'ओमु निवास'लाई नव-विहानीको लाली-किरणले अंकमाल गरिसकेको अवस्था।पंक्षीहरुको चिर्विर ध्वनिले पर्यावरणलाई संगीतमय बनाइरहेको।घर एकान्तमा भएकोले मानिसहरुको हल्ला-खल्ला,यातायातका साधनहरुको कोलाहल/ध्वनि प्रदुषण त्यहाँसम्म पुग्न असमर्थ।फाट्टफुट्ट मानिसहरु माथिल्लो बसपार्कतिर गैरहेका।पल्लोघरे विश्वकर्मा दाइ टङ-टङ ठटाउँदै आफ्नो दैनिकीको श्रीगणेश गरिरहेको।ओमुको भनाइ अनुसार त्यो दाइ अत्यन्तै मिहिनेती/लगनशील रहेछ।त्यही ठटाउने कर्म गरेरै जग्गा खरीद गरेर घर बनाएको रहेछ।मध्यरातसम्म उस्तै पारा/गतिले ठटाइरहनु हुन्छ रे।
"गर्न सके बिदेश जानुपर्दैन।स्वदेशमैै पैसै-पैसा यत्रतत्र झुन्डिरहेका छन्।बस टिप्न सक्नुपर्छ।"
त्यो विश्वकर्मा दाइको भनाइ अरे।

ओमु बहिनीको सत्य-कथा/यथार्थ-कहानी,अझै पूरा भएको थिएन।यतिसम्म सुनिसक्दा बीच-बीचमा कहिले जोशिएर उठें।कहिले ताली बजाएँ।कहिले जुरुक्क उठेर सल्युट गरें।चाहे रक्सीको नशामा किन नहोस्।रक्सी खाएपनि नखाएपनि मान्छेमा भावना/संवेदना त हुन्छ नै।ओमु बहिनीलाई एक साहसी,हिम्मतवाली र महान नारीको उपमा नदिई बस्नै सकिन।एउटा परिवारमा छोरा-मान्छे भन्दा पनि बढी जिम्मेवार।सशक्त भूमिका निभाउने ओमु जस्तै नारी कति होलान् हाम्रो पुरुषप्रधान समाजमा?थोरै/धेरै जति भएपनि त्यस्ता नारीहरुको पहिचान गरी देशको कुनै उच्च ओहदाको जिम्मेवारी/कार्यभार सुम्पन पाए नमूना कार्य गरेर देखाउँछन् कि!चासो बढिरह्यो।
"ल दाइहरु!बाबा-आमा!सबैको लागि चिया बनाएर ल्याउँछु।कुराकानीको प्रसंग फेरि जोडौंला।खाना पनि यहीँ खानुपर्छ है सबैजना।सकभर आजको बास पनि यतै बस्नु भए हुन्छ।तपाइँ र जेएस दाइ पनि।"
यति भनेर ओमु बहिनीले केहीबेरको लागि बिश्राम लिई।त्यतिन्जेलसम्म जेएस र मैले हल्का रमाइलो बातचीत गर्यौं।

"यार जेएस सर!अब त तपाईंको सरकारी जागिर पनि पक्का भैसकेको छ।पेन्सन हुन ६ बर्ष मात्र बाँकी छ।उमेरले पनि डाँडा काटिसक्यो।अब चाहिँ एउटीलाई खोजेर/रोजेर झ्याईं पार्नुपर्यो के।पार्टी खान तम्तयार भएर बसेका छौं हामी।तपाईं भने बेवास्ता गर्नुहुन्छ यार।"
"खै,भन्या त हो नि।तपाईं जस्तो लेखक/साहित्यकार भैदिए त ३/४ वटीको मालिक भैसक्ने थिएँ।बालबच्चाहरुको एउटा कृकेट टिम नै तयार भैसक्थ्यो होला।खै आफूले त अहिलेसम्म कृकेट खेल्न पाएको हैन।मेरो ब्याटले कहिल्यै बललाई स्पर्श गर्न पाएको छैन।आफू त सोझो परियो सर कसैले बाल दिंदैनन्,के गर्नु।"
"तपाईं पनि त कुनै लेखक/साहित्यकार भन्दा कम्तीको हुनुहुन्छ र?आँटेको भए यतिखेर नाति-नातिनी देखिसक्नु हुन्थ्यो।"
हाम्रो वार्तालाप सुनेर त्यहाँ उपस्थित सबैजना खित्का छोडेर निकै ला...मो हाँसो हाँसे।
"कसै कसैले दुलही खोजिदिनु पर्यो हाम्रो जेएस सरलाई।खोजिदिए पनि पारा ल्याउने हुन् कि हैनन्!खेतालै लाउनुपर्यो भने त्यो भन्दा झूर के होला र?"
"हा हा हा हा••••••••।"हाँसो पुनः दोहोरियो।
"खोज्न त आफैंले खोज्ने हो।तर मैले मनपराउँने केटीले मलाई मन नपराउने।केटीले मनपराउँदा मैले मन नपराउने।मनपराउने र नपराउनेको दोहोरी चलिरह्यो-बर्षौंदेखि आजसम्म।"-जेएस सरले हरेश खाँदै भन्नुभयो।
"चिन्ता नलिनुस् जेएस सर।एकदिन पक्कै लगन जुर्नेछ।लगन जुराउने जिम्मा मेरो भयो।किनभने आफू त पार्टी खान पाए हुरुक्कै।खानकै लागि भएपनि मैले केही गर्नैपर्छ।"
हाँसोले घरलाई यसरी गुन्जायमान बनायो।मानौँ म त्यहाँ घतलाग्दा चुट्किलाहरु सुनाउँदै थिएँ।

