामी।थाहा भएको भए भनिहाल्थें नि।"
"किन होला त नानी?पहिले त्यस्तो असल साथी भएर पनि अहिले चाहिँ सम्बन्ध बिग्रेको कारण?"
"हैन फूपू।चाहेर/नचाहेर समय/परिस्थितिसंगै कतिपय सम्बन्धहरु जोडिन्छन्।कति तोडिन्छन्।कति जना नजिकिन्छन् त कति टाढिन्छन्।त्यसमा अनेक तत्वहरुले भूमिका खेलेका हुन्छन्।फेरि सधैं मान्छेका बिचार,बानी र व्यवहार पनि स्थिर हुँदैनन्।संसारका सबै कुराहरु परिवर्तनशील छन्।समयको चक्रसंगै दुष्मन पनि मित्र हुन्छन्।असल मित्र पनि दुष्मन बन्न सक्छन्।"
यति जवाफ दिनेबित्तिकै उनी निराश हुँदै फर्किन्।केही दिन पश्चात् राजन र संगीताको मोबाईलमा सम्पर्क भएछ।
"संगीता!यतिका दिनसम्म तिमी कहाँ हराएकी थियौ?थाहा छ,हाम्रो छोरा सुजनको कस्तो हालत भएको छ?तुरुन्तै गएर छोरा सम्हाल।"
"म केही दिनको लागि संगीतकै शिलशिलामा पोखरा घुम्न आएकी हुँ।बाबुलाई त्यसरी छोड्ने मन त थिएन।बाध्यताले छोड्नुपर्यो।"
"जहाँ जानुपरे पनि हाम्रो छोरालाई एक ठाउँमा टुंगो लाएर राख्नुपर्ने नि।त्यसरी सुटुक्क भागेर बेहाल बनाउनुपर्छ त?"
"म अझै केही दिनको लागि बाहिरै हुन्छु।अहिले फोन राख्छु।व्यस्त छु।"
"त्यस्तो कुरा नगर न संगीता!आमा बिनाको बच्चा कस्तो हुन्छ तिमीलाई थाहै छ नि।बरु म फूपुको नाममा ५० हजार रुपियाँ पठाइदिन्छु।आजै त्यहीं गएर लिनु।अझ त्यतिले पनि नपुगे थप पैसा पनि पठाइदिन्छु।छोराको चाहिँ राम्रो ख्याल राख्नु।उहाँ पुगेपछि मलाई फेरि फोन गर्नु।"
संगीतासंग सम्पर्क भएपछि यकिन भयो कि उनी कुनै पनि अपराधिक घटनाबाट पिडित नभई मोजमस्तीकै लागि बच्चालाई बेहाल पारेर गएकी रहिछे।सायद कुनै पर-पुरुषसित सल्किएको हुनसक्ने अनुमान सबैले लगाए।उनको घिनलाग्दो हर्कत प्रति निन्दा प्रकट गरे।

नभन्दै केही दिनपछि संगीता पैसा लिन फूपूको घरमा पुगिन्।
"ए संगीता!कहाँ गएकी थियौ तिमी?आफ्नो ३ बर्षे बालकलाई चटक्क माया मारेर कसरी जान सक्यौ हँ?अलिकति पनि दया-माया पलाएन बालकप्रति?कति निष्ठुरी बन्न सकेकी?लाज-शरम केही लागेन तिमीलाई?छि!यस्ती आमा संसारमा कुनै पनि बाल-बालिकाले नपाओस्।यस्ती निर्दयीलाई आमा भन्नुपर्दा आमा शब्दकै अपमान हुन्छ।थुक्क नकचरी हो!बरु जिउँदै मर्नु नि।के लिन आएकी अब?"
