Tuesday, 19 December 2017

ओइलिएको फूल

ओइलिएको फूल जस्तै भएकी छु अचेल
बिन्ती मेरो जीवनमा    नआइदेउ तिमी
भत्किएको पुल जस्तै भएकी छु अचेल।

थाहै नदिई सुख जान्छ,दु:ख आइदिन्छ
त्यही दु:खले कुटु-कुटु,ज्यान खाइदिन्छ
च्यात्तिएको झूल जस्तै भएकी छु अचेल
बिन्ती मेरो जीवनमा    नआइदेउ तिमी
भत्किएको पुल जस्तै भएकी छु अचेल।

पानी ठान्थें आफूलाई तर प्यासी रैछु
रानी मान्थें आफूलाई तर दासी रैछु
सुक्दै गाको मूल जस्तै भएकी छु अचेल
बिन्ती मेरो जीवनमा   नआइदेउ तिमी
भत्किएको पुल जस्तै भएकी छु अचेल।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...