"ल ल दाइ!चिया-नास्ता खाऔँ।सबैजना यतै टेबलतिर आउनुस् न है।"
ओमु बहिनीको चर्को आवाजले यस्तो भान गरायो।मानौं उनी बसको नजिक आएर यात्रुहरुलाई चिया बेच्दैछिन्।
"कति द्रुतगतिमा बनाएर ल्याएकी त चिया-नास्ता पनि?रोवोर्ट हौ कि क्या हो!"
अलिकति मजाक,अलिकति व्यंग्य मिश्रित शैलीमा प्रश्न गरें।
"चिया-नास्ताको त के कुरा गर्नु?खाना पनि तयारी अवस्थामा छ।मुख आँ गरेर बस्दा हुन्छ।"
केही रहस्य मिसाएर सरप्राइज दिने खालको कुरा गरिन्।
"को हो त्यो मान्छे,जसले यति छिटो खानेकुरा बनायो?काम गर्ने मान्छे राख्या छौ र?"
"हैन-हैन दाइ।काम गर्ने मान्छे किन चाहियो र हामीलाई?हामी त्यस्तो धनी र शौखिन कहाँ छौं र?आफ्नो घरायसी काम गर्न यति धेरैजना छौं।तपाईंले एकजना मान्छेको बारेमा सोध्नुभएको छैन।कुरा गर्नुभएको छैन।तर देख्नुभएको छ।उसको बारेमा हामी पछि कुरा गरौंला।अहिलेको जल्दोबल्दो विषयबस्तु/कहानीमै जोड दिउँ होला।त्यो पात्रलाई गोप्य राखौं।"
बहिनीको शंकास्पद कुराले मलाई केही अचम्मित/खुल्दुल/उत्साहित बनायो।तुरुन्तै किचेनमा भेटेर कुरा गरौं जस्तो लाग्यो।इच्छा मनमै थाती राखेर प्रसंग मोडें।
"ल बहिनी!अब बाँकी प्रसंगलाई जोड्ने कोसिस गरौं न।"

"मलेसियाबाट दु:खै-दु:ख र समस्याहरुको पहाडसंग सामना गरेर लाक्पा दाइ आउनुभएको हप्तादिन भैसकेको थियो।मलेसियाको चिसो जेलनेल,भोक-प्यास र नेपालमा आएपछि हावापानीमा भएको अपर्झट परिवर्तनले गर्दा दाइलाई जन्डिस भयो।काठमाडौंमा धेरै उपचार गर्दा पनि कुनै प्रगति भएन।डाक्टरले पनि जन्डिसको खास औषधी नभएको,चिसो मौसम भएको स्थानमा गएर बस्न र फलफूलको अत्याधिक सेवनमा जोड दिनुपर्ने सल्लाह दिएपश्चात उहाँ गाउँतिर प्रस्थान गर्नुभयो।केही जडिबुटीको सेवनले उहाँ ठिक हुनुभयो।
तत्पश्चात मलाई एक्कासी बिसञ्चो भयो।ज्वरोले शरीर भत्भती पोल्यो।असह्य छट्पटी बढ्यो।छिमेकी दिदीको कोठामा कुखुराको मासु र भात खाएकै दिन मलाई त्यस्तो भयो।घरपेटी काकीलाई आफू सञ्चो नभएको कुरा भनें।निकैबेरसम्म मेरो अनुहार,आँखा र शरीरको अवलोकन गरेर भन्नुभयो।
"ओमु!तिम्रो आँखा त पहेंलो देखिन्छ त!पहिले त यस्तो थिएन।ख्याल गर है नानी!जन्डिस भएजस्तो छ।तुरुन्तै मेडिकलमा गएर जँचाऊ।"
"हो र आन्टी?लौन नि मलाई पनि जन्डिस भयो क्यारे।हैन होला आन्टी।"
"आँतिनुपर्दैन।खुरुक्क गएर जँचाऊ त"
"ल ल आन्टी!अहिल्यै जान्छु।"

फटाफट नजिकैको मेडिकलमा गएँ।
"बहिनी!यो थर्मोमिटर काखी च्याप्नु त।"
डाक्टरले थर्मोमिटर थमाउँदै भन्यो।थपक्क लिएर आफ्नो काखी मुनि च्यापें।
"भयो निकाल्नुस् अब।"
"आम्मै,कति धेरै ज्वरो!ठ्याक्कै १०३°।मुख आँ गर्नुस् त।खै आँखा।"
चुपचाप डाक्टरको निर्देशन पालन मात्र गर्दै गएँ।
"बहिनीलाई जन्डिस भएछ त!जन्डिसले कलेजोमा आक्रमण गर्ने भएकोले यो धेरै संवेदनशील रोग हो।लापरबाही गरियो भने कलेजो पाकेर झर्न पनि सक्छ।यो रोग तीन चोटीसम्म बल्झ्यो भने बाँच्ने सम्भावना एकदमै न्यून हुन्छ।तर तिमीले आँतिनुपर्दैन।मुख बार्नुपर्छ।चिल्लो,पिरो,नुन,मासु,जाँड र रक्सीको सेवन गर्नुहुन्न।नुन त पूर्णरुपमा बन्देज गर्नुपर्छ।चिसो फलफूल र पानीको सेवन अत्याधिक रुपमा गर्नुपर्छ।बाहिर गर्मी/धूवाँ-धूलोमा नहिंड्नुहोला।आरामको सख्त जरुरत हुन्छ।केही औषधि राखिदिएको छु,नछुटाइकन लगातार सेवन गर्नुहोला।धेरै सतर्क हुनुहोला।"
डाक्टरको कुराले मनमा भय सृजना गयो।"हस् र हुन्छ"को संकेत मात्र दिंदै औषधि लिएर कोठामा आएँ।खाटमा पल्टेर आफूलाई जन्डिस हुनुको कारण पत्ता लगाउने यत्न गरें।

