सनसिटी इन्टरनेसनल होटेल,दुबई।हामी प्रायः जसो दुबई नोभा होटल मा जाने गर्थ्यौं।मैले आफ्नो इमिरेट्स आइडी कम्पनीलाई हस्तान्तरण गरिसकेकी थिएँ र राहदानी पनि जाने दिनै कम्पनीको सम्बन्धित कर्मचारीले एयरपोर्टमै ल्याइदिने नियम भएकोले मसंग इमिरेट्स आइडीको फोटोकपी बाहेक आधिकारिक प्रमाणपत्र केही पनि थिएन।कारण मैले कम्पनीलाई राजीनामा दिएर पनि स्वीकृत र सर्ब हिसाबकिताब भैसकेको थियो।दुबई नोभा होटलमा सधैं जाने भएकोले राम्रै चिनजान भएकोले मनोज र म त्यहीँ गयौं तर त्यहाँका कर्मचारीले हाम्रो झिटिझाम्टी र कमजोरी देखेर त्यो दिन असली इमिरेट्स आइडी बिना बसाइँको लागि अनुमति दिन नसकिने बताएपछि हाम्रो तनाब चरम बिन्दुमा पुगेको थियो।चिनजानको होटलमा त प्रबेश निषेध गरियो भने अरु होटलमा बस्न सक्ने कुनै सम्भावना नै थिएन।हामी भिखारी र पागल जस्तै भयौं।खुल्ला सडकमा भौतारिन थाल्यौं बासस्थानको खोजीमा।हामीले सधैं तल्लोस्तरमा राखिएको सनसिटी इन्टरनेशनल होटलमा गएर बासको लागि प्रकृया चलाएँ तर पुरानो आइडी देखेर उनीहरुले लिइसकेको पैसा पनि फिर्ता गरे।
"प्लीज सर,आइ केम फ्रम अबुधावी एन्ड आई एम ईन बिग प्रोब्लेम।प्लीज हेल्प मी।आई वान्ट टु स्टे हेयर फर वान्ली टुवेल्ब आवरस।आई एम विद माई हज्बेन्ड।"
मैले आफू अबुधाबीबाट आएको र ठूलो समस्यामा परेको कुरा सुनाएँ।मसँग आफ्नो श्रीमानको साथमा विवाह दर्ताको प्रमाणपत्र पनि भएको कुरा उल्लेख गरेपछि बल्ल होटलमा बस्ने अनुमति मिल्यो।होटलको कोठा नम्बर ४०५ मा बसेर दु:ख-सुख साट्न थाल्यौं,भलाकुसारी गर्न थाल्यौं।बिछोडको बादल मडारिन थालेको थियो।मनोजलाई छोडेर स्वदेश जाँदै थिएँ।मैले आफूलाई जतिसुकै शक्तिशाली र दह्रो मुटु बनाउन खोजे पनि पटकपटक अश्रुबर्षा हुन छाडेन।नौनी जस्तै पग्लेर मनोजको शरीरमा पलायन हुन पुग्थें।मनोज भने मेरो मस्तिष्कको वातावरणलाई सकेसम्म रोमाञ्चक बनाउन खोज्थ्यो।
