टन्सिल बल्झिएपछि खान/पिउन मात्र नभई श्वासप्रश्वास प्रकृयामा पनि जटिल समस्या देखिन थाल्यो।टन्सिलकै कारणले जिन्दगीमा धेरै औषधि खाइयो।जम्मा गरी राखेको भए सायद एक डोको हुन्थ्यो।निराश,दिक्दार र हतोत्साहित भएकी थिएँ।जुनसुकै/जस्तोसुकै मानसिक/शारीरिक दु:ख/पीडा/कष्ट सहन तयार थिएँ।तर टन्सिलसंग पूर्णरुपमा हार खाइसकेकी थिएँ।दुबईमा दुईबर्षको अन्तरालमा कति चोटि अस्पताल धाएँ।बिरामी बिदा लिएँ।कुनै लेखाजोखा/हिसाब-किताब थिएन।डाक्टरलाई देखाउँदा सामान्य भनेर औषधि लेखिदिएर फर्काइन्थ्यो।अन्ततः म आफैंले निर्णय गरें कि टन्सिललाई शल्यक्रिया गराई सधैंको लागि काटेर फाल्ने।डाक्टरले त शल्यक्रिया गर्नुनपर्ने सल्लाह दियो।१० बर्ष पुरानो भनेर ताल लाएपछि शल्यक्रियाको लागि राजी भयो।तर दुबई जस्तो व्यापारिक तथा महंगीको ठाउँमा करीब ५ हजार धिराम खर्च लाग्ने भयो।त्यतिखेरको बिनिमय दरको हिसाबले नेपाली १ लाख २५ हजार रुपियाँ।शल्यक्रियाको मिति तय भैसकेपछि स्टोरको म्यानेजरलाई सोधें।
"सर!मेरो शल्यक्रियाको मिति तय भैसक्यो।शल्यक्रिया गराउँदा लागत खर्च कम्पनीले तिर्छ कि तिर्दैन?निश्चित गर्नुस् त।"
"अवश्य पनि तिमी कम्पनीको कर्मचारी हौ।कुनै पनि रोगको उपचार खर्च कम्पनीले नै बेहोर्छ।तर कम्पनीमा आउनु अगावैको रोग भए कम्पनी जिम्मेवार हुनेछैन।निश्चिन्त भएर शल्यक्रिया गराउँदा फरक पर्दैन।तर शुरुमा तिमीले आफ्नो खर्चले गराउनुपर्ने हुन्छ।लागत खर्चको बिल कम्पनीमा बुझाउनुपर्छ।कम्पनीसँग समन्वय गरेको बिमा कम्पनीले तिम्रो पैसा तिरिदिन्छ।तर पैसा फिर्ता पाउन ४/५ महिना पनि लाग्न सक्छ।पाउन चाहिँ शतप्रतिशत पाउनेछ्यौ।"

म्यानेजरको कुराले निराश भएँ।किनभने टन्सिल १२/१३ बर्ष पुरानो थियो।कतै कम्पनीले यो कुरा थाहा पाए लागत खर्च नदिने त होइन?म्यानेजरले त तिर्ने संकेत दिइसकेको थियो।त्यसैले पनि टन्सिलको राज सकभर लुकाउनु थियो।कथंकदाचित कम्पनीले नबेहोरे पनि आफ्नै शरीरमा लागेको रोगको उपचार हुन्थ्यो।त्यही मनन गरी शल्यक्रिया गरेरै छोड्ने अन्तिम निर्णय गरें।आवश्यक पर्ने रकमको जोहो गरें।मनोजले पनि ५ दिनको स्थानीय बिदा मिलायो।
अल बराह अस्पतालको नियमानुसार शल्यक्रिया गर्नुभन्दा एकदिन अगाडि नै लागत रकम बुझाएर भर्ना भएँ।नीजि अस्पतालहरु अत्याधिक महँगा र कम्पनीले पनि नतिर्ने भएकोले सरकारी अस्पतालै रोज्नुपरेको थियो।शल्यक्रिया जतिसुकै सानो या ठूलो भएपनि उत्तिकै संवेदनशील हुने भएकोले हामी हतोत्साहित भयौं।साथै टन्सिलबाट मुक्त भएर निर्धक्क मनले चाहेको खानेकुरा खान पाइने हुँदा निकै उत्साहित पनि।घाँटीको समस्या भएकोले भयको मिटर पनि लम्बिरहेको थियो।