राजधानीमा बसेर मैले कम त हन्डर खानुपरेको थिएन।कहिले बाबा बिरामी।कहिले भाइ साउदीमा फस्दा निकाल्नको सास्ती।कहिले दाइलाई मलेसियाको जेलबाट मुक्त गर्नुपर्दाको दौडधुप!विविध तनाव,पीर,चिन्ता र समस्याहरुको कारण समयमा खान,पिउन,आराम गर्न र सुत्न असमर्थ भएँ।जन्डिस भएको तथ्य पत्ता लगाएँ।मलाई भएको जन्डिस सामान्य/चानचुने थिएन।गम्भीर/संवेदनशील/भयावह/खतरनाक थियो।ज्वरोले शरीर भित्र-भित्रै दनदनी जल्यो।मानौं म चितामा जलिरहेकी थिएँ।पलाङमाथि सुत्न नसकेर रातदिन नुहाउँदै चिसो सिमेन्टमाथि सुतें।सम्झाउने/बुझाउने/भरोसा दिने कोही भएनन्।महिनौं हुँदापनि कुनै सुधार भएन।झनझन रोगले च्याप्दै लग्यो।उठेर खाना बनाउन समेत असक्षम भएँ।छोरीले तातो भात खान नपाएको पनि धेरै दिन भैसकेको थियो।पानी उमालेर पिलाउने समेत कोही भएन।कहिलेकाही घरपेटी काकी आउनुहुन्थ्यो।मेरो हालतको बारेमा गाउँले-आफन्तहरुलाई सुनाउनुहुन्थ्यो।तत्पश्चात आफन्तहरु मलाई भेट्न फाट्टफुट्ट आए।गाउँबाट आमा,कतारबाट मामा पनि आउनुभयो।दिनदिनै खर्बुजा,ऊखु र अन्य फलफूल लिएर आउनुभयो।मेरो शारीरिक अवस्थामा अनापेक्षितरुपमा क्रमिक सुधार आउन थाल्यो।सायद भगवानले मेरै लागि मामालाई कतारबाट नेपाल पठाउनुभएको थियो।उहाँ नआउनुभएको भए मेरो हालत निश्चितरूपमा अझ खराब हुँदै जान्थ्यो।
बिस्तारै जन्डिसले छोडिसकेको थियो।
"बहिनी!हाम्रो गाउँकी एकजना बहिनी यहीँ घरमा बस्छे रे।कहाँ बस्छे त्यो बहिनी?"
मेरो नजिकै एकजना मैले चिनेकै मान्छे आएर सोध्यो।उहाँको कुराले आश्चार्यचकित भएँ।विलखबन्दमा फसें।त्यो मान्छे मैले चिनेको मान्छे नभई अरु नै कोही होला भन्ठानें।
"को बहिनी हो र?नाम के होला उनको?कुन जिल्ला र गाउँको?"-मैले यति मात्र सोधें।
"दोलखा तिरको ओमु भन्ने नानी यतै कतै बस्छे भन्ने सुनेर आएको।जन्डिसले बिरामी परेकीछिन् रे।नानीलाई थाहा होला नि?"
उहाँको कुराले मलाई खित्का छोडेरै हाँस्न बाध्य बनायो।म हाँस्दा ट्वाँ परेर हेर्दै फेरि सोध्नुभयो।
"किन के भयो र हाँसेकी नानी?"
"मै हुँ नि ओमु।चिन्नुभएन बाजे?"
उमेरले खासै बूढो नभएपनि साइनोले बाजे पर्ने मान्छे गाउँबाट भर्खरै आउनुभएको रहेछ।
"आम्मै!त्यति मोटी मान्छे कसरी दुब्लाएकी बरा!ठूलै बिरामी पर्यौ र नानी?हेर,हाड-छाला मात्र बाँकी रहेछ।"
"ठूलै भनुँ न बाजे।एक महिनासम्म मुख बार्नुपर्यो।बल्लतल्ल अलि राम्रो भएको छ।"
बाजेको कुराले एकछिन साह्रै निराश बनायो।फेरि सोचें-अब रोग निको भएपछि त बिस्तारै मोटाइन्छ।फेरि मोटाएर पनि त काम छैन।

