"तनाव लिएर कहाँ हुन्छ?अप्ठ्यारो बाटोमा जरुर जाँदैछ्यौ।तर हिम्मत,सबैको सद्भाव र भगवानको कृपाले गर्दा अवश्य पाउनेछ्यौ।डाक्टरले भनिसक्यो त शल्यक्रिया खासै जटिल हुन्न भनेर।आँतिनु पर्दैन ओमु,ढुक्कसँग बस।"
मलाई सम्झाएपनि उसको स्वर भने मलिन थियोे।
"तनाव भन्दा पनि एक्ली र नरमाइलो महसुस गर्दैछु।सकेसम्म छिटो आउने कोसिस गर है भोलि।९ बजेभन्दा अघि भेट्न नपाएपनि प्रतिक्षा गर्नु।"
फोन नकाटेको भए ऊ अझ धेरै बोल्न खोज्दै थियो।केहीबेरपश्चात सिस्टरले खाना लिएर आईन्।अलिकति खाएपछि मरिगए मुखबाट छिरेन।"निद्रा नलागे फिल्म हेर्नु" भनेर मनोजले मोबाईलमा हिन्दी फिल्म हालेर छोडेको थियो।एकछिन त्यही फिल्म हेरें तर ध्यान गएन।एकैछिन पछि भुसुक्कै निंदाएछु।

ब्युँझिंदा रातको दुई बजेको थियो।एकचोटि टन्सिलको शल्यक्रिया सम्झें।अनि पालैपालो सम्झें सबैलाई।यादले सताइरह्यो।खासगरी छोरीको यादले।रुनु पनि कति रुनु?भएभरको सबै आँशु रित्तिइसकेको थियो।आँशु सकिएपनि मुटु दुखिरह्यो।छाती चर्किरह्यो।चार बजेसम्म निंदाउन सकिन।बल्लतल्ल निंदाएछु।ब्युँझिंदा छ बजिसकेछ।मोबाइलमा पैसा सकेकोले मनोजलाई मिसकल गरें।उसले तुरुन्तै फोन गर्यो।
"ओमु!म आउन लागेको अब।घरतिर फोन गर्न परे पैसा हालिदिन्छु मोबाईलमा।"
"भो भो पर्दैन।अहिल्यै फोन गर्दा घरका सबैले पीर मान्छन्।शल्यक्रिया सफल भएपछि गरौंला।तिम्रो मोबाईलमै हालेर ल्याऊ,पछि गरौंला।"

६ देखि ८ बजेसम्मको दुईघण्टा बिताउन हम्मेहम्मे भयो।जटिल मार्गमा जानको लागि जीवनले सरल परिस्थितिको संघार नाघ्न लागिसकेको थियो।फेरि फोनको घण्टीले एकाग्र मनलाई अचानक झस्कायो।
"ओमु!म तल प्रतिक्षालयमा छु।बिनम्र अनुरोध गरेपनि जान दिइएको छैन।९ बजेपछि मात्र छोड्ने रे।तिम्रो शल्यक्रियाको घडी आइसक्यो।प्रतिक्षा गरेर बस्न सकिरहेको छैन।"
"आँतिनु पर्दैन मनोज!मलाई लट्टिने सुई लाउने तयारी गर्दैछन्।शल्यक्रियापछि नै भेटौंला।"

मैले फोन काटें।सुई लगाउन तम्तयार थिए सिस्टरहरु।
शल्यक्रियापछि भेटौंला त भनें तर कुन रुपमा भेटिने हो,कुनै ग्यारेन्टी थिएन।जिउँदो हो या मृतावस्थामा?भगवानलाई मात्र थाहा थियो।म जीवन/मृत्युको लडाइँ हेर्न जाँदै थिएँ।कसले जित्ने भनेर यकिन भैसकेको थिएन।म जीवनको पक्षमा थिएँ।तर जीवनले कसरी लड्ने हो,त्यो हेर्नु नै थियो।आफूलाई जतिसुकै शक्तिशाली सावित गर्न खोजेपनि लाचार र निरीह नै हुन्थें।ठूलो होस या सानो,शल्यक्रिया भनेको चानचुने कुरा पक्कै थिएन।त्यस्तो कठिन/संवेदनशील घडीमा पनि मनोज साथमा नहुँदा म बिक्षिप्त/मरेतुल्य भएँ।उसलाई भेटेर दुई शब्द मीठो बोल्न पनि सकिन।मैले आफूलाई संसारकै सबैभन्दा अभागी पत्नीको रुपमा पाएँ।
"बाँचेर फर्के अवश्य भेट होला।नत्र हाम्रो भेट अर्को जूनीमा मात्र हुनेछ।म तिम्रै प्रतिक्षामा नयन बिछ्याइरहेकी हुनेछु।"-मनमनै मात्र भनें।
सिस्टरले मेरो पाखुराको कपडा माथि सारेर लट्याउने सुई हानिन्।मानसिक दर्दको तुलनामा त्यो जाबो मसिनो सुईले दिएको शारीरिक दर्द नगन्य थियो।त्यसपछि मलाई चारपांग्रे गाडामा सुताएर अप्रेसन-थियटरतिर लैजान थाले।मलाई कडा रक्सीको नशा लागे झैं भयो।रिंगटा लागेर धर्ती फनफनी घुम्न थाल्यो।आँखाको दृष्टि क्रमशः धमिलो हुँदै गयो।मलाई मस्त निंद्राले च्यापे झैं लाग्यो।त्यसपछि अचेत भएँ।

जिन्दगीमा कहिल्यै नदेखेको नौलो संसार।रंगीचंगी फूलहरु फुलेका।ती फूलहरु पनि मैले जिन्दगीमा पहिलोपटक नै देख्दै थिएँ।शित्तल पवन सिर्र-सिर्र बहिरहेको।न कुनै बादल,न वर्षा।न गर्मी न जाडो।सदाबहार एकनाशको मौसम।त्यहाँ कुनै सुर्यको किरण थिएन,न त चन्द्रमाको शित्तलता।तर सधैं झलमल्ल।प्रकाश कहाँबाट आउँथ्यो,ठम्याउनै गाह्रो।विद्यमान थिए केवल नीलगगन,रंगीन बगैँचा र हरियाली वनजंगल।धूवाँ-धूलो,कोलाहल,गाडी,मोटरसाइकल र साइकल केही थिएनन्।मानवनिर्मित कुनै पनि साधनहरु देखिएनन्।म गीत गाएर चञ्चल भएर नाच्दै थिएँ।एक्लै भएपनि त्यो ठाउँ पृथ्वी जस्तो कहालीलाग्दो र उराठलाग्दो लागेन।बरु रोमाञ्चक र मनमोहक दृश्यले मन्त्रमुग्ध बनायो।नेपालको कुन ठाउँ होला भनेर मेरो मनमा कौतुहलता जागेर आयो।सपरिवार त्यतै बसाइँ सर्न मन लाग्यो।त्यहाँ मेरो जीउ निकै हल्का भएको महसुस गरें।आफ्नो छरितोपन देखेर शंका लाग्यो।कतै ममा दैवी शक्ति त आएन?झनझन पुलकित हुँदै त्यहाँको वातावरणमा यताउता डुल्न थालें।कसैलाई भेटेर सोध्न मन लाग्यो-यो नेपालको कुन ठाउँ हो?विश्वासै लागिरहेको थिएन कि त्यो नेपाली भू-भाग हो भनेर।नेपाल भन्दा सुन्दर ठाउँ अरु हुनै सक्तैन भन्ने सोच पनि पलायो।त्यसो भए कहाँ हुनसक्छ त यो रमणीयस्थल?रहस्य जान्नलाई एकदमै उत्सुक/व्यग्र थिएँ।यताउता मान्छेको तलासमा रुमल्लिएँ।कोही पनि भेट्टिएन।जतिसुकै भौतारिए पनि कुनै थकान,भोक र प्यासको अनुभूति भएन।
"आखिर यो कुन ठाउँ हो?जहाँ बिना अक्सिजन/पानी पनि जीवको अस्तित्व सम्भव छ?"