"वाह,क्या मीठो खाना!दाल,भात,माछा र कुखुराको मासु!कति मीठो बनाएकी!यस्तो मीठो खाना यो भन्दा पहिले कहिल्यै पकाएकि थिएनौ।आजको खाना एकदमै स्वादिस्ट छ।खाउ न तिमी पनि।"-मनोजले मलाई फुर्क्याउदै भन्यो।
"प्यारा,तिमीलाई सधैं यसरी नै आफ्नै हातबाट बनाएको खाना ख्वाउने मन छ।तर के गर्नु आफ्नो शरीरले साथ नदिएपछि।पराईको देशमा भएपनि तिम्रो साथ पाउँदा सात वसन्त कसरी ब्यतित भयो थाहै भएन।तर अबको एकसाल कसरी बित्ला भन्ने चिन्ता ब्याप्त छ मेरो मनमा।"-मैले अश्रु खसाउँदै भने।
"हिम्मत नहार न ओमु,आज भन्दा भोलि भन्दा बितिहाल्छ नि।धैर्य गर,फेरि हाम्रो दुई ज्यान एक हुने दिन अबश्य आउनेछ।"
"त्यो त हो मनोज,तर तिमी एक्लैलाई यो पराईभूमिमा छोडेर जानुपर्दा मन बेचैन भैरहेको छ।साँच्चै नढाँटी भन्नुपर्दा तिमीलाई छोडेर जान मनै लागेको छैन।बिदेशमा बस्दाको ब्यथा मैले यो सात बर्षको अन्तरालमा राम्रैसँग देखेकी र बुझेकी छु।त्यसैले पनि तिमीलाई एक्लो बनाउन मनले मानिरहेको छैन।तर के गर्नु मनोज,हामी दुबै एकैचोटि काम छोडेर जाँदा घर-व्यवहार चलाउनमा समस्या हुन्छ।यदि हामी पनि धनी भएको भए यसरी एक अर्काबाट टाढिएर,बिछोडिएर बस्नुपर्ने थिएन होला।हाम्रो भागमा बिछोड नै लेखिदिएको रहेछ बिधाताले।"
"त्यसो नभन न ओमु,अब एक बर्षको कुरो न हो।तिमी गएर घर-व्यवहार सम्हाल्दै गर,हामीले सोचेको कार्य सफल भएपछि म पनि आइहाल्नेछु।अब त दु:ख गर्ने,बिछोडिएर बाँच्ने र पीडा सहने बानी परिसकेको छ।सात बर्ष यसरी नै बितायौं भने अब एक बर्ष तिमीदेखि टाढिएर बस्न मलाई कुनै समस्या र आपति छैन।समयले धेरै कुरा सिकाएको छ।आँधी-तुफानको बीचमा पनि बाँच्ने कला सिकाएको छ।जसोतसो हिम्मत जुटाएर बाँच्ने कोसिस गर्नेछु अबको एक बर्ष पनि।"
"हैन मनोज,यदि मलाई यो खाडीको मरुभूमिमा छोडेर तिमी एक्लै स्वदेश जानुपरेको भए तिमी के गर्थ्यौ?"
"यो त हुनै नसक्ने कुरा हो नि।मैले तिमीलाई एक्लै यहाँ छोडेर जाने कुरा त असम्भव छ।बरु तिमीलाई पनि सँगै लिएर जाने थिएँ।"
"अनि मैले त तिमीलाई छोडेर जाँदैछु त।म कति स्वार्थी छु है मनोज?"