दुई-तीन महिना पश्चात मेरो शारीरिक बनावट पूर्वावस्थामा फर्किन लागेको थियो।माघको अत्याधिक जाडोले खासगरी बुढापाकाहरुलाई सताउनसम्म सताइरहेको थियो।जाडोकै कारणले कतिपयले जिन्दगीको लडाइँमा आत्मासमर्पण गर्दै देह त्याग समेत गरिसकेका थिए।
जीवनमा नुतन जोश,जाँगर र उमंगहरुको आगमन हुन थाले।जिन्दगीमा वसन्तको आगमन हुन थाल्यो।दु:खका शुष्क पातहरु झरेर सुखका पालुवाहरु पलाए।हर्षका बीजहरु अंकुराउन थाले।
उता साउदीबाट मनोज पनि आउने तयारीमा थियो।भएभरका सबै खुशीको बहार एकैचोटि आइरहेका थिए।एउटै घरमा बस्ने अरु दुईजना दिदीहरुको पनि श्रीमान् बिदेशबाट स्वदेश आउने कुरा गर्दै थिए।एकदिन हामी तीनैजना घाम ताप्दै गफ गर्न थाल्यौं।
"मेरो त श्रीमान् तीनदिन भित्रमा आउनुहुन्छ रे।"-राईनी दिदीले भनी।
"मेरो पनि श्रीमान् हप्ता दिनपछि आउने रे।"-तामाङ्नी दिदीले भनी।
"खै मेरो त अझै एक डेढ महिना लाग्छ होला।आउने कुरा चाहिं छ तर यकिन भएको छैन।"

मैले अलि उदास हुँदै भनें।कारण-अरुका श्रीमान् शीघ्र आउँदै थिए।मेरो भने सबभन्दा अन्तिममा आइपुग्ने भए।
"चिन्ता नगर बहिनी!तिम्रो श्रीमान् पनि आइहाल्नुहुन्छ नि।एक महिनाको कुरा न हो।"-तामाङनी दिदीले सम्झाउँदै भनी।
"हो त नि बहिनी।भेट्न मन त लाग्छ नि आफ्नो श्रीमानसंग।तर विडम्बना,हामी गरिबले संगै बस्न पनि ठूलो त्याग/तपस्या गर्नुपर्ने।हामी मात्र हैन,लाखौं दिदीबहिनीहरुको कथा/व्यथा हो-यो।दुई बर्षमा श्रीमान् बिदेशबाट आएर एक महिना संगै बस्नुहुन्छ।थाहै नपाई महिना चिप्लिसकेको हुन्छ।फेरि श्रीमान् बिदेश फर्कने दिन आइसकेको हुन्छ।रुँदै-रुँदै बिदाइ गर्नुपर्छ,आफ्नो श्रीमानलाई-अनिश्चितकालको लागि।कोही सकुशल फर्कन्छन्।कोही संसारको मुख देख्नै नसकिने गरी काठको बाकसमा फर्कन्छन्।यही हो आम नेपालीहरुको वास्तविकता।वास्तविक कथा।हुन त मान्छेको चोला पाएपछि जो-कोही पनि एकदिन माथि जानैपर्छ।कोही पनि अजर/अमर छैनन्।तर बिदेशी भूमिबाट आफ्नो छोराको देह बाकसमा फर्किंदा कुन चाहिँ आमा मुर्छा पर्दिनन्?कुन चाहिँ श्रीमतिको छाती चिरा-चिरा पर्दैन?के लाखौं दिदीबहिनीहरुले सधैं तड्पिएरै बाँच्नुपर्ने हो?आखिर कहिलेसम्म?भन्नुस् कहिलेसम्म?"
राईनी दिदीले वास्तवमा सही भन्नुभयो।तर समस्याको हल हामीसँग थिएन।

हामी त्यसपछि निकैबेरसम्म मौनताको बर्को ओढेर माघे-घामको न्यानोपन चाखिरह्यौं।एउटा सिंका लिएर मैले त धेरै केरिसकेकी रहेछु।के-के कुरा केरें-त्यसबारे भने अनभज्ञ थिएँ।घाम ताप्दा-ताप्दै तीन घण्टा बितेको पत्तै भएन।उपत्यकाको आकाशमा कालो बादल मडारिन थाल्यो।पारिलो घामको अनुहार बिस्तारै छेकियो।दिउँसोको एक बज्न लागेछ।नोकिया ११०० मोडलको मोबाइलमा घण्टी बज्यो।अन्जान/सेभ नभएको नयाँ नम्बरबाट फोन आएको रहेछ।जसको फोन भएपनि उठाउनु त परिहाल्यो।
"हेल्लो ओमु!ट्याक्सी लिएर मलाई एयरपोर्टमा लिन आऊ।म यहाँ नेपालमा उत्रिसकें।मलाई कोठा थाहा छैन।तिमी नै लिन आऊ।"
अचानक नेपालको नम्बरबाट मनोजको फोन आउँदा छक्क परें।अर्कोतिर हर्षित पनि भएँ।मुटुको ढुकढुकी एक्कासी बढ्यो।मलाई विश्वासै लागिरहेको थिएन।
"मनोज!तिमी कहाँबाट?नेपालको एयरपोर्ट हो?साँच्चिकै आएको हो त तिमी?ठट्टा नगर न।सत्य-सत्य भन त।साउदीबाट त आउने फिक्स नै भएको थिएन त कसरी एक्कासी आयौ र?"
"हो बाबा हो।म नेपालमै हो।नेपालकै एयरपोर्टबाट पैसा तिरेर कसैको मोबाइलबाट फोन गरेको।किन नहुनु र?नम्बर हेर न कहाँको हो?विश्वास लागेन?खुरुक्क एयरपोर्टमा लिन आऊ।अनि थाहा भैहाल्छ नि।"
"सपना त देख्दै छैन म?के म विपनीमै छु?"
"अरे बाबा!विपना हो।कुनै सपना हैन।"
"हैन यसो गर।तिमी त्यहींबाट ट्याक्सी चढेर सिधै कपनको फैका चोकमा आऊ।यहाँबाट म त्यहाँ पुग्दा तिमी यहाँ पुगिसक्छौ।नत्र भाडा पनि दोब्बर लाग्छ।किन व्यर्थ खर्च गर्ने?त्यतिखेरसम्म म बाँकी भएको काम सकिसक्छु।"
"ल ल तिमी त्यहाँ ठिक्क चोकमै निस्केर पर्ख है!"