विहानको १० बजे नै भर्ना भएकोले पूरा एकदिन,एकरात बाँकी थियो-कठिन घडी शुरु हुन।साथै त्यो अन्तरालको समय हाम्रो लागि उपयोगी पनि थियो।त्यहाँका कर्मचारीले अन्तर्हृदयको मर्म बुझिदिएर दिनभरी सँगै बस्ने अनुमति दिए।धेरै भलाकुसारी भए।दु:ख-सुखका पलहरु कोट्याएर दिन ब्यतित गर्ने चेष्टा गर्यौं।
"ओमु!भोलि विहानै तिम्रो घाँटीको शल्यक्रिया हुँदैछ।मलाई त डर लागिरहेको छ।शल्यक्रिया कस्तो हुने होला?शरीरको अरु भागमा भएको भए खासै डर हुने थिएन।घाँटी भित्र पलाएको टन्सिलको डल्ला काटेर फाल्नुपर्ने।शल्यक्रियाको क्रममा घाँटीको संवेदनशील भागमा दुर्भाग्यबश गल्तीले केही भैहाल्यो भने के गर्ने?बरु शल्यक्रिया नगरीकनै मुख राम्रोसँग बारेको भए त सञ्चो हुन्थ्यो होला।लट्ट्याउने सुई लाएर बल्ल शल्यक्रिया थाल्ने होला।औषधिको मात्रा बढी भयो भने अझ खतरा बढ्छ।फेरि तिम्रो रक्तचाप पनि कम छ।"
मनोजले डर र चिन्ता एकैचोटिमा व्यक्त गर्यो।
"भगवानको कृपाले गर्दा सबै राम्रो हुन्छ भन्ने आशा छ।शल्यक्रिया घाँटीमा भएपनि तलबाट चिर्ने होइन रे।मुखबाटै गर्ने हो रे।त्यस्तो डराइहाल्नुपर्छ जस्तो चाहिँ लाग्दैन। घाँटीको नशा काटिएर शल्यक्रिया बिग्रे मात्र हो।तर बिना अनुभव त शल्यक्रिया गर्दैनन् होला नि है डाक्टरले!पहिलोपटक कामको थालनी गरेको भए पो बिगार्छ कि भन्नु।पहिलेदेखि नै कति हो कति जनाको शल्यक्रिया गरेर दक्ष/अनुभवी भैसकेको होला।के खान डराउनु?"
अरुबेला उसले मलाई सम्झाउँथ्यो तर त्यो दिन उल्टै मैले सम्झाउनुपर्यो।उसका दुई हातहरुले मेरा हातहरु समाएर सुस्तरी सुम्सुम्याउन थाले।दायाँ हातले मेरो शीरको पछाडिबाट खिचेर समिपमा पुर्यायो।ओठहरुले मेरो निधारमा चुम्बन बर्षाउन लालायित थिए।मैले पनि ओठलाई चुच्चो पारेर उसको गालातिर पालैपालो म्वाइँ खाएँ।दुबैका आँखा रसाए।मिलेर निकैबेरसम्म बिलाप गरेर रोयौं।उसको गहमा त्यति धेरै अश्रु कहिल्यै देखेकी थिईन।

बिदेश जस्तो ठाउँमा शल्यक्रिया गराउनुपरेको थियोे।न कोही आफन्त।न इष्टमित्र/साथीसंगीहरु नै उपस्थित थिए।नेपाली भूमिमा भएको भए त त्यस्तो कठिन घडीमा कति धेरै आफन्त/इष्टमित्र/साथीसंगीहरु फलफूल/जुस/दूध जस्ता पौष्टिक आहाराको साथमा उपस्थित हुन्थे होलान्।तर बिरानो परदेशमा हाम्रो को नै थियो र?कठै!थियो त मेरो सामू केवल मनोज मात्र।त्यस्तो संवेदनशील पलमा सम्झाउने/बुझाउने कोही भएनन्।भरोसा दिने कोही भएनन्।
दिउँसोको ३ बजे।हामी अझै उस्तै तनावमा थियौं।कसैले बाहिरबाट ढोका ढक्ढक्यायो।मनोज गएर ढोका उघार्यो।
"Hi,Good afternoon!I'm doctor Ahmed.I'm your surgeon."
भोलिको दिनमा मेरो टन्सिलको शल्यक्रिया गर्ने डाक्टर रहेछ।
"Sir,I'm feeling nervousness.I think,it will be dangerous."
शल्यक्रिया खतरापूर्ण हुन्छ होला भनेर आफू डराएको कुरा गरें।
"No,no.please take it as easy.No need to worry.ok,I'll see you tomorrow."