फूपुले उछितो काढिन्।
"म काम बिशेषले हतारमा गएकी थिएँ।छोरालाई छोडेर गएकी हैन।नभ्याएर लैजान सकिन।तपाईंलाई फोन गर्न खोज्दा मोबाइल नै बिग्र्यो।म मेरो छोरा र राजनले पठाएको ५० हजार रुपैयाँ लिन आएकी।"
"राजनले पैसा पनि पठाएको छैन केही छैन।तिमी फेरि कुन मुख लिएर पैसा लिन आएकी?तिम्रो इज्जत र नैतिकता खै?तिमी आफैं फोन गरेर सोध।मलाई त कसैले एक सुक्को पैसा पठाएको छैन।"
संगीता रिसले चुर हुँदै मलेसियामा राजनलाई तु फोन गरिन्।
"राजन!तिमीले मलाई ५० हजार रुपैयाँ पठाइदिन्छु भनेको हैन?फूपुले त पैसा आएकै छैन भनी त।किन झूट बोलेको त्यसरी।लाज लाग्दैन त्यसरी धोका दिन?छिटो पठाइदेउ पैसा।"
"पैसा पठाइसकेको छु।सायद निकाल्ने बेला भएको छैन होला।तिमी चिन्ता नगर।पाइहाल्छ्यौ नि।म फूपुलाई फोन गर्छु।"
राजनले फोन काटेर फूपुलाई फोन गर्यो।
"फूपू!मैले संगीतालाई त्यहाँसम्म डोर्याउनको लागि पैसाको नाटक गरेको हो।तुरुन्तै १०० मा फोन गरेर पुलिस बोलाएर जेलमा हाल्नु नकचरीलाई।"
"ल ल हुन्छ राजन।तिमीले भने जस्तै गर्छु।"

"लौ बुहारी!राजनले पैसा हालिसकेछ।तुरुन्तै निकालेर ल्याउछु।त्यतिन्जेलसम्म तिमी यहीँ कुर्दै गर।"
संगीतालाई यति भनेर फूपू बाहिरिन्।बाहिर निस्केर १०० मा डायल गरेर घटनाको सबै बेलीबिस्तार लगाईन्।पन्ध्र मिनेटपछि पुलिसको भ्यान आएर संगीतालाई उठाएर लगे।हप्तादिनसम्म प्रहरीले चरम यातना दिंदै जेलमा राखे।केही दिनमै राजन मलेसियाबाट नेपाल आइपुग्यो।चरिकोटको जिल्ला अदालतमा मुद्दा दायर भयो।अन्ततः उनीहरुको पारपाचुके भयो।त्यसपछि संगीता कहाँ गईन्?कसैलाई थाहा भएन।

कोही-कोही नारीहरु यतिसम्म नीच भई तलसम्म गिर्नेरहेछन्।त्यस्ता ज्वलन्त घटनाहरुबाट मैले धेरै पाठहरु सिकिरहेकी हुन्थें।बच्चा र श्रीमानलाई नै सर्वस्व ठानी प्रतिक्षामा दिनरात गनेर जिन्दगीका कठिन पाइलाहरु चाल्दै गएँ।कहिले यादहरुको ज्वालामुखीले मनको कमजोर धरातल भत्काएर लैजान्थे।कहिलेकाही मनभित्र पीडाहरुको ज्वाला दन्केर भत्भती पोल्थ्यो।कहिलेकाही स्मृतिको मिसाइलले छातीको पहाड क्षत-बिक्षत पार्थे।त्यस्तो कठिन घडीमा पनि बिचलित नभईकन चट्टान स्वरुप भएर समाजमा उभिरहें।हो,एउटी नारीको जिन्दगी जिउने क्रममा अनेक बाधा/अड्चन/आरोह/अवरोह/कठिनाइका घडीहरु आइपर्छन्।म पनि त्यस्ता परिस्थिति/कठिनाइबाट अछूत हुन सकिन।ती घटनाहरु अझैपनि मेरो आँखा सामू नाचिरहेका छन्।
सदा झैं दिउँसोको ठिक तीनबजे छोरी लिन स्कूल गएँ।छोरी लिएर आउने क्रममा साउदी अरबबाट भर्खरै छुट्टीमा आउनुभएको भिनाजुसंग अपर्झट भेट भयो।दिदीको श्रीमानलाई आदर/सत्कार नगर्ने कुरै भएन।ढोग गरेर सामान्य बातचीत पश्चात् चियापानको लागि कोठामा लिएर गएँ।
"भेना!तपाईं चिया,जाँड-रक्सी के लिनुहुन्छ?"