हाम्रो फोनवार्ता सुनेर संगै घाम तापिरहेका दिदीहरु जिल्ल परेर मतिरै हेर्दै थिए।
"दिदी!मेरो श्रीमान् त आजै पो आइसकेछ।कस्तो मान्छे छ भने।साउदीबाट एकचोटि आउँदैछु सम्म भनेनन्।अचम्मका हुन्छन् यी लोग्नेमानिस पनि।"
मेरो कुरा सुनेर राईनी दिदीको मुहार रातो र तामाङनी दिदीको भने कालो भयो।कारण-उनीहरुका श्रीमान् छिट्टै आउँदै थिए।मनोजको आउने कुनै ठेगान नभएपनि नेपाली धरातलमा पाइला टेकिसकेको थियो।एक हिसाबले उनीहरु हाम्रो मिलन हुने देखेर जल्न थालेका थिए।

हतार-हतार पुरानो तन्ना हटाएर नयाँ बिछ्याएँ।तन्ना बिछ्याउँदा मनमा एक प्रकारको काउकुती लागेर आयो।एकैछिनमा हजार थरीको कल्पनामा डुबिभ्याएँ।सबै कुरा सोचेर निधारमा चिटचिट पसिना आयो।मुटुको गति निकै तीव्र हुन थाल्यो।धेरै बर्षपछिको साक्षात्कारलाई कसरी सहज बनाउने भन्ने चिन्ताले मनमा डेरा जमायो।सम्बन्धले श्रीमान्-श्रीमती भएपनि लामो अन्तरालपछिको भेट पक्कै पनि सामान्य हुनैसक्तैनथ्यो।कोठा सानो भएपनि सामानहरुलाई सुहाउने तरीकाले मिलाएँ।
"दिदी!तपाईंले त मेरो बुडाको फोटो देख्नुभएको छ नि है?"-मैले राईनी दिदीलाई सोधें।
"अँ देख्न त देखेकी छु।तिमीले धेरैचोटी देखाएकी थियौ।किन सोधेकी?"
"फोटोको कुरा छोडौं।साँच्चिकै मान्छे देखे चिन्नुहुन्छ?"
"चिन्छु होला।किन नचिन्नु?"
"त्यसो भए एउटा काम गर्नु त दिदी।तपाईं चोकमा गएर मनोजलाई पर्खनुस्।आएपछि यतै लिएर आउनु न है?"
"ल ल हुन्छ।तर किन तिमी जान्नौ आफ्नो बुडालाई लिन?"
"नाईं के दिदी,मलाई साह्रैै अप्ठ्यारो लागेको छ।प्लीज दिदी!गैदिनु न है।"
मलाई किन हो किन उसको सामू पर्ने हिम्मत आइरहेको थिएन।उसले के सोच्ने हुन् भन्ने अर्कोतिर चिन्ता।चिन्ता भन्दा पनि एक किसिमको धकले कम्पन गराइरह्यो।घर बाहिरसम्म मात्र निस्केर प्रतिक्षा गर्न थालें।मनमा विभिन्न थरीका बिचारहरु सवार भए।
"उसले किन मलाई सरप्राइज दियो?नेपाल आउनुभन्दा अघि किन एक कल फोनसम्म गरेन?छड्के जाँच गरेर मेरो चाला बुझ्नलाई एक्कासी आएको होला।कि कुनै घटना घटेर पो जानकारी दिने समय नमिलेको हो कि।साहुसित झगडा परेर तुरुन्तै पठाइदिएको पो हो कि।यसो गर्नुको पछाडि केही न केही रहस्य पक्कै छ।पत्त्ता लगाएरै छोड्छु।"

