Tuesday, 26 December 2017

जहिल्यै चोखो मायाको

जहिल्यै चोखो मायाको मोल मोली हिंड्छौ तिमी
राम्रो हुन खोज्दा आफ्नै पोल खोली हिंड्छौ तिमी।

आफूलाई हिरा ठान्छौ,अरुलाई किरा ठान्छौ
आफूलाई हिरो मान्छौ,अरुलाई जिरो मान्छौ
नैतिकता र चरित्रको ~~ खोल ओढी हिंड्छौ तिमी
राम्रो हुन खोज्दा आफ्नै पोल खोली हिंड्छौ तिमी।

अर्कालाई हाल्ने भनी खनिएको खाल्डो भित्र
कतै पासो पल्टिएर आफैं पसिन्छ है     मित्र
सानो चोक्टा देखाएर ~~झोल बोकी हिंड्छौ तिमी
राम्रो हुन खोज्दा आफ्नै पोल खोली हिंड्छौ तिमी।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...