"तिमी र ममा आकाश पातलको फरक छ नि ओमु।स्वदेश-बिदेश जहाँ रहेर हुन्छ,परिवारलाई सुखमा राख्नु लोग्नेमान्छेको कर्तव्य र दायित्व हो।यो कुरामा तिमी महान छ्यौ कि तिमीले मेरो दु:खमा यतिका बर्ष साथ दियौ।सधैं बिदेशमा बसेर मात्र हुन्न,घर परिवार पनि हेर्नुपर्छ।त्यसैले मलाई एक्लो बनाएर जान लागेकी हैनौ,बालबच्चाको हेरचाह गर्न जाँदैछ्यौ,यसरी बुझ्दा बेश होला।"
"तिम्रो कुरा पनि जायज नै हो तर मैले आफूलाई यसरी मनाउनै सकेकी छुइन।मैले सधैं एउटा न एउटा कुरा गुमाउनु परिरहेको हुन्छु।कि त जीवनसाथीको साथ कि त छोराछोरीको।तिमी साउदीमा हुँदा जीवनसाथीको माया पाईन।दुबईमा काम गर्दा छोराछोरीको माया पाईन।अब फेरि छोराछोरीको साथ पाउन जाँदैछु तर तिम्रो माया गुमाउदैछु।मिलन र बिछोड संगसंगै हुने भयो मेरो जीवनमा।"
"दीर्घकालीन नभएर एकै बर्षको त कुरा हो।त्यसपछि म पनि कम्पनीबाट राजीनामा दिएर सदा-सदाको लागि तिम्रो समिपमा आउनेछु।अनि हाम्रो सुख र खुसीको सानो-सुन्दर संसार सजाउँला।आफूलाई निरीह नबनाउ।"
"हो मनोज,म अब अश्रु झार्दिन।म शक्तिशाली बन्न चाहन्छु।साउदीमा तिमी लगातार साँढे तीन बर्ष बस्दा त धैर्यवान भएर तिम्रो प्रतीक्षा गरें भने अब त केवल एकै बर्षको कुरा न हो।"
मैले यति भन्दै गहको अश्रुलाई सुकाउँथे।तर केही समयपश्चात पुनः बिछोडकै कुराले मनमा राज गर्न थाल्थ्यो र म कमजोर भएर अश्रुको रुपमा नयनबाट खस्थें।म बारम्बार बिक्षिप्त भएको देखेर मनोज पनि पीडाले असह्य भयो।उ पनि मसँगै रुन थाल्यो।सायद मनोजलाई मैले दस बर्षपछि फेरि रोएको देखें।सानोतिनो दु:खमा उसलाई रोएको देखेकी थिईन।मनोज म मिलेर निकै बेरसम्म रोयौं।एकले अर्कोलाई अँगाल्यौं। मनोज रोएको देखेर मैले आफूलाई सम्हालें र उसलाई पनि सम्झाएँ।
"होस अब हामी नरुने ल!म पनि रुन्न,तिमी पनि नरोउ।"
त्यसपछि केही समयको लागि वातावरण शान्त,स्तब्ध र कोलाहलबिहीन बन्यो।हामीले एक अर्कालाई नियालेर मात्र दु:ख ब्यक्त गर्यौं।हामीले करीब १५ मिनेट जति आँखा जुधाइरह्यौं,बिना अर्थ र बिना उदेश्य।
हामीले गरेको नरुने बाचालाई तोड्दै फेरी पनि म झर्ना झैं अश्रुसँगै खस्न पुगेछु।
मनोजले पुनः सम्झाउँथ्यो र मैले आफूलाई पूर्व तरीकाले नै शक्तिशाली बनाउने धृष्टता गर्थें तर पूर्णरुपमा असफल हुन्थें।तर जस्तोसुकै दु:खद घडीमा पनि मानिसको शारीरिक तथा मानसिक ईच्छाले गाँज्न नछाड्ने रहेछ।म एक बर्षलाई यथेष्ट पुग्ने मनोजको माया पाउन चाहन्थें।एकबर्षलाई पुग्ने शारीरिक तृष्णा मेटाउन चाहन्थें।सायद मनोजको मनले पनि त्यस्तै भनिरहेको थियो।दुबैको ईच्छा र चाहनाको तालमेल भएपछि आखिर असम्भव केही रहेन।हामीले एक-अर्कालाई दुरीबिहीन बनायौं।