अनेकौं शंका/उपशंकाहरुको छाल यता/उता छचल्किरह्यो।उसको आगमन पश्चात् रहस्योद्घाटन हुने आशा पाल्दै नयन बिछ्याउन थालें ऊ आउने मार्गमा।
एउटा भ्यान सररर आएर घरको अगाडी टक्क रोकियो।खैरो सर्ट र नीलो जिन्सको पाइन्टमा साँच्चिकै सुन्दर देखिने मनको राजा भ्यानबाट झर्यो।एकोहोरो मतिरै नजर दौडायो।तीखो नजरले मेरो अनुहारमा प्रहार गर्दा मेरो नजर घाइते बनेर भुईंतिर झर्यो।नजरहरुको एक्सिडेन्ट्मा म घाइते भएँ।केहीबेरपछि फेरि उसैलाई चोरी-चोरी हेर्न थालें।ऊ त अझैपनि मतिरै नजर लाउँदैथ्यो।घाइतेमाथि अझ सख्त घाइते हुनपुगें।ठूलो बृफकेश ड्राइभरले झार्यो।सानो हात्तेझोला उसैले निकाल्यो।
"ओमु!मसंग नेपाली पैसा भएन।छसय पचास रुपियाँ देऊ त ड्राइभरलाई।"
आम्मै!म त खुत्रुक्कै भएँ-उसले मेरो नाम मात्र उच्चारण गर्दा पनि।कति मिठास/आनन्द मिश्रित बोली!म एकोहोरी भएँ।
"हैन हजुर टाढा रहेछ।तैपनि भित्रसम्म आइदिएकोछु।सातसय दिनुस् हजुर।"-ड्राइभरले पैसा बढाउँदै थियो।
"कहाँ हुनु?छसय पचास भनेर आइयो।अहिले किन बढ्ता तिर्नुपर्ने?आफ्नो बोलीको इज्जत गर्नुस् न हजुर।"-उसले ड्राइभरसित भाडाको बारेमा बार्गेनिङ गर्यो।
हुन त दुबैको कुरा सही थियो-आ-आफ्नो स्थानबाट विश्लेषण गर्दा।तर मनोज आएकोमा म यति उत्साहित/खुशी थिएँ कि ड्राइभरले दुईहजार भाडा भनेपनि खुरुक्क दिने थिएँ।उसको अगाडि पैसा सब फिक्का/बेकार लाग्दैथियो।बर्षौंदेखि बिछोडिएको दम्पतिको मिलन हुँदा कुन चाहिँ पत्नी खुशीले पागल नहोलिन्?हो,म पनि अत्याधिक खुशीले पागलै भएँ।त्यसैले ड्राइभरसंग पचास रुपियाँको लागि बार्गेनिङ गरेको पटक्कै चित्त बुझेन।
"छोडिदेऊ मनोज!उहाँले जति भन्नुहुन्छ त्यति दिउँ।कति भन्नुभो रे गुरुजी?"- स्थितिलाई शान्त बनाउने उदेश्यले भनें।
"सात सय।"-ड्राइभरले फिस्स हाँस्दै भन्यो।
"राख्नुस् पचास रुपियाँ मेरो तर्फबाट टिप्स।जम्मा सातसय पचास ।"
"हवस् हजुर।नमस्कार हजुर।म लाग्छु।"
पैसा खुरुक्क समाएर ड्राइभर टाप कसिहाल्यो।ड्राइभरलाई बढी पैसा दिनुको कारण सायद उसले बुझ्यो होला।सकेसम्म ड्राइभरलाई चाँडो भन्दा चाँडो त्यहाँबाट भगाउन चाहन्थें।मनोजले कति पैसा कमाएर ल्यायो,मलाई मतलब भएन।अरबौं रुपियाँ भन्दा पनि अमूल्य मान्छे मेरो सामू उपस्थित थियो।जाबो पचास रुपियाँको के कुरा?के मूल्य?के महत्व?के अर्थ?
"चोकसम्म किन आइनौ?मैले त त्यो दिदीलाई अपहरणकारी होला भन्ठानेको। हा हा हा।"-उसले मजाक गर्दै भन्यो।
मेरो मुखबाट शब्दको ताल फुटिरहेको थिएन।श्रीमान् भएपनि उसको मुख प्रत्यक्षरुपमा हेर्न सकिरहेकी थिईन।लाज र असहजताले मुहारमा लाली चढेको थियो।सायद मेरो गाला जोमसोमको स्याउभन्दा कम लाल थिएन।उसले एकोहोरो मेरो अनुहारमा हेरिरहेको थियो।लाजले बिक्षिप्त भएर शीर निहुरियो।त्यो दृश्य सम्झिंदा यस्तो लाग्छ मानौं- त्यहाँ कोही आगन्तुक/अपरिचित युवा बिहेको लागि केटी हेर्न आएको छ।उनमा लाजको शृंगार झल्किएको छ।केटाले केटीको शीरदेखि पाउसम्म नियालेर हेर्छ।केटी चाहिँ लजालु मुस्कान दिंदै परपर तर्किन्छे।पिढींमा गुन्द्री बिछ्याएर विश्राम गर्ने संकेत दिन्छे।