"चिया र जाँड भन्दा पनि भए रक्सी नै खाउँ न,छिटो-मीठोको लागि।जाँड त छान्नुपर्यो।अलि समय पनि लाग्ला।"
गाउँघरतिरको हालखबर र सञ्चो/सुबिस्ताको सामान्य भलाकुसारी भयो।रक्सीको गिलास रित्तिइसकेको थियो।
"साउदीमा त नियम-कानून साह्रै कडा छ भन्ने सुनिन्छ।जाँड-रक्सीको त नाम-निशाना पनि पाईंन्न होला है भेना?"
यति भन्दै रित्तिएको गिलासमा रक्सी थपिदिएँ।
"पाउन त पाईन्छ तर अवैधानिक तवरले किनबेच हुन्छ।समातियो भने जेल परिन्छ।त्यही भएर छुट्टीमा आउँदा ठूलै चीज हुन्छ नि रक्सी त।"
यति भन्दै छिट्छिटो स्वाट्ट-स्वाट्ट निल्नुभयो।
"आरामले पिउनुस् भेना,लाग्छ फेरि।"
"लागेपनि साली जिन्दावाद!मलाई केको चिन्ता।साँच्चिकै सालीको धेरै माया लाग्छ के।मात्र एउटी साली भनेकै तिमी त छ्यौ नि।"
"भेनाले खाना खान भ्याउनुहुन्न होला भनेर चाउचाउ बनाइदिएकी छु,खानुस्।"
पाकेको वाइवाइ कचौरामा हालिदिंदै भनें।
"साली भए मलाई खाना पनि चाहिन्न।लेउ साली।तिम्रो लागि यो मेरो तर्फबाट।लौ राख,काम आउँछ।"-
उहाँले ५०० रुपियाँको नोट मेरो हातमा हालिदिनुभयो।
"पर्दैन भेना।पैसा चाहिएन मलाई।एक गिलास रक्सीको पनि पैसा लिए जस्तो हुन्छ।"
"राख न राख।केही फरक पर्दैन।अहिले मसंग पैसा हुँदा।"
पैसा मेरो हातमा राखिसक्नुभएकोले मैले धेरै नाइँनास्ती पनि गरिन।
"तिमी त मेरी प्यारी साली हौ नि।कसरी माया मार्न सक्छु र?धरोधर्म सालीको औधी माया लाग्छ।मलाई त यो चाउचाउ खाए जस्तै लाग्दैन।बरु तिमीलाई खाइदिउँ है साली?आज त यतै बस्ने हो!रक्सीले पनि झ्याप्पै लागिसक्यो।आज एकदिनको लागि बास पाइन्छ होला नि।कि नदिने?"