धेरै बेरपछिको प्रतिक्षा पश्चात् एकजना युवकलाई लमतन्न सुतिरहेको अवस्थामा फेला पारें।उत्सुकताको प्यास मेट्न पाउने छाँटकाट देखेर पुलकित हुँदै उसलाई जगाएँ।तर ऊ कुम्भकर्णे निंद्रामा सुतिरह्यो।जागे जस्तो गर्यो।फेरि स्वाँ-स्वाँ गर्न थाल्यो।बिना तनाव निस्फिक्री सुत्ने पहिलो मान्छे देखें।
"हेल्लो, उठ्नुस् न कति सुत्नुभएको!कस्तो अचम्मको मान्छे हो तपाईं?कुम्भकर्णकै सन्तान हो कि क्या हो!"
मेरो आवाजले ब्युंझिए जस्तो गरेर फेरि सुतिहाल्यो।एउटा सिंका लिएर उसको नाकभित्र बिस्तारै घुसारें।हातले झट्कारेर सिंकालाई फाल्यो।फेरि उस्तै मस्त।अर्कोपटक त्यही सिंकाले कानभित्र घुसारें।अतालिँदै जुरुक्क उठेर मलाई एकोहोरो हेरिरह्यो।
"दाइ यो कुन ठाउँ हो?"-मैले मलिन स्वरमा सोधें?
"के गर्छ्यौ र थाहा पाएर?अनि जो यही दुनियाँमा छ,उसैलाई थाहा छैन यो कुन ठाउँ हो?कस्तो अचम्मको आईमाई रहिछे!बरु पहिले मलाई भन तिमी कहाँदेखि आएकी?"-उसले उल्टै प्रश्न सोध्यो।
"मेरो घर दोलखा हो दाइ।बाटो भुलेर यता पुगेछु।"
"दोलखा!कहाँ हो यो?"
"नेपालको एक जिल्ला के त दाइ?तपाईं पनि अनापढ झैं सोध्नुहुन्छ।"
"नेपाल?मैले ठम्याउनै सकिन बहिनी।"
"अमेरिका थाहा छ?"
"मलाई त स्वर्ग र नर्क भन्ने मात्र थाहा छ त।"
"अनि यो कहाँ पर्यो दाइ?भन्नु न प्लीज।"
"हामी जहाँ छौं नि,यसलाई स्वर्ग भन्छन्।उ पर देखिन्छ नि ठूलो पर्खाल,त्यहाँदेखि उता चाहिँ नर्क हो।होशियार है,त्यता भुलेर पनि नजानू।सजाय भोग्नुपर्छ।हामीलाई यतै आनन्द छ।खाना,पानी र अक्सिजन बिना पनि स्वतन्त्रपूर्वक बाँच्न सकिन्छ।हाँस्न र नाच्न सकिन्छ।हैन हो,तिमी यत्री तरुनी भएर पनि केही थाहा छैन र भन्या?नर्कबाट बल्ल आएको आगन्तुक जस्ती।"
"भनेपछि म पृथ्वीमा छैन त?"
"हाहाहाहाहाहा,भनेपछि तिमी मनुष्य हौ?नर्क भन्दा के कम छ र पृथ्वीलोक।पापै पापको दुनियाँ।तिमीलाई यहाँ पनि बाँच्न गाह्राे छ।मनुष्य भएको थाहा पाएमा हाम्रो राजाले नर्कतिर पठाइदिनुहुन्छ।हेर त तिम्रो कपडा नै बेग्लै छ,सबैले चिनिहाल्छन्।"
"साँच्ची यो नर्क कस्तो हुन्छ होला है?"
"ए जान मन लागेको छ नर्कमा?म महाराजलाई भनुँ त?"
"हैन हैन,तर हेर्न मन चाहिँ लागेको छ।"
"आऊ मसंग।उ.. पर त्यो प्वालबाट चियाउन सकिन्छ।त्यो प्वाल हाम्रो स्वर्गबाट नर्क हेर्ने गोप्य प्वाल हो।त्यहाँबाट हेर्न पनि अनुमतिपत्र चाहिन्छ,जुन मसँग पनि उपलब्ध छ।यहाँ झुक्किएर तिमी जस्तै मनुष्यहरु स्वर्गमा छिर्छन् र सबै कुरा नियालेर फर्किन्छन्।स्वर्ग हेर्नलाई रमाइलो हुन्छ तर नर्क हेर्न पनि धेरै जटिल हुन्छ।त्यसैले हिम्मतवालालाई मात्र यो अनुमतिपत्र दिईन्छ।यदि हिम्मत भए म देखाउँछु नर्क।छ हिम्मत?"
एकछिन म अलमल्ल परें,के गर्ने-गर्ने भनेर।अब आइसकेपछि सबै कुराको अनुभव गरुँ न त भन्ठानी शीर हलाएर नर्क हेर्ने ईच्छा व्यक्त गरें।
"आऊ मसँग।अरु कसैले देखे तिम्रो लागि खतरा हुन्छ।"
यति भनेर उसले मलाई सुटुक्क त्यो गोप्य प्वालको नजिक लग्यो।
"ल हेर कस्तो भयावह दृश्य छ।सायद हेर्दै तिम्रो मुटुको धड्कन रोकिन सक्छ।"
उसको भनाइलाई बेवास्ता गर्दै त्यो प्वालबाट चियाएर हेरें।
बडेमानको सिंहासनमा यमराज उपरखुट्टी लाएर बसिरहेका।सेनाहरु भाला लिएर यताउता घुमेर सुरक्षा प्रदान गरिरहेका।उनीहरुका लामा-लामा दाह्री/कपाल।दाँतहरु पनि लामा र धारिला।त्यस्तै हुलियाका केही अग्ला/बलिष्ठ मान्छेहरुले त्यहाँदेखि केही पर पापीहरुलाई दण्ड दिइरहेका।कसैका नङ थुतिरहेका।कसैका हात-खुट्टा अचानोमा राखेर छप्काइरहेका।कोहीलाई भने कोर्रा दिँदै गरेका।कसैको एउटा आँखा फुटाउँदै।कसैको अण्डकोष निकाल्दै।कसैको लिंग काट्दै।कसैका भने हात/खुट्टाहरुमा किला गाड्दै।कसैको छाला तार्दै।कठै!ती अमानवीय,क्रूर र निर्मम दृश्यहरु हेर्दा आँखामा काँडा गढिएझैं दर्द हुनथाल्यो।
"आफ्नो आमा/दिदीबहिनीलाई लात हान्ने खुट्टा यही हैन?"
"आफ्नै चेलीबेटी माथि गिद्देनजर लाउने आँखा यही हैनन्?"
"५ बर्षे बालिकालाई बलात्कार गर्ने लिंग यही हैन?"
"घरमा श्रीमती हुँदाहुँदै परस्त्रीहरुको माझमा लमतन्न सुतेर यही छालामा मालिस गराएको हैन?"
जोड-जोडले चिच्याउँदै सजाय दिंदै थिए-दोषीहरूलाई!पापीहरुलाई!
"गुहार!ऐया!आथ्था!बचाउनुस् यमराज!माफी पाउँ यमराज!गल्ती भयो यमराज!"
अर्को एउटा कुनामा दुईजना मानिसलाई बिपरित दिशातिर मुख फर्काएर एउटै किलामा बाँधिएका थिए।
"साला जनयुद्ध र सेनाका कमान्डर भनौंदाहरु!तिमीहरू नै हैनौ हजारौं सोझा जनताहरुको हत्या गर्ने/गराउने?नारीहरुको बलात्कारपछि योनीमा बन्दुकको संगीन रोपेर हत्या गर्ने तँ हैनस्?आफ्नै संगठनका चेलीहरुलाई माया जालमा पारेर इज्जत लुट्ने तँ हैनस्?उच्च पदमा छौ भन्दैमा मनपरी गर्ने तँ जस्ताले पाउने सजाय यही हो।लु खा,लु खा तँ पनि।लाखौं कोर्रा हानेपनि काफी हुन्न तिमीहरुलाई।"
यति भन्दै उसले पालैपालो कोर्राले हानेको हान्यै गर्यो।
अर्को कुनामा सबैभन्दा खतरनाक दृश्य देखियो।दनदनी बलिरहेको आगोको लप्कामाथि ठूलो कराइ बसालिएको।कराइमा तेल भकभक उम्लिरहेको।
"सबै कपडा खोलेर नाङ्गै होउ!भित्री वस्त्र पनि खोल।"
अजङ्गको मान्छेले दुबै खुट्टामा पक्डेर उँधो मुन्टो गरी तुर्लुङ्ग बोक्यो।उम्लिरहेको तेलमाथि लैजाँदै भयो।"
साला देशद्रोही!आफ्नो देशको नदीनाला,पहाड-पर्वत बेचिस्?करोडौं जनताको भावनामा ठोस पुर्याइस्?तैंले पाउने इनाम यही हो।"
यति भन्दै उसले त्यो मान्छेको टाउको तेलमा डुबायो।तेलमा एकछिन सासले गर्दा केही फोकाहरु देखिए।मुहानबाट पानी उम्ले झै भकभक आवाज आयो।त्यो निरीह/लाचार मान्छेको कुनै आवाज आएन।सिंगै शरीर तेलमा उमालियो।एकछिनपछि उसले अर्को मान्छे ल्याएर उस्तै प्रकृया दोहोर्यायो।उता यमराज भने कुटिल हाँसो हाँसिरह्यो।उसको हृदयमा कुनै दया/माया थिएन।हिटलर भन्दा पनि खतरनाक देखें उसलाई।अर्को कुनातिर पापीहरुको लाइन थियो।जुन लाईन कहिल्यै सकिने थिएन।पालो आउनेहरु लाइनबाट जान्थे र सट्टामा केही नयाँ अनुहार थपिन्थे।
मैले त्यहाँको चित्कार/रोदन/गुहार/आर्तनाद/विलाप सहितको भयावह दृश्य हेरिरहन सकिन।मुटु डर-त्रासले जोडले धड्किन थाल्यो।शरीरमा चिटचिट पसिना आयो।मैले त्यो भन्दा बढ्ता हेर्नै सकिन।
"प्लीज दाइ!यहाँ भन्दा अगाडी म हेर्न सक्तिन।मलाई यहाँदेखि टाढा लैजाउ।"-मैले त्यो दाइलाई भनें।
"कहाँ जान्छ्यौ त अब?अरुले देखिहाले तिमीलाई पनि त्यही नर्कमा पठाउन बेर छैन।बरु म एउटा काम गर्न सक्छु।महाराज इन्द्रलाई भनसुन गरेर पृथ्वी-द्धारबाट फाल्न सकिन्छ।"
शुरुमा देख्दा कुम्भकर्ण जस्तो देखिएपनि केटो निकै सुन्दर,अग्लो,फराकिलो छाती,ठूलो निधार र सहयोगी भएकोले मेरो मन ऊ तिरै बहकिन थाल्यो।कतै जान मन लागेन।ऊ सँगै घुमिरहन मन लाग्यो।
"ए साँच्चै,पृथ्वीलोक हेर्ने कुनै त्यस्तो गोप्य प्वाल छैन?"-मैले उत्सुक हुँदै सोधें।
"गोप्य प्वाल छ तर अनुमति बिना हेर्न निषेध गरिएको छ।यदि अनुमति बिना प्रयोग भएको थाहा पाएमा महाराज इन्द्रले नर्कतिर फालिदिनुहुन्छ।"
"ठिकै छ,सजाय भोग्न तयार छु।तर मैले बसेर आएको पृथ्वी कस्तो रहेछ भनेर एकचोटि हेर्न चाहन्छु।"
"ल ठिक छ,आऊ हेर्न।यदि महाराज ईन्द्रको सेनाले पक्डेमा सजायको भागीदार तिमी हुनेछौ।"
उसले सरासर लगी एउटा ठूलो ढुंगा पल्टाएर पृथ्वीको दृश्य देखायो।अरे!ऐना हेरे झैं छर्लङ्ग देखिए सबै।करोडौं जोडीहरु यौन क्रीडामा व्यस्त।युवा-युवतीहरुका कृयाकलाप कुनै निलो चलचित्र भन्दा फरक थिएनन्।संसारका धेरैजसो मानिसहरु यसैका लागि प्रयत्न र मरिहत्ते गरिरहेका।बस,रेल र हवाइजहाजमा यात्रारत युवाहरुको नजर युवतीहरुको संवेदनशील अंगतिरै थिए।युवतीहरु पनि के कम लजाए जस्तो नाटक गरी युवाहरुको मन जित्न खप्पिस!
हत्या,हिंसा,बलात्कार,लुटपाट,चोरी,डकैती,छलकपट,ईर्ष्या,डाहा,घमण्ड,लोभ,पाप र चरित्रहीनताले संसारलाई आतंकित बनाइसकेका थिए।
"ए दाइ!म जिन्दगीमा कहिल्यै अमेरिका पुगेकी छैन।भविष्यमा पनि पुग्न सक्तिन होला।एकचोटी अमेरिका देखाइदिनु त।कस्तो हेर्ने धोको छ मेरो।"
"यता पर्छ अमेरिका।अघाउन्जेल हेर।"
अहा!कति झिलिमिली शहर!कति धेरै विकसित!आधुनिक प्रविधिको उपयोग गरी बनाइएका ठूल्ठूला भवन।गगनचुम्बी महलहरु!अत्याधुनिक डिजाइनका गाडी,हवाइजहाज,रकेट,आणविक अस्त्र,रेल,विविध यन्त्रहरु,चिल्ला-चौडा सडक,पर्याप्त अस्पताल,स्कुल,कलेज र युनिभर्सिटी जस्ता शिक्षण संस्थाहरु देखें।त्यहाँ कुनै भौतिक सुविधाको कमी देखिन।तर त्यहाँका मान्छेहरु अति व्यस्त।एकले अर्काको कुनै मतलब गरेको देखिन।स्वार्थी र घमण्डीहरु बढी बस्दारहेछन् त्यहाँ।माया र दयाको खडेरी नै परेको।कतिपय युवा-युवतीहरु नांगै हिंड्न पछि नहट्ने।एकले अर्कालाई सक्दो प्रयोग गर्ने र आफ्नो स्वार्थ पूर्ण भएपश्चात फोहोर झैं रद्दीको टोकरीमा फाल्ने प्रवृत्ति मौलाएको भेट्टाएँ।
"ए,अब युरोपतिर देखाउनु त"
उसले युरोपतिर औंल्याउँदै देखायो।युरोप पनि अमेरिका भन्दा खासै भिन्नता लागेन।
"दाइ,अब अन्तिमपटक एउटा काम गर्नु पर्यो तपाईंले।"-मैले उसलाई मलिन स्वरमा भनें।
"लौ भन मैले के गर्नुपर्यो?तिम्रो लागि म जे गर्न पनि तयार छु।"-उसले मलाई मनपराएको संकेतमा भन्यो।
"दाइ!मेरो लागि केही गर्नुपर्दैन।बस नेपाल देखाइदिनु त।"
"नेपाल?मैले कहिल्यै सुनेको छैन त यो नामको देश त!कुन महादेशमा पर्छ?"-उसले आश्चर्यचकित हुँदै भयो।
"एसियामा पर्छ दाइ।भारत र चीनको बीचमा हेर्नु त।हो हो यही हो नेपाल।"
उसले एशियाको महादेशमा पर्ने नेपाल मुस्किलले खोजेर देखायो।शुरुमा नेपालकै मुटु मानिने राजधानी काठमाडौंदेखि नै हेर्न शुरु गरें।अरे बाफ्रेबाफ!कति दुर्गन्धित काठमाडौं।घरैघरले भरिएको,पाइला टेक्ने ठाउँ नै छैन।भत्किएका सडकहरु,जो निर्माण हुने कुनै छाँटकाँट थिएन।घरघरबाट निस्केका चर्पीका फोहोर पानीको ढल सिधै बाग्मतिमा मिसाइएको।कसिंगर पनि जथाभावी फालिएका।नयाँ भन्दा पनि थोत्रा गाडीहरु चल्ने हुँदा धूवाँ-धूलोले यस्तो देखिन्थ्यो कि सिंगो उपत्यकाले धुम्रपान गरिरहेको जस्तो।काठमाडौंको आकाशमा कालो बादल मडारिरहे जस्तो।पिउने पानीको मात्र नभई नुहाइ-धुवाइ गर्ने पानीको पनि चरम अभाव।सडक बालबालिकाहरु खानाको अभावमा चोरीमा संलग्न हुँदै गरेका।अनि बस्ने घरको अभावमा चिसो पेटीमा रात कटाउन बाध्य भएका।मान्छेहरु अमेरिका र युरोपतिरका जस्तै स्वार्थी।दया र मायाको खडेरी उस्तै।काम गरिखान सक्ने युवाहरू कोही पाकेट मार्न उद्धत थिए त कोही दुर्व्यसनीमा लागेर आफ्नो अमूल्य समय र जिन्दगी बर्बाद गरिरहेका।कतिपय चेलीहरु आफ्नो लालाबाला पाल्न नसकेर बाध्यताले डिस्को,डान्सबार र मसाज सेन्टरमा काम गरिरहेका।कोही भने काम गर्न अल्छीले यौनपेशा अँगालिरहेका थिए।देशका राष्ट्रवादी भनौंदा नेताहरु सत्तामा जुका टाँसिए झैं टाँसिएर ढुकुटी सुहा पार्न लागिपरेका।कालोबजारी,महंगी र भ्रष्टचार मौलाएर देश दिनप्रतिदिन प्रगति नभई दुर्गतितर्फ उन्मुख हुँदै थियोे।जन-आन्दोलनको नाममा भत्काइएका भौतिक संरचनाहरु जस्ताको तस्तै थिए।शुरु गरिएका विकासका कार्यहरू पूर्ण हुन नसकेर अलपत्र अवस्थामा थिए।पहाडी क्षेत्रमा त विकासको नाममा आएका बजेटहरु सांसदका खल्ती भर्नलाई ठिक्क।गाउँघरतिर दुई दशक पूर्व जस्तो थियो त्यस्तै।परिवर्तनको नाममा 'प' पनि भएको थिएन।सबै कुरा देखें।अब अर्को कुरा हेर्न मन लाग्यो।मेरो पहाडको घर कस्तो भएछ।बुढो बाजे बाहेक कोही पनि थिएनन्-मेरो घरमा।घरको वरिपरि घाँस उम्रेका।कमेरो छ्याप्न नपाएर बाहिरी आवरण कुरुप हुँदै।छानो चुहिएर भित्ताहरु भत्किन लागेर जीर्ण हुँदै।बल्ल सम्झें मैले-मेरो परिवार त काठमाडौंमा कोठा भाडामा लिएर पो बस्छन्।एकछिन मैले आफ्नो नजर माइतीघरतिर पनि लगाएँ।बुढाबुढी भैसकेका बाबा र आमा मात्र पाएँ।अरु सबै कोही कता -कोही कता।छोराछोरीकै बारेमा कुरा गर्दै थिए बाबा-आमा।चुहिन लागेको घरको छानोमुनि बसेर कसरी अर्काको ॠण तिर्ने भनेर विलाप गरिरहेका थिए।
"छोराछोरीले कमाएर तिर्लान् नि बुडा पीर नगर।"
त्यसपछि राजधानीको भाडाको कोठालाई नियालें।परिवार खासै दु:खमा देखिन।सासू-ससुरा र छोरी हाम्रै बारेमा कुरा गरिरहेका थिए।
"दुबईबाट छोरा-बुहारीको फोन नआएको ठ्याक्कै हप्ता दिन भैसक्यो।खै कुन दिन हो बुहारीको घाँटीको अप्रेसन हुँदैछ भन्थे।"-सासुले भन्नुभयो।
"फोन गर्लान् नि किन चिन्ता गर्छौ?"-ससुराले भन्नुभयो।
पढ्न भनेर निकालेको किताब अचानक थन्काउँदै निराश मुहार बनाउँदै अश्रु तुरुक्क झारी छोरीले।काखमा लिएर चुम्न मन लागेको थियो उनलाई तर स्वर्गलोकबाट त्यो सम्भव थिएन।म अतालिएँ।हामी त दुबईमा पो थियौं।म कसरी स्वर्गमा पुगें।भक्कानिएर रुन खोजें तर अश्रु पटक्कै आएन।व्याकुल हुँदै भनें।
"प्लीज दाइ,मेरो बिन्ती छ।माफ गर्नुहोला।अन्तिमपल्ट मलाई दुबईको दृश्य देखाइदिनुस्।तपाईंले जे भन्नुहुन्छ मान्न तयार छु।
"ल ल तिम्रो लागि भनेर मात्र देखाउँदैछु।"
मेरो क्याम्प र कोठामा हेरें।त्यहाँ माया र शोभा कुरा गरिरहेका थिए।
"ओमुको आज शल्यक्रिया छ भन्थी खै के भयो कि?"-मायाले भनी।
"घाँटीको शल्यक्रिया हो,भन्न सकिन्न है।"-शोभाले भनी।
"खै शोभा,राम्रै होला नि।अल बराह अस्पतालमा छ रे,खै।"
मायाको कुराले म झसङ्ग भएँ।अल बराह अस्पतालमा नजर दौडाएँ।अस्पतालको एउटा कोठामा मेरो देह लमतन्न पल्टिरहेको थियो।मनोज अर्को पलाङमाथि बसेर मतिरै हेरेर अश्रु खसाल्दै थियो।
"अरे के अचम्म!मेरो देह त्यहाँ र मेरो आत्मा यहाँ ?मेरो देह त मसँग पनि छ त।त्यो देह र यो देहमा के फरक छ?मलाई यो के भएको दाइ?प्लीज दाइ भन्नु न"-मैले दाइलाई सोधें।
"यसबारे मपनि अनभिज्ञ नै छु।महाराज ईन्द्रलाई मात्र अवगत हुन्छ।"
"दाइ म पृथ्वीमा जान चाहन्छु।म मनोजलाई त्यो हालतमा देख्न सक्तिन।जसरी हुन्छ,मलाई त्यहाँ जाने व्यवस्था मिलाइदिनु।"
"यो हुन सक्तैन।मैले तिमीलाई मन पराउन थालेको छु।आफ्नै सम्झन लागेको छु।तिमीलाई आफ्नी बनाउन चाहन्छु।पृथ्वी जस्तो नर्कमा किन जान्छ्यौ फेरि?स्वर्ग जस्तो ठाउँमा आउनलाई कति तपस्या गर्नुपर्छ।तिमी त सजिलैसँग आएकी छ्यौ।आफ्नो भाग्यलाई टुक्र्याउने धृष्टता नगर।यहाँबाट गयौ भने तिमीले हदैसम्मको दु:ख पाउनेछौ।मैले भनेको मान।फेरि-फेरि यस्तो मौका आउँदैन।"
"हो दाइ,मैले पनि तपाईंलाई मनपराउन थालेकी थिएँ।तर आज बल्ल थाहा भयो-म त मनोजकी नासो रहिछु।म उसकी बाहेक कसैकी हुन सक्तिन दाइ।तपाईंको भावनाको सम्मान र कदर गर्छु तर आफ्नो सच्चा प्रेमलाई टुक्र्याउन चाहन्न।के तपाईंले पनि जिन्दगीमा कोही कसैसँग प्रेम गर्नुभएको थियो?यदि थियो भने सम्झनुस् दाइ,प्रेम कति अमूल्य हुन्छ भनेर।"
"खै के भनौं र।मलाई याद छैन कसैलाई प्रेम गरेको त।तर मैले आजैदेखि तिमीलाई प्रेम गर्न थालेको छु।मलाई छोडेर जाने कुरा नगर न।"
"प्लीज दाइ,म अर्कैकी हुँ।तपाईंकी कुनैपनि हालतमा हुन सक्तिन।"
"त्यसो भए मेरो एउटा शर्त छ।मान्यौ भने तिमीलाई पृथ्वीमा पठाउने भरपूर कोसिस गर्नेछु।"
"भन्नुस् दाइ,यदि मैले पूरा गर्नसक्ने रहेछु भन्ने अवश्य मन्जुर हुनेछु।तर शर्त अप्ठ्यारो रहेछ भने चित्त नदुखाउनु होला।"
"तिमीले त स्वर्गको एउटा सानो नमूना मात्र देखेकी छ्यौ।मसँग सरसर्ती सिंगो स्वर्गको यात्रा गर्नुपर्नेछ।मलाई एउटा असल साथीको रूपमा लिए हुन्छ।मबाट कुनै असहज परिस्थिति सृजना हुनेछैन।"
"हवस् दाइ,छिटो घुमौं,समय एकदमै कम छ।"
हामी सँगै मिलेर स्वर्गको यात्रामा निस्क्यौं।हामी बीच असल साथीहरुबीच हुने सम्बन्ध कायम भयो।त्यहाँ कुनै आकर्षण/स्पर्श थिएन।आहा! कति सुन्दर पर्यावरण!प्राकृतिक छटाहरुले भरिपूर्ण।जहाँ स्वर्गबासी बाहेक अरु कुनै जीवजन्तु र पशुपंक्षीहरुको अस्तित्व थिएन।पर्यावरण जति सुन्दर थिए,त्योभन्दा सुन्दर थिए त्यहाँका बासिन्दाहरुको मन।त्यहाँ कुनै लोभ,लालच,घमण्ड,काटमार,हत्याहिंसा र झैंझगडा छँदै थिएनन्।त्यहाँ कुनै आधुनिक प्रविधिको विकास भएको थिएन।बिना खाना,पानी र अक्सिजन बाँच्ने भएपछि केको लोभ?केको हत्याहिंसा?पृथ्वीमा जस्तो पापी पेट पाल्नु नपरेपछि शान्ति नै शान्ति।सबैजना आ-आफ्नै सुरमा मस्त।गाडी/हवाईजहाज नभएपनि हाम्रो हिंडाइको गति रकेट भन्दा कम थिएन।धेरै जसो बासिन्दाहरु बढी उमेरका थिए।बिहे पश्चात् पनि कुनै बालबच्चा हुन्थेन।विद्यालय,कलेज र युनिभर्सिटी केही नभएपनि त्यहाँका स्वर्गबासीहरु मनुष्य भन्दा कैयौं गुणा चलाख र बुद्धिमान थिए।चन्द्र/सूर्य बिना पनि हमेशा झलमल्ल।दिन र रात थिएन त्यहाँ।केही मिनेटमै हामीले स्वर्गको परिक्रमा गरिसक्यौं।उसले मलाई महाराज ईन्द्रको दरबारमा लिएर गयो।
"महाराज!म एउटा बिन्ती बिसाउन आएको छु हजुरको राजसिंहासनमा।गल्ती भए माफी चाहन्छु।"
"के कुरा हो साफसाफ भन।"
"यो बहिनी हाम्रो लोकमा कसरी आइपुगी उनलाई पनि थाहा छैन।उनी फेरि पृथ्वी लोकमा फर्किन चाहन्छिन्।उनको पति उनैलाई पर्खेर बसेका छन्।मेरो अनुरोध छ महाराज,उनलाई जसरी पनि आफ्नो लोकमा फर्काउनुपर्यो।"
"हो मैले नै लिएर आएको हुँ उनलाई यहाँ।किन थाहा छ?मेरो आँखा अचानक पृथ्वी लोकमा गएछ।उनी आकुलव्याकुल भएर छट्पटिंदै थिई।उनको शरीरले यति दर्द सहनुपरेको थियो कि बयान गरेर साध्य नै थिएन।बरु उनको देह र आत्मा अलग गर्न पाए उनको आत्माले शान्ति त पाईन्थ्यो।उनको हालत देख्न नसकेर मैले यहाँ ल्याएको हुँ।एकचोटि स्वर्ग आएपछि अब पृथ्वीलोकमा फर्कन असम्भब जस्तै हो।फेरि यो स्वर्गलोकको नियम बिपरित पनि हुन जान्छ।नियमको उल्लंघन हुन जान्छ।"-महाराजले भन्यो।
"प्लीज,महाराज!म यहाँ बसेको कुनै अर्थ रहन्न।मेरो आत्मा यहाँ भएपनि मेरो मन र देह उतै छ।म मेरो मनोजलाई त्यो हालतमा छोड्न सक्तिन महाराज!नपत्याए एकचोटि हेरिस्योस् त दुबईको अल बराह अस्पतालमा मेरो मनोजको हालत!"-मैले बिन्ती बिसाउँदै भनें।
महाराज ईन्द्र सरासर गएर उही ठूलो ढुंगा पल्टाएर हेर्यो।शीर हल्लाउँदै स्वीकृतिको छनक दियो।
"ल ठिक छ पुत्री!तिमी र तिम्रो पतिको हालतलाई मध्यनजर राखेर पहिलोपटक आफूले बनाएको नियमलाई उल्लंघन गर्न गैरहेको छु।फेरि एकपटक ठण्डा दिमागले सोच मनुष्य!के तिमी स्वर्ग छोडेर पृथ्वीमै जान चाहन्छौ?"-महाराजले मतिरै हेरेर सोध्यो।
"अवश्य पनि महाराज!म स्वर्ग छोडेर पृथ्वी लोकमै जान चाहन्छु।यसको अर्थ यो होइन कि स्वर्ग बस्न लायकको छैन।स्वर्गमा त अरु लोकभन्दा करोडौं गुणा चरम सुख,आनन्द र शान्ति छ।मैले पनि सधैंको लागि यतै बस्ने योजना बनाइसकेकी थिएँ।तर मनले चाहेको पाउनैपर्छ भन्ने नहुँदोरहेछ।स्वर्गको धरातलमा पाइला टेकेपछि मैले त भुसुक्कै बिर्सेछु,पृथ्वी र त्यहाँ बसोबास गर्ने मेरा मुटुका टुक्राहरुलाई ।मैले बिर्सेछु कि म कसैकी नासो पनि हुँ।मेरो जीवनसाथीलाई वचन दिइसकेकी छु।सयौं जूनीसम्म्म पनि साथ दिने कसम खाएकी छु।आफ्नो बचनलाई भुल्न सक्तिन महाराज!उसलाई धोका दिन सक्तिन।बरु योग्य ठहरिएको खण्डमा हामी कुनैदिन सँगै स्वर्गमा आउनेछौं।तर अहिलेको लागि मलाई हजुरको लोकबाट बिदा दिइस्योस्।हजुरको यो गुण हजारौं जूनीसम्म भुल्ने छैन।"
"वाह,वाह,वाह!मैले पृथ्वीमा पनि यस्तो सच्चा मायालु जोडी देख्न पाएँ।तिमीहरूको माया देखेर प्रभावित भएँ।म तिमीहरुको प्रेमको बाधक बन्न चाहन्न।तिमीहरूको निश्छल माया-प्रेम देखेर पृथ्वीलोकलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको छ।मैले पृथ्वीबासीलाई नर्क अर्थात पापीहरुको बस्तीसँग तुलना गर्ने गर्थें।आजदेखि पृथ्वीबासीलाई बेग्लै नजरले हेर्नेछु।तिमीहरूको प्रेम युगौंसम्म अमर/अजर होस-मेरो यही शुभकामना छ।जाऊ।गएर आफ्नो देह र आफ्नो पतिलाई सम्हाल।पुरस्कार दिनको लागि मसँग अरु केही छैन।तिमीहरुको मायाको ईतिहासलाई स्वर्गको धरातलमा स्वर्णाक्षरले कोरेर राख्नेछु।अरुको लागि पनि एउटा उदाहरण वा नमूना बनोस्।सबैले अनुसरण गरेर तिमीहरुको प्रेमपथमा लामबद्ध होऊन्।पुत्री,शुभयात्रा!तिमीहरूको अर्को जूनीलाई यही स्वर्गमा स्वागतको लागि तम्तयार भएर बस्नेछु।"
महाराज ईन्द्रले यति भन्दै मेरो लागि पृथ्वीलोकको द्धार खोलिदिनुभयो।पृथ्वी लोकको बाटो माथितिर नभएर तलतिर थियो।माथिबाट हाम्फाल्न मलाई साहस आएन।म हेरेको हेर्यै भएँ।
"हाम्फालेर जाऊ पुत्री!केही हुँदैन।हिम्मत बटुलेर आँखा चिम्लेर हाम्फाल।"
महाराजको आज्ञा पाएपछि मैले आँखा चिम्म पारें।पूरै ज्यान हावामा फालिदिएँ।शुन्यमा फालिदिएँ।मस्तिष्क र शरीर दुवै पूर्णरुपमा शुन्यतामा पुगे।चेत हराइसकेको थियो।म कुन दुनियाँमा पुगें-अत्तोपत्तो भएन।
मलाई होस आउँदा म अल बराह अस्पतालको उहीँ कोठामा मनोजको समिपमा थिएँ।घाँटीको शल्यक्रिया सकेर पनि मलाई फिर्ता पूर्व-कोठामै ल्याइएको रहेछ।मेरो बुझाइमा शल्यक्रिया सफल भैसकेको थियो।घाँटीमा अत्याधिक दर्द हुँदै थियो भने थुकसँग रगत मिसिएर आउँदै थियो।बोल्न सक्ने स्थितिमा थिईन।घाँटीको शल्यक्रिया पश्चात् आवाज समेत गुम्न सक्ने कुरा पहिले अरु कसैको मुखबाट सुनेकी थिएँ।भयले मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो।कष्ट गरेर भएपनि बोल्ने प्रयत्न गरें।
"तिमी कहिले आयौ मनोज?"
"अघि नै आएको।दुई घण्टा जति भैसक्यो तिमीलाई अप्रेसन थियटरदेखि यहाँ ल्याएको।याद छैन तिमीलाई?मलाई पुलुक्क-पुलुक्क हेर्दै थियौ त।"
प्रश्नको जवाफ फर्किएसंगै यकिन भयो-मेरो आवाज गुमेको रहेनछ।आवाज यथावत थियो।कुनै परिवर्तन/खराबी आएको थिएन।हातको ईशाराले उसलाई समिप बोलाएर अंकमाल गरें।
"तिमीलाई अप्रेसन थिएटरमा लगेपछि म बाहिर प्रतिक्षारत थिएँ।अस्पतालमा कार्यरत कर्मचारीलाई ६/७ पल्ट सोधपुछ गरें।शल्यक्रिया हुँदैछ भन्ने जवाफ मात्र पाउँथे।त्यो प्रतिक्षाको घडी अत्यन्तै कठिन र लामो लागेको थियो।करीब दुई घण्टाको अनवरत प्रतिक्षापश्चात चारपांग्रे गाडामाथि सुताएर गुडाउँदै बाहिर ल्याए।त्यो दृश्यले मलाई हजार भोल्टको झट्का दियो।खुरुरु दौडेर तिमीलाई स्पर्श गरें/छामें।तिमी बेहोसीमै थियौ।तर सास र धड्कन भने चलिरहेका थिए।डाक्टरले तिम्रो नामले बोलाउने सल्लाह दियो।
"ओमु!ओमु!ओमु!"
तिम्रो नाम लिएर तीनपटक जोडले बोलाएँ तर तिमीले सुनेनौ।तत्पश्चात मैले तिम्रो नामले बोलाउनुको निकै जोड-जोडले झक्झकाएँ।निकैबेर हल्लाएपश्चात बल्ल तिम्रो होस आयो।
"सी ईज एब्सोल्युट्ली राइट।नो नीड टु वोरी।"
डाक्टरले तिमी सकुशल भएको र चिन्ता नलिए हुने जानकारी दियो।तिमीले मतिर पुलुक्क हेर्यौ तर केही बोलिनौ।आरामको सख्त जरुरत भएकोले यहाँ ल्याएर बेडमा सुताइएको हो।
"एक घण्टातक पानी और जुस कुछ भी मत देना।अगर एक घण्टेके वाद पानीका प्यास लगी तो २०० मिलिलिटर देना बश।"
सिस्टरले सल्लाह/सुझाव दिएर गईन्।
"एकघण्टा त के अब दुई घण्टै भैसक्यो।पानी पिउने हो?"-मनोजले सोध्यो।
औंलाको सहयता लिएर अलिकति पिउछु भन्ने संकेत दिएँ।उसले गिलासमा थोरै पानी ल्याएर दियो।बिस्तारै थोरै पानी निलें।हरे भगवान्!घाँटी भतभती पोल्यो।मुश्किलले सहन सकें।फेरि मैले पानी पिईन।
"हेर ओमु!यहाँ छन् तिम्रा टन्सिलका टुक्राहरु।"
यति भन्दै मनोजले शिशीभित्र दुईटुक्रा मासुका डल्लाहरु देखाए।टन्सिलका टुक्राहरु रासायनिक पद्धार्थ सहित शिशीभित्रको पानीमा पौडिरहेका थिए।बिर्को लगाएर राखिएका ती मासुका टुक्राहरु पिंजडामा कैद गरिएका राक्षसहरु झैं लागे।ती टुक्राहरु फुल्लिएर ठूल्ठूला भएकाले दुई भयंकर आँखाहरुले मतिरै हेरिरहेका झैं देखिन्थे।ती मासुका टुक्राहरु तिनै थिए,जसले मेरो मीठो खाना मबाट खोसेका थिए।मलाई सताएका थिए।मेरो चैन लुटेका थिए।ती टुक्राहरुप्रति घृणा जागेर आयो।मलाई हेर्नु थिएन ती हरामखोरहरुलाई।त्यतिखेरै मट्टीतेल खन्याएर सलाई कोरी जलाउन मन लाग्यो।बर्षौंदेखिको बदला लिन मन लाग्यो।तर आक्रोशित भएर कुनै फाइदा थिएन।मनोजलाई संकेत दिँदै भने।
"उता लैजाऊ ती बैमान मासुका टुक्राहरुलाई!"
मनोज एक्लै फत्फताउन थाल्यो। म ईशाराले मात्र वार्तालाप गर्न थालें-मौनरुपमा।एउटा रमाइलो,घतलाग्दो र भरपर्दो जुक्ती निकालें ऊसँग बोल्नलाई।मोबाईलको म्यासेज मेनुमा गएर टाइप गर्दै बोल्न थालें।ईशाराले बोल्नुभन्दा सहज नै भयो।तर ऊ एक्लै फत्फताइरहँदा अलि असहज वातावरणको सृजना भयो।मैले भन्नुपर्ने धेरै कुराहरु एकैपटकमा लेखेर उसको सामू पेश गर्न थालें।उसले मोबाईल हातमा लिएर मेरो कुरा पढिसकेपछि जवाफ फर्काउँथ्यो।कहिलेकाही झुक्किएर उसले पनि मोबाईलमै आफ्नो कुरा लेख्थ्यो।पछि आफैं आश्चर्यचकित हुँदै मरीमरी हाँस्थ्यो।उसको हाँसोमा मेरो हाँसो मिसिन्थ्यो।तर दर्दले खुत्रुक्कै हुन्थें।मोबाईलबाट आफ्नो कुरा प्रवाह गर्ने क्रममा लेख्न पुगें।
"मनोज!शल्यक्रिया सफल भएकोमा आज अति उत्साहित/हर्षित छु।भगवानले हाम्रो पुकार सुनेर साथ दिनुभएको छ।धेरै खतरनाक/भयावह स्थितिबाट उम्केर आउन सफल भएकी छु।नवजीवन पाएकी छु।जीवनदान मिलेको छ।जीवन/मृत्युको घमासान लडाइँमा जीवनको विजय भएको छ।स्यालको मुखबाट उम्केर आएको कुखुरा झैं।बाघको पञ्जाबाट उम्केको बाख्रा झैं।सिकारीको गोलीबाट बचेर आएको मृग झैं।उम्केको माछा झैं।यो विजय रावणमाथि रामले गरेको विजय जत्तिकै लागेको छ।घाइते अवश्य छु तर बाँच्ने रहर/उमंग बढेको छ।सारा संसार नै वसन्त झैं हरियाली देखिरहेकी छु।मेरो शरीरमा घाउ अवश्य छ तर मायाको मलमपट्टी बाँध्ने काम तिमीले गरेकाछौ।बिरानो मुलुकमै भएतापनि तिम्रो कसिलो साथ,अतुलनीय सहयोग र न्यानो माया पाउँदा जिन्दगीले छलाङ मार्दै,फड्को मार्दै अग्रगतिमा लम्कन सकेको छ।मेरो श्यामश्वेत जिन्दगी रंगीन भएको छ।मेरो जीवनमा खुशीको लहर आएको छ।जीवन फागुनमा फुलेको चेर्दुङको गुराँस झैं भएको छ।"
ढोकाबाट ढकढक आवाज आयो।सिस्टर औषधि र आइसक्रीम लिएर आइपुगी।
"एक्सक्युज मी म्याम!फस्ट अभ अल,टेक द आइसक्रीम।एन्ड देन मेडिसिन।ओके?दिस मेडिसिन ट्वाइस पर डे एन्ड दिस वान्स इन द मर्निङ आफ्टर मिल।"
उनले औषधिको मात्रा र खाने समय तोकेर गैहाली।मनोज भने अझै मैले लेखेको कुरा पढ्न मोबाईलमै व्यस्त थियो।पढिसकेर पुलकित हुँदै मेरो कुरामा शीर हलाएर समर्थन जनाएझैं गर्यो।
"कुनै कुनै शब्द र वाक्य चाहिँ अलि बढ्ता नै भए जस्तो लाग्यो के!मैले के नै गरेको छु र तिम्रो लागि?तिम्रो मायाको तुलनामा मैले गर्ने माया र काम सबै तुच्छ नै लाग्छन्।हो,तिमी ठूलो झन्झटबाट मुक्त भएकी छ्यौ।सायद अबको १०/१५ दिनमा त घाउ पनि पूर्णरूपमा निको हुनेछ।तत्पश्चात तिमीले आफ्नो रोजाईको खाना मज्जाले खान सक्छ्यौ।टन्सिलदेखि भयभीत हुनुपर्ने दिन गयो अब।तर शुरुमा धेरै पिरो चाहिँ खानहुन्न।आँतिनु पर्दैन, सब ठिक हुँदै जानेछ।२० दिनको बिरामी बिदा छँदैछ,कोठामा गएर विश्राम गर।ठूलो चुनौतिको सामना त गरियो भने अब त कोठामा बसेर दिन ब्यतित गर्नु नै त छ।"
उसको कुरामा बूढीऔंला ठड्याएर सहमति जनाएँ।लेख्दालेख्दै थकित भएँ।उसको कुरामा ईशाराले सहमति/असहमति मात्र जनाइरहें।सिस्टरले छोडिराखेको आइसक्रीम जिब्रोले चाटेर सुस्तरी निलें।आइसक्रीम पनि हाम्रो वार्तालापको कारण पग्लेर खासै चिसो थिएन।अनि क्रमशः एकाएक गर्दै औषधिका गोलीहरु पनि निलें।औषधि निल्दा पनि घाँटीमा निकै पीडा भयो।औषधि सेवन गरेको ३० मिनेट पश्चात् दर्द अलि न्यून हुँदै गयो।बिस्तारै मनोजसँग आवाज निकालेर बोल्न थालें।औषधिकै बलमा निकै भलाकुसारी गरियो।तत्पश्चात नेपालमा पनि फोन गरें।
"आमा!मेरो टन्सिलको शल्यक्रिया पूर्णरूपमा सफल भयो।अहिले हामी अस्पतालमै सकुशल छौं।भोलिपर्सीतिर मात्र कोठामा फर्किन्छौं।चिन्ता गर्नुपर्ने कुनै अवस्था छैन।तपाईंहरुकै आशिर्वाद र कृपाले आज म खुशी छु आमा!धन्य हुनुहुन्छ आमा तपाईं।"
"ए हो र ओमु?गाह्रो त भएन नि है?म तिम्रै शल्यक्रियाको बारेमा चिन्तित थिएँ।धन्न शल्यक्रिया सफल भएछ।म औधी खुशी छु ओमु यो कुरा सुनेर।आफ्नो राम्रो ख्याल राख है नानी!"
"ल ल आमा,पीर लिनुपर्दैन।सासुलाई पनि फोन गर्नुछ।अहिलेलाई बिदा चाहन्छु।भरेभोलि फेरि फोन गर्नेनैछु।"
आमाछोरीको सानो वार्तापश्चात फोन काटेर सासुलाई लगाएँ।
"आमा!आज मेरो घाँटीमा भएको टन्सिलको सफल शल्यक्रिया भयो।अहिले म सकुशल छु।चिन्ताको बिषय छैन।"
"राम्रो गरिछ्यौ बुहारी।गाह्रो भयो होला त शल्यक्रिया गर्दा?आफ्नो हेरबिचार आफैले गरे है,हामीले त के नै गर्न सक्छौं र?"
"तपाईँहरुले केही गर्नु पर्दैन आमा।बस माया र आशीर्वाद नै काफी छ।नानीलाई फोन दिनु त आमा,थोरै कुरा गर्नुछ।"
"नानी!मेरी प्यारी!मुटुको टुक्रा! के छ तिम्रो हालखबर?"
"ठिकै छ मम्मी।तपाईं कहाँ के गर्दै हो?हिजो राती सपनामा तपाईंलाई नै देखेकी थिएँ।केही अप्ठ्यारो त भएको छैन नि है मम्मी?मैले तपाईंको बारेमा कस्तो डरलाग्दो सपना देखें हिजो राती।सबै ठिक छ ?एकदमै भेट्न मन लागेको छ तपाईंलाई।कहिले आउनुहुन्छ ?छिटो आउनु ल?"
"नानी!मम्मीको घाँटीको शल्यक्रिया भैसक्यो।अहिले म एकदम ठिक छु।तिम्रै यादले साह्रै सताएको छ नानी!म छिट्टै तिमीलाई भेट्न आउँदैछु।तिमी ढुक्कसँग बस्दै गर है?"
"शल्यक्रिया भनेको के हो मम्मी?मैले त बुझिन के।"
"घाँटीमा भएको टन्सिल काटेको के नानी।"
"अनि दुखे होला त मम्मी?"
"दुखेन नानी,तिम्रो माया मसँग भएपछि मलाई कुनै चोटले दुखाउन सक्दैन।"
छोरीलाई यति भनिसक्दा मनोजले कोट्याएर यो अवस्थामा धेरै बोल्नुहुन्न भन्ने संकेत दियो।नानीबाट पनि बिदा भएँ।
घनाघोर बर्षाले पृथ्वीको भू-धरातललाई धोए झैं,आँखाबाट अनायासै बर्षेको अश्रुले मुहार धोइसकेको रहेछ।त्यो अश्रु बिस्मात भन्दा पनि हर्षको थियो।खुशीको कुरा परिवारसँग साटासाट गर्न पाउँदा दंगदास थिएँ।तर अर्कोतिर मनमा भय पनि सृजना भयो कि घाउ आलोमा भन्दा पुरानो भएपछि चहराउँछ भनेर।तर सबै कुरा भुलेर हाँस्थें।

No comments:
Post a Comment