केही खतरा हुँदैन,सामान्यरुपमा लिए हुन्छ भन्दै भोलि विहान भेट्ने बाचाका साथ ऊ फटाफट आफ्नो गन्तव्यतिर प्रस्थान गर्यो।डाक्टर आउनु अगाडि हामी शोकमग्न थियौं।भावनामा डुबेर दुखित थियौं।आँधीबेहरी आए झैं अशान्त/उथलपुथल थियो।डाक्टरको आगमनले आशलाग्दो वातावरणको सृजना भयो।हाम्रो मन जमेको ताल झैं शान्त भयो,जहाँ कुनै छाल/तरंग थिएन।शल्यक्रिया खतरनाक नभएर सामान्य हुन्छ भनेर अश्वास्त पारेपछि केही हदसम्म चिन्ताका रेखाहरु मेटिए।तर जुनै डाक्टरले बिरामीलाई शल्यक्रिया खतरापूर्ण हुन्छ भनेर हतोत्साहित नबनाउने हुँदा यथार्थ कुरा भोलिकै गर्भमा हुर्किरहेको थियोे।भोलिले नै यथार्थता जन्माउने वाला थियो।हाम्रो अनभिज्ञता भोलिकै दिन मात्र दूर हुँदैथियो।केहीबेर पश्चात् हामी पुनः पूर्वावस्थामै फर्कियौं।भावनाकै तलाउमा डुब्न थाल्यौं।माया विनिमय गर्न थाल्यौं।एक-अर्कामा हराउन थाल्यौं।फेरि एकपल्ट हामीले स्वर्णिम आनन्द बटुल्यौं।भोलिको दिनदेखि हामीले एक अर्कालाई पाउथ्यौं या पाउँदैनथ्यौं भन्ने कुराको दुबिधासँगै गर्नुपर्ने कुनै काम बाँकी राखेनौं।जे-जे गर्नुपर्ने हो, आजसम्म मात्र हो झैं गरी हामी लिप्त भयौं।दुबईको अल बराह जस्तो सरकारी अस्पतालमा त्यति गर्न पाउनु अहोभाग्यकै कुरा थियो त्यो घडीमा।तर त्यो परिवेशले धेरैबेर मनोमानी गर्न पाएन।८ बजेपश्चात त्यहाँ कोही साथी समेत बस्न नपाउने नियम थियो।तत्पश्चात् म अस्पतालको बेडमा नितान्त एक्ली हुँदै थिएँ।साँढेसात बजिसकेको थियो।फेरि मनोज पनि निकै टाढा पुग्नुपर्ने।त्यो दिनको लागि हाम्रो मिलनको समयसीमा सकिएको थियो।मबाट उसले बिदा लिनुनै पर्ने भयो।

"मनोज!लौ त आजलाई बिछोडिने बेला भैसकेछ।भोलि सकभर यथाशीघ्र आएर मेरो प्रतिक्षा गर्नुहोला।९ बजे भन्दा पूर्व भेटघाट गर्ने अनुमति छैन।तर मेरो शल्यक्रिया साँढे आठ बजे छ।तिमीसँग भेट्नु पूर्व नै मलाई शल्यक्रिया-कोठामा लगिसकेको हुनेछ।फोन गरेर जानकारी दिनेनैछु।तिमी निश्चिन्त भएर जाऊ।"- ब्याकुल हुँदै भनें।
"ओमु!तिमी एक्लै यहाँ कसरी बस्छ्यौ त?मुर्दाघर झैं चकमन्न हुन्छ होला।म यहाँदेखि प्रस्थान गरिसकेपछि।एक्लै अस्पतालमा बस्नुपर्यो भनेर कुनै पीर/चिन्ता नलिनु है।के गर्नु त?बिदेशमा यस्तै हो।स्वदेश जस्तो कहाँ हुन्छ र?यहाँ सबै आ-आफ्नै काममा व्यस्त हुन्छन्।कसैले कसैलाई वास्ता गर्ने पर्याप्त समय पनि त हुँदैन।बल्लतल्ल मैले छुट्टी मिलाएपनि यहाँ बस्न पाईंदैन।नत्र तिमीलाई एक्ली बनाएर जाने मन कहाँ छ र?कम्पनीले पैसा तिर्छ भनेर मात्र यहाँ गर्न खोजेको।नत्र यहाँ भन्दा त नेपालमै सजिलो हुन्थ्यो नि।अहिले म जान्छु।आमा-बाबा र भगवानमाथि आस्था राखौं।सब ठिक हुनेछ।"-