"कुरो त्यस्तो होइन भेना।यहाँ हामी आमा छोरी मात्र छौं,त्यसैले।बरु अलि छिटो खाएर निस्कने हो कि ।"
"झन आफू चाहिँ सालीको मायाले आइयो।साली चाहिँ कसरी हुन्छ भगाउने सुर गर्छे बा।"
"लौ भेना!म चाहिँ लागें।तपाईं यही बस्नुहोला।म विहानै आउछु।अन्यथा नसोच्नुहोला।"
यति भनेर म छोरी लिएर टाप कसें।आफन्तकोमा बसिरहेकी थिएँ।केहीबेर पश्चात् उहाँ पनि उतै आउनुभयो।ठूलो योजनामा असफल भएको योजनाकार झैं उहाँको मुहारको रंग फुङ्ग उडेको थियो।तत्पश्चात पुनः म आफ्नै कोठामा फर्कें।

ठिक त्यसैको एक महिनापछि एउटा रोमाञ्चक घटना घट्यो मेरो जीवनमा।नानीको स्कूल छुट्टी भएपछि बौद्ध स्थित दाइको होटलमा जानु दैनिकी जस्तै भैसकेको थियो।कसैसँग दिल खोलेर बोल्नु पनि कहिलेकाही घातक सिद्ध हुनेरहेछ।दाइको होटलमा उहाँको तिब्बतीयन साथी तेन्जिङ पनि प्रायः जस्तो आइरहनुहुन्थ्यो।तेन्जिङ दाइ उमेरले करीब ४५ बर्षको अर्थात म भन्दा २० बर्षले जेठो हुनुहुन्थ्यो।मेरो उमेरको त उहाँको छोराछोरी नै थिए।उहाँको श्रीमतीको निधन भैसकेको र छोराछोरी भारतमा अध्ययनरत भएकाले एक्लो हुनुहुन्थ्यो।दाइको साथीको नाताले मैले पनि उमेरको ख्याल नगरीकन दाइ भनेरै सम्बोधन गर्थें।सबैसँग खुलेर मीठो बोल्नु मेरो बानी थियोे।उहाँसंग पनि हाकाहाकी कुरा गर्थें।एकदिन उहाँसंग बाटोमा भेट भयो।गफगाफ हुन थाल्यो।
"ओमु!तिम्रो श्रीमान् कुन देशमा रे?तलब कति छ?कति साल भयो?कहिल्यै आउँदैन त।श्रीमानको याद आउँदैन?"
"साउदी अरबमा जानुभएको ३ साल हुन लाग्यो दाइ।तलब त खासै राम्रो छैन।त्यस्तै नेपाली ९/१० हजारमात्र हुन्छ।श्रीमानको याद आएर के गर्नु त?बाध्यताले टाढिएर बस्नुपरेको छ।"
"खाडीमा केही फाइदा छैन।तिमी यति सुन्दरी छ्यौ।पढेलेखेकी पनि छ्यौ।कसरी फस्यौ खाडीमा काम गर्नेसंग?म अमेरिका जाने तरखरमा छु।सायद छिट्टै काम हुन्छ होला।काम भयो भने परिवार सबै उतै लैजान पाउँछु।त्यसपछि त मालामाल भईन्छ।म तिमीलाई असाध्यै मन पराउछु।के तिमी मसंग बिहे गर्छौ?म तिमीलाई रानी बनाएर राख्नेछु।नाइँ नभन ल!"
"तपाईंले ममाथि यस्तो गिद्देनजर लाउनुहुन्छ भनेर मैले सोचेकी पनि थिईन।आफ्नो दाइको साथीको नाताले आफ्नै दाइजस्तो ठानेर दुईचार शब्द के मीठो बोलेकी थिएँ।तपाईंको असली रुप छताछुल्ल पोखियो हैन?म त्यस्ती खालकी आइमाई हैन दाइ।आफ्नो श्रीमानलाई कुनै पनि हालतमा धोका दिन सक्दिन।मेरो श्रीमानले जतिसुकै कमाए पनि त्यो तपाईंको चासोको विषय हैन।तपाईंसंग एक सुक्को पैसा पनि मागेकी छैन।म पैसामा बिक्ने खालको केटी हैन।कान खोलेर सुन्नुस्।आईन्दा मैले यस्तो कुरा सुन्नु नपरोस्।"
थर्काएपछि तेन्जिङ दाइ चुपचाप लाल मुहार लिएर आफ्नो बाटो लाग्नुभयो।म त्यस्ता झिनामसिना कुराहरुमा अल्झिएर बिचलित भईन।

