यो मनको मन्दिरमा,मायाकै पूजा हुन्छ,मायालुकै पूजा हुन्छ
सजाइन्छ जसलाई,उसैले छोडी जाँदा,मन धुजा-धुजा हुन्छ।
पीडा हुने ज्ञान भए,लाइन्थ्यो किन माया,देखिन्थ्यो किन सपना
सपना त भ्रम रैछ,ब्युँझिंदा निद्राबाट,रहन्छ तीतो बिपना।
तन जहाँ-जहाँ जान्छ,उसैको याद आउँछ,उसको नै कुरा चल्छ
सजाइन्छ जसलाई,उसैले छोडी जाँदा,मन धुजा-धुजा हुन्छ।
यादै-यादको साहाराले,सकिन्छ जिउन पनि,पिउनै पर्छ भन्ने छैन
धेरै पछि जानें मैले,मायाको परिभाषा,पाउनैपर्छ भन्ने छैन।
समयले नेटो काट्छ,जवानीले साथ छोड्छ,अनुहार मुजा पर्छ
सजाइन्छ जसलाई,उसैले छोडी जाँदा,मन धुजा-धुजा हुन्छ।
No comments:
Post a Comment