लोटाभरी पानी ल्याएर तृष्णा मेट्न दिन्छे।काँधमाथि लर्किएको पछ्यौरी दुई हातले उठाएर शीर छोप्दै भित्र पस्छे।केहीबेर पश्चात गिलासमा चिया,थालमा मकै/भटमास ल्याएर भोक मेट्न दिन्छे।फरक यति थियो कि मनोज पिंढींमा नभएर भित्रै प्रवेश गरिसकेको थियो।गुन्द्रीमा नभएर पलाङमाथि बसिसकेको थियो।तर लजाइ,मुस्कान र भाव उस्तै।मेरो फाटिएको खुशी मनोजले सिलाउँदै थियो।चर्केको छाती टाल्दै थियो।बर्षौंदेखि बिछोडिएका दुई पंक्षीहरुको मिलन भयो।मनोज नामको पंक्षी साउदी अरबको पिंजडाबाट सधैंको लागि मुक्त भएर आएको थियो।मेरो जिन्दगीको क्यानभासमा खुशीका रंगहरु पोतिरह्यो।निरन्तर पोतिरह्यो।उसले आफ्नो मुटुभरी मायारुपी जल लिएर आएको थियोे।बर्षौंदेखिको प्यासी म घुटुघुटु पानी पिउन थालें।धित नमरुन्जेलसम्म।फेरि एकपटक हामी बेहुला-बेहुली झैं भयौं।नव-दम्पतीको सुहागदिन।सुहागरात भन्नलाई रात परेकै हुनुपर्ने त होला नि।नौला थियौं।एक अर्कादेखि टाढा थियौं।एकैछिनमा हामी नजिकियौं।पुराना भयौं।त्यसपछिको वातावरण यस्तो बन्यो कि-हामी युगौं युगदेखि संगै थियौं।कहिल्यै अलग भएका थिएनौं।एक-अर्कादेखि टाढिएका थिएनौं।समिप थियौं।बिल्कुलै समिपमा।हामी एकपटक स्वर्गमा पुगेर पुनः धर्तीमा फर्किसकेका थियौं।एक-अर्कामा समर्पित भैसकेका थियौं।हराएका थियौं।पुनःएकले अर्कोलाई भेट्टाइसकेका थियौं।अतृप्त तृष्णा मेटाइसकेका थियौं।अदृश्य स्थानको दृश्यपान गरिसकेका थियौं।बिर्सेका कुराहरु सम्झिसकेका थियौं।सम्झाइसकेका थियौं।अपरिचित भैसकेका अंग-प्रत्यंगहरुको बीचमा चिनजान भैसकेका थिए।परिचित भैसकेका थिए-सबै-सबै कुराहरु।नौला केही रहेनन्।बाँकी केही रहेनन्।सबै सुहा भए।तैपनि हामीमा सन्तुष्टि थियो।मुटुका बारीमा पिरतीका रंगीचंगी फूलहरु फुल्न थाले।चारैतिर मगमग बास्ना आउन थाले।वातावरण रोमाञ्चक बन्यो।सानो कोठा पनि दरबार जस्तो लाग्यो।ऊ मेरो महाराज।म उनकी महारानी।राजकुमारी भने स्कूलबाट आउने बेला हुनलाग्यो।त्यतिकैमा एउटा अनौंठो घटना घट्न पुग्यो।वातावरण यस्तो थियो जस्तो मैले एकदिन कामुक सपना देखेकी थिएँ।झ्यालहरुमा पर्दा टम्मक्कै लाएर अन्धकार।दुबैजना पलाङमाथि बस्न छोडेर भुइँमा बस्यौं।करीब तीन बर्षदेखि साउदीमा गएको श्रीमानको याद र प्रतिक्षामा जीवन बिताउन विवश भएकी तामाङनी दिदी ढोकाबाट बोलाउन छोडेर झ्यालको नजिकै उभिनुभएको थियो।सायद उहाँको नजर हामीमाथि थियो।केही अनौंठो बातचित सुन्न या दृश्य देख्न सकिने ठूलो आशामा कौतुहल।चनाखो भई झ्याललाई स्पर्श गरेर बस्नुभएको थियो।बिचरी दिदीले कुनै त्यस्तो क्रियाकलाप देख्न सक्ने कुरै भएन।जे हुनुपर्थ्यो,त्यो निकै पहिल्यै भैसकेको थियो।समयले नेटो काटेपछि आउनुभएको थियो।अचेलका युवाहरुले मोबाईलमा निलो चलचित्र हेरेर पनि आफ्नो इच्छा र चाहना परिपूर्ति गर्छन्।उहाँको पनि त्यस्तै चाहना भएको कुरा पत्ता लगाउन मलाई खासै गाह्रो भएन।तीनबर्षको संगतमा को कस्तो भनेर मैले राम्ररी अध्ययन गरिसकेकी थिएँ।हाम्रो नजर उहाँमाथि परेको थाहा पाएपछि बल्ल बोल्न थाल्नुभयो।