मनोज साउदी जाँदा लागेको ऋण पनि लगभग तिरिसकिएको थियो।जिन्दगीमा आधारभूत आवश्यकताहरुको परिपूर्ति गर्न खासै कठिन भएन।तर माईतमा भने बाबा-आमाको थाप्लोमा ऋणको भारीले झनझन थिचिरह्यो।दाइ मलेसियामा गुमनाम भएर हराउनु भयो।भाइले बल्ल प्रवेशिका परीक्षा उतीर्ण गरेको थियो।ऋणको भारले गर्दा बाबा बिस्तारै थलिंदै जीर्ण हुँदै जानुभयो।शारीरिक/मानसिक रुपमा थकित हुँदै जानुभयो।उमेर पनि ६६ बर्ष पुगेकोले निरीह हुनु त स्वभाविकै थियो।तर उहाँ असामान्य/अप्राकृतिक तवरले दुब्लाउँदै गएर थला पर्नुभयो।त्यहींमाथि खानपिनमा पौष्टिक तत्वको कमीले गर्दा हाड/छाला मात्र बाँकी थियो।शरीरका नशाहरु खुम्चिएका।निधार फाटिएर स्पष्ट धर्साहरु नजर आउने।ज्यान साह्रै पातलो।बाँस जस्तै।उठबसै गर्न नसकिने।चर्पीसम्म पनि डोर्याएर लैजानुपर्ने अवस्था।अस्पताल,धामीझाँक्री र लामाहरुलाई देखाएर पनि केही सुधार/प्रगति भएन।उनीहरुले बाबाले बाँच्न सकिने दिनहरुको परिधि कोरिदिए।सीमाङ्कन गर्दिए।आयु समेत तोक्न भ्याए।
"अब उहाँ धेरै दिन बाँच्न सक्नुहुन्न।उहाँलाई जे-जे खान मन लाग्छ ख्वाउँदा हुन्छ।"
धेरैको भनाइ यस्तै हुन्थे।
बाँच्ने सम्भावना अति न्यून भएकोले हाम्रो आशाको त्यान्द्रो चुँडिन लागिसकेको थियो।गाउँलेहरु सबैले मर्छन् भनेर अनुमान लगाए।बाबाको बेहाल अवस्था हेर्न/बुझ्न काठमाडौंबाट गाउँमा गएँ।
"छोरी!म त मर्छु होला।सायद अब धेरै दिन बाँच्न सक्दिन होला।अर्काको यति धेरै ऋण छ।कसरी/कहिले तिर्ने?ऋण नतिरीकन मरिहाले मेरो आत्माले पनि शान्ति पाउने छैन।अरुले थुक्नेछन् मेरो मृत देहलाई।ऋण खाएर मर्यो भन्नेछन्।मर्दा पनि आरामले मर्न नपाउने भएँ।मेरो आत्माले सबै सहन सक्ला तर तिरस्कार सहन सक्ने छैन।"
पीडायुक्त आँशु खसाउँदै बाबाले भन्नुभयो।
"पीर नलिनुस् बाबा!तपाईंलाई केही हुन्न।सबै ठिक हुनेछ।हामी छौं नि साथ दिने।यति सजिलै कहाँ मर्न दिन्छौं र?सबै मिलेर तपाईंलाई बचाउनेछौं।"
उहाँमा हिम्मत जगाएर उर्जा थप्ने प्रयत्न गरें।
शुरुमा जिरीको अस्पतालमा देखाइयो।तर त्यहाँ केही गर्न नसकिने ठहर भएपछि मुश्किलले एम्बुलेन्सको व्यवस्था गरेर बाबालाई काठमाडौं लिएर आयौं।
"अब केही गर्न सकिन्न।मान्छे ९९% बाँच्दैन।बेकारमा खर्च गरेर फाइदा छैन।बरु उपचारमा व्यर्थ खर्च गर्ने पैसाले त दाहसंस्कार/काजकिरिया सबै गर्न भ्याउँछ।"
धेरै जनाको मत यस्तै थियो।
"मान्छे धेरै दिन बाँच्ला जस्तो लागेन।"
एकजना आफन्तले बिरामी बाबाकै सामू भने।
बाबा अत्यन्तै निरीह देखिनुभयो।मुठ्ठीभरीको अनुहार लिएर मतिर हेर्नुभयो।जिन्दगीको भिख मागे जस्तो।
"गुहार ओमु!कृपया मलाई जसरी पनि बचाउ।म मर्न चाहन्न छोरी!अझ धेरै दिन बाँच्न चाहन्छु।अर्काको ऋण नतिरेसम्म जसरी भएपनि मलाई बचाउ।मेरो लाख बिन्ती छ।"
बाबाको अन्तर्हृदयले यस्तै भावले अनुनय-विनय गरे जस्तो अनुभूत गरें।परन्तु,मुकदर्शक भएर रमिता हेर्नु सिवाय मैले के नै गर्न सक्थें र?
