Saturday, 1 October 2016

संयुक्त स्वतन्त्र गजल

प्रेममा गलत  नजिर  बनाए  कसै  कसैले
अनि जवानी बेचेरै धन कमाए कसै कसैले

#कमल के थापा

जीवन लाली रंग हो भन्दै मुस्कानले पोतेर
बिहानी किरण शितल सजाए कसै कसैले

#दयाराम

अजर अम्मर मायाको साइनो गास्छु भनी
टुक्राइ मुटु आफ्नो औकात देखाए कसै कसैले

# रामु

सर्वस्व सुम्पिदिने अासा देखाउदै  मलाई
अाज अाफैले नौ डाँडा कटाए कसै कसैले

#(माङ दोर्जे शेर्पा)

संगै मर्ने संगै  जीउने  बाचा  कसम  गरेर
खाएका कसम घाममा सुकाए कसै कसैले

#कमल के थापा

शितल चन्द्र झै चम्किलो मेरो जीवनमा आज
औंसीको रातमा निर्दयी भै पठाए कसै कसैले

#दयाराम

बिहानीको लाली किरणसंगै उठ्नु पर्ने थियो
समयले नेटो काटे पछि जगाए कसै कसैले।

#माङ दोर्जे शेर्पा

निश्वार्थ  प्रेम  फेसबुकमा  गर्दा  खेरी हेर्नुस् त।
चोखो मायामा साच्चिकै धोका पाए कसै कसैले।

#विवेक

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...