"ओमु!दिउँसै किन पर्दा लगाएकी?के गर्दै हो तिमीहरू?"
"के गर्नु र दिउँसै?आउनु न दिदी भित्रै।"
मैले पनि उस्तै जवाफ दिएँ।कोठामा आउनु त भनें तर ढोका भने बन्दै रह्यो।दिदी आओस् भन्ने चाहना छँदै थिएन।
"भैगो,जे गर्नुछ गर।म भरे झरुँला।"
दिदीको कुरा सुनेर मनोज मुसु-मुसु हाँस्यो।कुनै नारीको तड्पाइको पीडा मलाई पनि थाहा थियो।दिदीको हालत देखेर दया जागेर आयो।तर मैले के नै गर्न सक्थें र?एक मनले त सोच्यो-मनोजलाई पठाइदिउँ कि दिदीकोमा!तर नैतिकता र चरित्रको पनि सवाल थियो।उसको सामू गिर्नु थिएन मलाई।बर्षौंदेखि बचाएर राखिएको इज्जत र नैतिकता एकैछिनमा भस्म हुन सक्थे।फेरि मेरो प्रस्ताव उसले कुनै पनि हालतमा स्वीकार्दैन भनेर राम्रैसंग थाहा थियो।

दिउँसोको चार बजे नानी पनि स्कूलबाट आइपुगिन्।बामे सर्दै गरेको बेला मनोजले छोडेर बिदेश गएको थियो।उनले बाबालाई चिन्ने कुरै भएन।अनुहारमा एकोहोरो हेरिमात्र रहिन्।
"नानी!बाबालाई ढोग गर।"
मैले भनेपछि बल्ल ढोग गरिन्।
खानापश्चात भलाकुसारी गर्दागर्दै रातको एघार बजेको पत्तै भएन।अरुबेला नौं-दस बजे सुत्ने मान्छे आज भने आँखामा बेग्लै चमक थियो।तीनै जना एउटै पलाङमा सुत्यौं।शुरुमा नानी,बीचमा म र कुनामा मनोज।नानी सुतिसकेको होला भन्ठानेर कोल्टे फेरेर मनोजपट्टी फर्कें।सासले मात्र बोलेर कुरा गर्न थाल्यौं।चुम्बनको वर्षा भयो।अंगालोमा कस्सियौं।उसको नयनी-तालभित्र पौडिन थालें।उसले मेरो कपालमा सुम्सुम्यायो।मैले उसको।हरेक कृयाकलापहरु साटासाट भए।नानी भने शालीन भएर सुतिरहेकी थिईन्।तर त्यो स्थिति धेरै बेरसम्म टिकिरहन सकेन।एक्कासी 'सुँक्क-सुँक्क"को आवाज आयो।नानीको आँखामा छामें।आँशुको बलिन्द्र धारा बगिसकेछ।
"नानी!छोरी!के भयो?किन रोएकी?सञ्चो भएन?"
उनीबाट कुनै उत्तर आएन।झनझन सुँक्क-सुँक्क आवाजको गति/मात्रा बढ्दै गयो।
"छोरी!भन न मम्मीलाई।के भयो?मदेखि रिसाएकी?"
झन हिक्क-हिक्क गरेर डाँको छोडेरै रुन थालिन्।रुनुको रहस्य पत्ता लगाउन धेरै कठिन भयो।
"नभन्ने भए मम्मी बोल्दिन के तिमीसित।स्कूल पुर्याउन पनि जान्न।तिमी त्यस्तै रुने भए म पनि रुन्छु के।लौ भन त नानी।भन्ने कि म रोइदिउँ?"
"मम्मी,••••तपाईंले नि•••••है नि••••तपाइँले मलाई माया गर्नै छोड्नुभएछ।अरु मान्छेलाई माया गर्न थाल्नुभएछ।"
नानीको कुरा सुनेर हामी अक्क न बक्क भयौं।मनोज भने निकैबेरसम्म मुसु-मुसु हाँसिरह्यो।
"नानी!त्यसो नभन न।अरु मान्छे नभएर उहाँ तिम्रो बाबा हो नि।बाबालाई त्यसो भन्नुहुन्न के नानू!"
"नाइँ के,म त चिन्दिन त्यो मान्छेलाई।मेरो बाबा त साउदी अरबमा हुनुहुन्छ।अर्को बाबा फेरि कहाँबाट आयो?"
"साउदीबाट आज आउनुभएको नि बाबा।अरुलाई माया गर्दिन नि तिमी बाहेक।सरी न सरी।अबदेखि तिमीलाई मात्र माया गर्छु नि मम्मीले।चुप लागेर नुनु गर।"
यति भन्दै नानीको निधारमा दुईचार वटा म्वाँई खाएँ।ढाडमा थप्थपाएँ।एकैछिनमा स्वाँ-स्वाँ निंदाउन थालिन्।

मलाई सुम्सुम्याउने हस्तहरुले
अन्तै सुम्सुम्याउन थालेछन्
मेरो निधारमा चुम्बन दिने अधर
कसैको अधरसंग जोडिएछ
सदा मलाई बेर्ने अंगालोले
पराईलाई बेर्न पुगेछ
साँच्चै मेरी मम्मी अर्कैकी भईछे
कति गाढा थियो हाम्रो माया
खै कसरी पातलियो अनायासै?
आखिर को हुन् ती मान्छे
जसले मेरो माया खोस्यो?
सायद नानीले यस्तै-यस्तै भावहरु ब्यक्त गर्न खोजिरहेकी थिईन्।आफ्नो मातालाई कोही अपरिचित ब्यक्तिको अँगालोमा देखेपछि कुन चाहिँ बच्चाको चित्त दुख्दैन होला!बिचरीलाई के अवगत हुनसक्ला? लोरी सुनाएर सुताएपछि त्यहाँ के-के हुन्छ?मुन्टो बटारेर बहुत सतर्कताका साथ अवलोकन गरें।कतै नानी सुतेकी छैन कि?पाको मान्छेले जस्तो निंदाएको बहाना कहाँ गर्न सक्थिन् अबोध बालिकाले?नाटक/बहानाबाजी त हामीले गर्ने हो।

नानी निंदाएको पक्कापक्की भएपछिको सिंगै रात हाम्रो भयो।हरेक कृयाकलापमा कसैको अवरोध भएन।हामी बहुत खुशी भयौं।आफ्नो इच्छानुकुलको वातावरणमा खेल्न पाएकोमा।कसरी उज्यालो भयो-पत्तै भएन।त्यो दिनभरी मेरो महाराजलाई बिसञ्चो भयो।मलाई जन्डिस हुने बेलाको ज्वरो भन्दा कम थिएन।मेडिकलमा जँचाएर औषधि खान थाल्यो।त्यो निशामा हामी संगै सुत्न पाएनौं।ऊ एक्लै अर्को पलाङमा सुत्यो।मसंग सुत्न पाउँदा नानी निकै हर्षित भईन्।तर उनको हर्ष चीरकालीन हुनेवाला थिएन।भोलिपल्ट नानी सबेरै उठेर यताउता आँखा डुलाई।मनोजलाई अर्को पलाङमै देखेर उनी औधी खुशी हुँदै भनी-
"मम्मी!आज त त्यो मान्छे हामीसँग सुतेनछ है?वाह,क्या मज्जा!भोलि पनि त्यो मान्छेलाई उतै सुत भन्नु ल मम्मी!"

No comments:
Post a Comment