"अब मान्छे बाँच्दैन।सक्यो।"-अर्कोले फेरि हतोत्साहित हुँदै भन्यो।
"जसरी भएपनि एकपटक त अस्पताल लैजानुपर्छ।मृत्यु भएपनि अस्पतालमै हुन्छ।पैसा गए जान्छ।ऋण लागे लाग्छ।अन्तिमपटक अस्पतालमा देखाऔं न दाजुभाइ,दिदीबहिनी र काकाकाकीहरु!पछि अस्पतालमा नलगेकोमा पछुतो त हुनेछैन कससेकम।हाम्रो तर्फबाट सक्दो प्रयास गरौं न।अहिले सबैले मलाई आर्थिक सहयोग गर्नुस्।पछि एकाएक सबैको हिसाब चुक्ता गर्नेछु।यो ओमुको प्रतिज्ञा भयो।कि विश्वास लाग्दैन तपाईंहरुलाई?"
जोशिली/हिम्मतिली हुँदै भनें।
"हो हो,कुरा सही हो।यसमा मेरो पनि साथ-सहयोग रहनेछ।"
एकजना दाइले पनि सहयोगको हात बढाउनुभयो।
"मेरो पनि यो अर्थ होइन कि त्यसै मर्न दिने।तर अब हामीले चाहेर/नचाहेर बचाउन सकिने हैन।कसैको ज्यान बचाउनु/नबचाउनुमा हाम्रो हात हुने हैन।तैपनि अस्पतालमा लैजानेनै हो भने धेर-थोर सहयोग म पनि गर्छु।"
अर्को दाइले पनि हिम्मतिलो ईंटा थपिदिनुभयो।
"हो, हो कुरा जायज हो।बरु ढिला नगरौं।बेलैमा अस्पताल लैजाऔं।यहाँसम्म ल्याएपछि किन काम अधुरो राख्ने?पैसा नै सबैथोक हैन।आपतमा काम नलागेको पैसा अरु बेला के काम?"
"अस्पताल लाने नै हो र?वाहियात खर्च किन गर्ने भन्ने मेरो धारणा हो।"
"हैन दाइ।अहिले तपाईंले सके जतिको मद्दत गर्नुस्।पछि जसरी पनि तिरिहाल्छौं नि।लाक्पा दाइले मति नल्याएपनि तेन्जी भाइ छँदैछ।कमाएर तिर्ला नि।"
"तेन्जी भाइले पनि कमाउँछ भन्ने के ग्यारेन्टी छ?राम्रो मतिनै ल्याउँछ भन्ने के ग्यारेन्टी छ र?"
