Friday, 1 December 2017

मनको कृष्णभीर

मनको कृष्णभीरबाट पहिरो गैदियो
उसले देको चोट अझै गहिरो भैदियो।

अति कमजोर थियो प्रेमको धरातल
सानो-तिनो कम्पनले आयो हलचल
मेरो व्यथा सुनिएन,बहिरो भैदियो
उसले देको चोट अझै गहिरो भैदियो।

खाली दिलमा रोपिएन पिरतीको बोट
देखाइदियो उसले केबल खोटमाथि खोट
नयनको वरिपरि कुहिरो भैदियो
उसले देको चोट अझै गहिरो भैदियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...