उसले ममाथि दया र माया एकमुष्ट देखाउँदै निकै लामो मन्तव्य व्यक्त गर्यो।फेरि एकचोटि एकले अर्कालाई अँगालेर चुम्यौं।गह अश्रुले भरियो।उसको आँखा पनि टिलपिल गरेर टल्क्यो।मोतीको दाना झैं।हाम्रो साथ छुट्न मानिरहेको थिएन।हातहरु छुट्न मानिरहेका थिएनन्।बर्षौं पहिलेको प्रेमिल ईतिहास दोहोरियो।मान्छेहरु भन्नेगर्छन्-बिहे पश्चात् सम्पूर्ण प्रेम सकिन्छ, वैवाहिक जीवन नमिठो हुन्छ।तर मैले ठ्याक्कै उल्टो पाएँ।बिहेपश्चात झनझन प्रेम झाँगिएर मनको संसारभरी फैलिन्छ।जीवन लाखौं गुणा मीठो हुन्छ।पूर्ण र सार्थक हुन्छ।बस वैवाहिक सम्बन्धलाई जोगाइराख्न सक्नुपर्छ।स्वर्गमा नपाइने आनन्द यहाँ धर्तीमा पाईन्छ। गरें।
मनमा गाढा माया लिएर पनि हामी त्यो एक दिनको लागि टाढियौं।हातहरु छुट्टिए।
"हातहरु छुट्टिए पनि, हाम्रो साथ कहिल्यै नछुट्टियोस।"
मनमनै आफ्नो ईच्छा र कामना व्यक्त गरें।खै उसको मनमा के थियो-आफैं कि त भगवान जानून्।हाम्रो साथ छुट्याउने/नछुट्याउने जिम्मा भगवानलाई नै छोड्यौं।उसलाई देख्ने आशामा ढोकामा उभिएर निकै परसम्म हेरिरहें।तर ऊ गायब भैसकेको थियो।एक्ली भएँ।नितान्त एक्ली।दु:ख,पीडा,जलन,बिछोड,बेचैनी र अश्रुको मिश्रित वर्षा हुनथाल्यो।त्यो भन्दा पहिले कहिल्यै एक्ली भएकी थिईन।सानी छँदा बाबा-आमा,दाजुभाइको साथ पाएँ।त्यसपछि मनोज,सासू-ससुरा,छोरी र साथीसंगीहरुको साथ।कहिल्यै एक्ली महसुस गरेकी थिईन।बिदेशमै आएर पनि कोठामा संगीहरु हुन्थे।तर त्यसदिन अल बराह अस्पतालको बेडमा बिरामीको रुपमा एउटी एक्ली नारीपात्र थिईन्-ओमु।कठैबरा!त्यो शून्य रात।मैले आफूलाई विश्वासै गर्न सकिरहेकी थिईन,कि म एउटा मुर्दाघर जस्तो सुनसान ठाउँमा एक्लै थिएँ।सायद नर्कमा पनि त्यस्तो स्तब्धता र मौनता हुन्नहोला।बरु मलाई प्रदुषणयुक्त,कोलाहलमय र आक्रान्त शहर नै प्यारो झैं लाग्न थाल्यो।काठमाडौं जस्तो शहरको बारेमा टीका-टिप्पणी गर्नेहरुलाई गाली गर्न मन लाग्यो।होहल्ला भयो भनेर डेरा सरेर जाने छिमेकीहरुलाई तथानाम गाली दिन मन लाग्यो।कक्षाकोठामा होहल्ला भयो भनेर बिद्यार्थी चुट्ने शिक्षक-शिक्षिकाहरुलाई गाला पड्काउन मन लाग्यो।तर दु:खको कुरा,मेरो गाली सुन्ने र थप्पड थाप्ने कोही थिएन।उराठलाग्यो/अत्यासलाग्दो/कहालीलाग्दो/भयावह रातमा एक्लै बस्नुपर्दाको पीडालाई नेपाली शब्दकोषको कुनै पनि एकल शब्दले नामाकरण गर्न सक्दैन।समग्रमा भन्नुपर्दा जीवन जिउने रहर,उमंग,उत्साह,चाह र जाँगर सबका सब सहिद भए।आफ्नै जीवन देखेर विरक्तिएँ।आकुलव्याकुल भएँ।जीवन जिउनुको कुनै मज्जा देखिन।तर मेरो जीवन मेरो मात्र थिएन।अरु कसैको पनि थियो।मनोज,छोरी र बाबा-आमाको पनि थियो।त्यसैले मैले आफूलाई मार्न सकिन।आफ्नो आत्मलाई तड्पाउन सकिन।आत्महत्या गर्न सकिन।जिउँदो लास लिएर जिउने कोसिस गरें।भोलिको सुन्दर जीवनको आशमा।आखिर यो जीवन पनि आशै आशमा अल्झिएको हुनेरहेछ।मुल फुटेर बग्न थाल्यो।आँखा,नाक,मुख,छाती र पेट हुँदै पाउसम्म।अविरल बगिरह्यो।बगिरह्यो-भोटेकोशी झैं।मनोजको फोन आयो।म रुँदै गरेको थाहा पाइहाल्यो उसले।
"ओमु!नरोउ न।म छु नि तिम्रो लागि।भोलि आइहाल्छु म।"

No comments:
Post a Comment