"दाजुभाइले तिर्न नसके म तिर्नेछु दाइ।बाबा आमालाई दु:ख पर्दा हेर्नु मेरो पनि कर्तव्य हो।छोराले मात्र बाबा-आमालाई हेर्नुपर्छ जस्तो लाग्दैन मलाई।छोराछोरी दुबैलाई जन्माउँदा उत्तिकै प्रसवको पीडा खेप्नुपरेको थियो आमाले।अनि पालनपोषण गर्न,हुर्काउन,बढाउन र पढाउन बाबाले सबैको लागि उत्तिकै रगत-पसिना बगाउनुभएको थियोे।ढुक्क हुनुहोस् दाइ।तपाईंको पैसा कतै जाँदैन।"
"ल ल त्यसो भए लैजाऔं न त अस्पताल।"
बल्लतल्ल सहमतिमा आउँदै सहयोगको हात बढाउन तयार हुनुभयो।मेरै जिद्दी र अनुरोधमा बाबालाई काठमाडौं मेडिकल कलेजमा आई सि यु मा भर्ना गरियो।
" अस्पताल ल्याउन धेरै ढिलाइ गर्नुभयो।यतिन्जेलसम्म तपाईंहरु के हेरिरहनुभएको थियो?खै,बाँच्ने सम्भावना त न्यून छ।सकेसम्म व्यर्थ खर्च नगर्दा नै उपयुक्त होला मेरो बिचारमा।"
एकजना डाक्टरले भन्यो।
"सकेसम्म कोसिस गर्नुस् न डाक्टर साब।कोसिस गर्दागर्दै बचाउन सकिएन भने त्यो बेग्लै कुरा हो।त्यत्तिकै मर्न दिनु त भएन नि।प्लीज सक्दो कोसिस गर्नुस्।पैसाको चिन्ता नलिनुस्।"
मैले बिन्ती गरें।
"हामीले त भनेकै हो नि अस्पताल नल्याऔं भनेर।"-एकजना दाइले फ्याट्टै भन्नुभयो।
"बाँच्ने सम्भावना १०% छ।तैपनि हामी हाम्रो तर्फबाट सक्दो कोसिस गर्छौं।"
मेडिकल कलेजको एकजना नामी डाक्टरले भन्नुभयो।तैपनि हामीले हिम्मत हारेनौं।माया मारेनौं।झिनो आश बाँकी नै थियो।सकेसम्म बचाउने कोसिस गर्ने हो। लाख कोशिसको बाबजुद असफल भएपनि कुनै पछुतो हुने छैन भन्ने मेरो दृढ सोचाइ थियो।डाक्टरकै सल्लाह मुताविक ब्लड बैंक गएर ७ पौन्ड रगत खरीद गरेर ल्याइयो।पछि ६ पौन्डको हाराहारीमा रगत दिइयो।अपत्यारिलो/अनापेक्षित ढंगले बाबाको स्वास्थ्यमा सुधार देखियो।दाजुभाइ लगायत धेरै जना आफन्तहरुको आर्थिक,भौतिक र नैतिक सहयताको परिणामस्वरूप अन्ततः बाबा बाँच्न सफल हुनुभयो।हामी आफन्तहरुका ऋणी भयौं।परिवारमा खुशीको बहार छायो।औंशी झैं अन्धकार घर पूर्णिमाको रात झैं झलमल भयो।ढल्नै लागेको आस्थाको खम्बा फेरि तटस्थ खडा भयो।विविध हन्डर/अवरोधको बाबजुद पनि आँधीबेहरी/तुफानको बीचमा निभ्नै लागेको मनको दियो बलिरहन सफल भयो।गुम्न लागेको होनहार युगपुरुष/अविभावक फेरि पायौं।टुहुरी हुनबाट बचें।पुछिन लागिएको आमाको सिउँदो झन रंगिएर रंगीन भयो।बाबाले जीवनदान पाउनु भयो।उहाँको पुनर्जन्म भयो।आर्थिक रुपले गरिब/कमजोर भएपनि पारिवारिक हिसाबले हामी धनी/शक्तिशाली भयौं।
बाबाको उपचार पश्चात् झन ऋणमाथि ऋण थपियो।परिवारलाई खुशी,सुखी र ऋणमुक्त बनाउने दृढ उदेश्य बोकेर तेन्जी भाइले एसएलसी पछि पढाइ छोड्यो।
"दिदी!मेरा सहपाठीहरु कोही जिरी क्याम्पस गए।कोही काठमाडौं गए-उच्च शिक्षा हासिल गर्न।एसएलसी भन्दा माथिको पढाइ मेरो भागमा लेखिएको रहेनछ।म बिदेश जानलाई राहदानी बनाउँदैछु।"
तेन्जी भाइले दुखित हुँदै आफ्नो हैसियत छताछुल्ल बनायो।

No comments:
Post a Comment