तिम्रो ओठको लाली छाप,कस्तो अचम्म
गाढा बनी बसि रहन्छ युगौं युग सम्म।
तिमीले त चुमेकाथ्यौ मेरा गालामा
तर याद ताजा रह्यो निर्दोष मुटुमा
लाली संगै प्रेम कथा भयो आरम्भ
गाढा बनी बसि रहन्छ युगौं युग सम्म।
हामी संगै रुझेपछि त्यो दिन पानीमा
स्थायीरुपमा बस्यौ तिमी मेरो नानीमा
तिमी देखि अघाउँथें म टम्म-टम्म
गाढा बनी बसि रहन्छ युगौं युग सम्म।
No comments:
Post a Comment