Monday, 11 December 2017

जवानीको फल

जवानीको फल फल्छ यौवनको रुखमा
के-के देख्न पाइन्छ यो कलिको युगमा।

नयाँ लुगा काटी-काटी सोझी हुन्छे कामुक
भइसकेका हुन्छन् सबै सानै देखि बुक
केटाहरु मरिदिन्छन् केटीको रुपमा
के-के देख्न पाइन्छ यो कलिको युगमा।

पुस-माघको जाडो पनि कहाँ भाग्छ भाग्छ
स्त्री नामको सलाईबाट ठूलै आगो लाग्छ
त्यसै-त्यसै रस आउँछ सुकेको मुखमा
के-के देख्न पाइन्छ यो कलिको युगमा।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...