एक अर्कामा हरायौं र बिलायौं।त्यो रातलाई सकभर अबिस्मरणीय,रंगीन,अर्थपूर्ण र सफल बनायौं।हाम्रो चर्तिकला देखेर कोठा नम्बर ४०५ का भिता,टेबल,कुर्सी,पेन्टीङ,टेलिभिजन र टिलपिल गरि चम्किएका बतीहरु पनि कामुक भएर हेरिरहेका थिए।बिहान ४ बजेको उडान भएपनि कम्पनीको कर्मचारीले एक बजे नै राहदानी र टिकट लिन बोलायो।झन हाम्रो बिछोडको घडी नजिकियो।हाम्रो बलिदानीको पल छोटिँदै थियो।नियतिले हाम्रो खुशीको घाँटी रेट्दै थियो।हाम्रो सुखको संसार रगतम्य हुँदै थियो।
"ओमु!म तिमीलाई एयरपोर्टमा छोड्न जान्छु।तिमीलाई छोडेर उतैबाट म जेबल अली जान्छु।तीन बजेसम्म त हाम्रो भेट भैरहनेछ।दुई घन्टा जति उतै टोलाउँछु र उज्यालो भएपछि मेट्रो चढेर जान्छु।"
"हैन मनोज,हामी यहीँबाट छुटौं।एयरपोर्टबाट छुट्टिँदा झन पीडामाथि पीडा थपिनेछ।त्यो क्षण झन भयानक हुनेछ।म मात्र यहाँबाट ट्याक्सी चढेर जान्छु,तिमी यहीँ बस।"
"तिमीलाई एक्लै कसरी एयरपोर्ट पठाउँ म?एयरपोर्ट सम्म पुर्याउन पाए मेरो मनले सन्तुष्टि पाउनेछ।अनिम।ढुक्कसँग फर्किनेछु।"
"उहाँ पुगेर पनि भित्र छिर्न दिन्न होला।बरु तिमी नजाँदा उचित होला।"
"म कसरी स्वार्थी हुन सकुँला र ओमु?मलाई मेरो काम गर्न देउ।"
"बेकारमा किन दु:ख पाउँछौ मनोज?दु:ख पनि पाउँछौ र फर्किंदा एयरपोर्ट भित्रबाट ट्याक्सीलाई पनि बढी पैसा तिर्नुपर्छ।एकछिन सँगै भएर के हुन्छ र।जसरी पनि हामी छुट्टिनैपर्छ।त्यसैले मेरो मुखमा मान्छौ भने तिमी यहीँ बस।भोलि जतिखेर गएपनि यहीँबाट जाउ।"
मैले कैयौं मिहिनेत गरेर मनोजलाई मनाएँ।हाम्रो छुट्टिने क्षण पनि आइसकेको थियो।मनोजले तीन झोलाहरुमा मेरो सामान मिलाउनमा सहयोग गर्यो।बिहानको १:१५ भैसकेको थियो।१;३० मा राहदानी लिनुपर्ने थियो।चाहेर पनि मैले मनोजलाई साथ दिनसक्ने थिइन।हामी दुबैजना जुरुक्क उठेर एक अर्काको अँगालोमा बेरियौं।
अश्रुभेल उर्लेर मेरो नयनको गाजललाई बगाएर लैजाँदै थियो।दुबै जना मिलेर सबै सामन होटलमा बाहिर निकाल्यौं।भने जस्तो ट्याक्सी पनि तुरुन्तै आइहाल्यो।सायद पूरा ब्रम्हाण्ड नै हाम्रो बिछोडको तीब्र प्रतिक्षामा थियो।होटलको कर्मचारीले मेरो झोलाहरु ट्याक्सीमा हाल्न मद्दत गर्यो।मद्दत गरे बापत उसलाई ५ धिराम बक्सिस छोडें।ट्याक्सीमा चढेर मनोजलाई बिछोडका हात हल्लाएँ।
"पीर नगर ओमु,म एक बर्षपछि आउनेछु।"
उसको यो वाक्यसँगै ट्याक्सीले गति बढायो।एकैछिनमा म आफ्नो मान्छेबाट ओझेलमा परें।अचम्म लाग्छ,जिन्दगीमा खुशी र दु:खको आगमन एकैपटकमा पनि हुनेरहेछ।स्वदेशको बालबच्चा भेट्ने पाउने भएकोले खुशी थिएँ भने मनोजदेखि टाढिंदा दुखित थिएँ।
Monday, 24 October 2016
थप केही
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment