प्रायः कर्मचारी चाहिने भन्दा कम हुन्थे।हुन पनि गधाले भन्दा बढ्ता पेलिएर अनि गोरुले भन्दा बढ्ता जोतिएर काम गर्दा पनि जस नपाएपछि को चाहिँ मौन भएर काम गरी बस्थे होलान्?त्यहाँ कार्यरत जो कोही पनि एक-दुई बर्ष भन्दा बढी टिक्दैनथे। कि झगडा गरेर कि त राजीनामा दिएर जान्थे।धेरै कामको बोझ थोरैजना कर्मचारी मिलेर उठाउनुपर्थ्यो।कम्पनीको नियम/परिधिभित्र प्रतिदिन ९ घण्टाको कार्यावधि भएपनि अतिरिक्त समय थपेर १२ घण्टासम्म गर्नुपर्थ्यो।सो अवधिमा खाना खाने समय जम्मा ३० मिनेट हुन्थ्यो।राम्रोसँग बसेर खान नपाउँदै सकिन्थ्यो।दिनभरी म्याराथनमा भाग लिए जत्तिकै दौडिनुपर्थ्यो।सीधा मार्गमा एकोहोरो दौडिने हो भने दिनभरीमा काठमाडौंदेखि पोखरा पुगिन्थ्यो होला।स्वतन्त्रपूर्वक स्वेच्छाले काम गर्न पाए त हुन्थ्यो।कामको समयमा अनेकौं तनावहरु झेल्नुपर्थ्यो।कहिलेकाही म्यानेजरले बिना गल्ती/बिना कारण कराउँथे/थर्काउँथे।अनावश्यक दबाब दिन्थ्यो।त्यहीमाथि ग्राहकहरुले पनि यो भएन/त्यो भएन भनेर सताउँथे/घुर्क्याउँथे।सिकायत गर्थे।मानवीय गुणहीन दानवहरु पनि देखिए।थरी-थरीका परिकारहरु मगाएर टनक्क दबाउँथे।वेटरको आँखा छलेर टाप कस्ने नालायक ग्राहकहरु पनि आए।
एकदिन ग्राहकहरु खाएर भागेपछि २००धिराम बराबरको बिल मैले तिर्नुपर्यो।हाँसी-हाँसी मोज तिनीहरुले गरे।रुँदै-रुँदै पैसा मैले तिरें।अर्को दिनको कुरा हो।५/६ जनाको समुहमा आएर ठूलो टेबलमा बसे।पिज्जा,चिकेन,पास्ता र अन्य पिय पद्धार्थहरु मोजमस्तीका साथ खाँदै थिए।ठ्याक्कै ३२० धिरामको बिल भएको थियो।लगभग खाएर सक्न पनि लागेका थिए।बिल लिएर त्यतै जाँदै थिएँ।निकै परबाटै उनीहरुमाथि नजर लाउँदै थिएँ।उनीहरूले मेरो वास्ता गरेनन्।एकजनाले आफ्नो केश खेलाउँदै थियो।नजिकै पुगेपछि चिच्याउँदै बोलाए।कौतुहल हुँदै,रफ्तार बढाउदै तुरुन्तै पुगिहालें।
"Excuse me.Come here & see.What's this?"
"Why the heir is on the Pizza?"
"We will complain to the municipality."
पिज्जामा किन कपाल हालेको?हामी नगरपालिकालाई सिकायत गर्छौँ।उनीहरुको आशय यस्तै थियोे।एकजनाले आफ्नो कपाल झारेको देखेकी थिएँ।म्यानेजरलाई सबै कुरा बेलीबिस्तार लगाएँ।
"Sir!we are so sorry for what's happened.We will provide you new pizza for free.Please,don't complain to the municipality."
म्यानेजरले आफ्नो गल्ती स्वीकार्दै अर्को नयाँ पिज्जा दिन्छु भनेर सम्झाए/फकाए।
"Ok.It's your.mistake.Bring the pizza immediately."
गल्ती तिमीहरुकै हो,नयाँ पिज्जा तुरुन्तै ल्याउ भनेर थर्काए।आफ्नो गल्ती लुकाएर हाम्रै गल्ती देखाए।पुनः नयाँ पिज्जा बनाएर दियौं।उनीहरु पहिल्यै टन्न अघाएका थिए।नयाँ पिज्जा पार्सल गरेर घर लगे।मैले केही भन्न सकिन।उनीहरु हाम्रा ग्राहक थिए।देवता समान थिए।सधैं ग्राहक नै जायज हुन्थे।उनीहरुलाई नै मन नलागी-नलागी सम्मान गर्नुपर्थ्यो।गलत कुराको बिरोध गर्ने अनुमति थिएन हामीलाई।

यस्तै-यस्तै मानसिक तनावहरु सहेर काम गर्न बाध्य थिएँ।कोठामा पुग्दा थाकेर लखतरान हुन्थें।मद्यापानको सेवनले मदहोस जड्याहा जस्तै हल्लिने हुन्थें।खाना पकाउन असमर्थ हुन्थें।एक-दुईवटा केरा/स्याउ खाएरै पल्टिन्थें।ओछ्यानमा यताउता कोल्टे फेर्न समेत असमर्थ हुन्थें।ज्यान गलेर यस्तो लल्याकलुलुक हुन्थ्यो।सायद सिँगापुरको जेलमा कोर्रा हानिएको जस्तो।झरेको फूल प्रचण्ड गर्मीले मुर्झाए जस्तो। शल्यक्रिया गर्नुपूर्व लट्टिने सुई हानिएको बिमारी जस्तो।कहालीलाग्दो/टिसलाग्दो हालत हुन्थ्यो।आँशुले सिरानी रुझ्थ्यो।रुँदै-रुँदै मनोजलाई फोन गर्थें।
"मनोज!आज म साह्रै थकित छु।खाना पकाउन पनि सकिन।यत्तिकै सुत्न लागेकी।स्टोर साह्रै व्यस्त थियो।अब म सुत्छु।तिमीसँग बोल्नसक्ने स्थितिमा छैन।नरिसाउ न ल!भोलि छिट्टै उठेर कुरा गर्नेछु।"
"एकछिन आराम गर।खाना बनाएर खाऊ।काम गाह्रो भए छोड।काम सजिलो भएको स्टोरमा जाऊ।यदि सक्दिन भन्छ्यौ भने नेपाल जाऊ।बालबच्चाको हेरचाह गर।म पठाउदिउँला घरव्यवहार चलाउने खर्च।तिमीले काम गर्नुपर्दैन अब।१२ घण्टा मरीतरी उभिएर खट्नुपर्छ।जाबो ३० मिनेटको ब्रेकले केनै हुन्छ र?यस्तो कठिन काम गरेर पछि तिम्रो स्वास्थ्यमा समस्या देखिन्छ है,होस गर।"
उसले काम नगर्ने सल्लाह दिन्थ्यो।दिनभरी जस्तोसुकै कठिन काम गरेपनि ऊ सँगको मीठो वार्तालापपछि शरीर शित्तल भएको आभास हुन्थ्यो।सबै दु:ख/कष्ट/दर्दहरु बिर्सिन्थें।फेरि नयाँ जोश/जाँगर/उमंग पैदा हुन्थे।
"मनोज!तिमी एक्लै कसरी बस्छौ यहाँ?एक्लै यो मरुभूमिमा कहाँ छोड्न सकुँला र?तिमी पनि त दु:ख गर्दैछौ।फेरि एकजनाको कमाइले केनै हुन्छ र?घरखर्च चलाउँदै ठिक्क हुन्छ।केही प्रगति हुन्न।जस्तोसुकै कठिनाइको सामना गरेर भएपनि अझै एकदुई साल काम गर्छु।"
"म त केटा मान्छे हुँ नि।मेरो काम भन्दा तिम्रो काम धेरै गाह्रो छ।त्यस्तो काम त मपनि गर्न सक्दिन।तिमीले कसरी गरिरहेकीछ्यौ?अरुका श्रीमती बिना काम बिन्दास जिन्दगी बिताउँछन्।तिमीलाई भने नर्कमा फालिदिएको छु।धिक्कार छ मलाई!पाप लाग्नेछ मलाई।प्लीज ओमु!काम छोडेर घर जाऊ।सबै म सम्हाल्छु।तिमी घर सम्हालेर बस।"
"मलाई केही दु:ख छैन।तिमी साथमा हुँदा यो त के,यो भन्दा हजारौं गुणा दु:ख गर्न तयार छु।तिम्रो मायाको अगाडि यी दु:ख/परिश्रम केही हैन।"
"जिद्दी नगर न।पैसाको लागि यतिसम्म दु:ख पनि गर्नुपर्दैन।अब त हामीलाई कसैको ॠण छैन।किन नर्कमा फसेर बस्छ्यौ?धेरै ठूल्ठूला सपना नदेखौं।महत्वाकांक्षी नबनौं।सामान्य जीवन यापन गरौं।"
"ल ल हुन्छ।एकदुई महिना काम गर्छु।त्यसपछि हेरौंला।"
यस्तै आश्वासन दिएर दिनहरु टार्दै गएँ।कष्टकर जिन्दगी पनि सामान्य बनिसकेको थियो मेरो लागि।सहने बानी परिसकेको थियोे।कडा/खतरनाक बिष पनि पिएर पचाउन सक्ने नीलकण्ठ भैसकेकी थिएँ।

कहिलेकाही कार्यक्षेत्रमा तनावग्रस्त हुँदा बाहिर निस्केर शेख जायदको अति व्यस्त रोडतिर नियालेर समय ब्यतित गर्थें।सवारीसाधनहरुको लस्कर र गतिशीलता देखेर आनन्दानुभूति हुन्थ्यो।नर्कबाट सिधै स्वर्गमा पाइला टेके जस्तो।फराकिलो/चिल्लो सडकमा एकै दिशातिर ८/९ लाइनमा विभिन्न थरीका गाडीहरु १६० भन्दा माथिको द्रुतगतिमा हुइँकिरहेका हुन्थे।बेलाबखत गाडीहरु दुर्घटनाग्रस्त हुँदा साना गाडीहरु उतानो परेर पांग्राहरु फनफनी घुमिरहेका हुन्थे।गाडी,चालक र यात्रुहरु हेर्नै नसकिने गरी कच्याककुच्युक हुन्थे।दुर्घटनापछि बाँच्ने सम्भावना ५%मात्र हुन्थ्यो।यथाशीघ्र प्रहरी र एम्बुलेन्स आएर घाइतेलाई अस्पताल लगिहाल्थे।त्यस्ता भयानक दृश्य देख्दा भने आङ सिरिङ्ग हुन्थ्यो।
अति विकसित मानिने त्यो क्षेत्रमा गगनचुम्बी महल हरु देखिन्थे।मेट्रोरेलको विकासले फड्को मारेको थियो।मेट्रोरेल र अन्य गाडीहरूको लागि समेत आकाशे पुलहरु निर्माण गरिएका थिए।नेपालमा पनि यस्तै विकास भैदिए कति जाती हुन्थ्यो!रिसको आगो निभाउने पानीको काम यिनै दृश्यले गर्थे।मनमा शान्ति मिलेपछि पुनः म्यानेजरको कचकच सुन्न भित्र जान्थें।उसको रिस केही मत्थर भएको हुन्थ्यो।
मेरो सबभन्दा हितैषी संगी माया पनि त्यहीं सरुवा भएर आयो।दु:ख-सुखको एक मात्र संगी थिई-माया।ऊ त्यहाँ आएदेखि साविकको भन्दा अलि बढी खुशी भएँ।बेला-बेलामा रमाइलो गफगाफ गर्न पाईन्थ्यो उनीसँग।कोठामा खाना सँगै खान्थ्यौं।मनमा जमेर बसेका वेदनाको ताल फुटाएर कष्टका पलहरु नामेट पार्थ्यौं।एकदिन कामबाट आई खाना पकाएर उनकै प्रतिक्षामा थिएँ।अश्रुधारा बगाउँदै कोठामा आईन्।उनको बेचैनी र अनियंत्रित हालत देखेर बुर्ज खलिफाबाट खसेंझैं भएँ।
"माया!के भयो?किन रोएकी?"
"यार!म बर्बाद भएँ।"-भक्कानिंदै भनिन्।
एकै वाक्यले मर्माहत भएँ।उनको जिन्दगीमा ठूलै घटना घटेको संकेत देखेर बिक्षिप्त भएँ।
"झट्टै भन माया,के भयो?"-उनको जीउमा झक्झकाउँदै चर्को स्वरमा सोधें।
"स्टोरमा एकजना ग्राहक आएर ७५ धिरामको पिज्जा खाएको थियो।बिल तिर्ने बेला उसले ५०० को नोट दियो।७५ धिराम काटेर ४२५ फिर्ता गरें।
"ए,मसँग खुद्र पैसा रहेछ।मेरो ५०० को नोट फिर्ता देऊ।छुट्टै ७५ दिन्छु।-उसले यति भनेर ५०० को नोट फिर्ता लियो।मैले पहिल्यै दिएको ४२५ फिर्ता नगरी टाप कस्यो।पछ्याउँदै धेरै परसम्म दौडेर गएँ।तर ऊ ओझेलमा परिसकेको थियो।मर्न नसकेको खाते/डाकाले मेरो ४२५ धिराम लुट्यो।रुपियाँमा हिसाब गर त ओमु।१५ हजार हुन्छ।आँखा झिमिक्क गर्दै त्यत्रो तिर्नुपर्यो।अनि मन नरोईकन बस्न सक्छ त?तिमी आफैं भन त।"
हितैषीको कुराले मेरो मन तरल भएर आँखाबाट खस्यो।मिलेर निकैबेर विलाप गरिरह्यौं।तर हुने केही थिएन।जे हुनु थियो,जे नहुनुपर्थ्यो,भैसकेको थियो।
"हेर माया!भगवानले पनि नारीलाई केवल रुनको लागि बनाएको रहेछ।के नारीजाति कमजोर भएरै हो त?नारीले मात्र रुनुपर्छ भन्ने छ?रुन्न भन्दा-भन्दै पनि अश्रु खसिहाल्छ।जतिसुकै पत्थर बनाउन खोजे पनि हाम्रो मुटु नौनी बनेर पग्लिहाल्छ।हे भगवान!किन नारीको मुटुलाई यति नरम बनायौ?तर माया!पुरुषहरूले गर्न नसकेको काम पनि हामीले गर्दै आएका छौं नि।हामी कमजोर छैनौं माया।चाहेको खण्डमा हामी फलाम र स्पात पनि हुनसक्छौं।पीर नगर माया!पैसा भन्ने कुरा आउँछ-जान्छ।पैसा गयो भनेर रुनु त झन कमजोरीको निशाना हो।"
मैले निकै लामो भूमिका बाँधेर सम्झाएँ।तर त्यो दु:ख मायाको मात्र थिएन।त्यो दु:ख मेरो पनि थियो।त्यो दु:ख हामी जस्तै लाखौं चेलीहरुको थियो।दु:ख भोग्ने पात्र,ठाउँ र समय मात्र फरक थिए।

अश्रुलाई मुस्कान ठानें।दु:खलाई भविष्यको सुख मानें।पीडा/दर्दलाई सारथी सम्झें।सपनाको लामो म्याराथन दौडें।सो दौडमा कति ठेस लागेर लडें/पछारिएँ।चोट लागेर घाइते भएँ।कति बाधा-अड्चनहरु आइलागे।घस्रेरै भएपनि दौडलाई निरन्तरता दिएँ।आवश्यक थियो केवल हिम्मत र तागतको।तागतिलो/पौष्टिक आहाराको।हिम्मत त ममा जरुर थियो।पाखुरा चलाएपछि पौष्टिक आहाराको पनि कमी हुने कुरा भएन।सबै कुराको जोहो भएपनि निल्ने घाँटीमा जमानादेखि नै टन्सिल थियोे।सामान्य चिसो पानी,चिल्लो,पिरो र अमिलो खानै नहुने।खायो कि बल्झिहाल्थ्यो।टन्सिल जत्तिको खतरनाक रोग अरु देखिन।यसले सताउन थालेपछि पूरै शरीरमा दर्द र पीडा हुने।ज्वरो आउने।खानेकुरा निल्नै नसकिने।कमजोर हुने।समस्या सानो देखिएपनि त्यसको असली रुप विकराल थियो।
No comments:
Post a Comment