५ बर्षे बालक भन्छ
माइ डियर!
सो ब्युटिफुल!
लभ यु!
अरे कस्तो जमाना आयो यार!
३/४ क्लासमा पढ्ने बालबालिका भन्छन्
मेरो गर्लफ्रेन्ड
मेरो ब्वाइफ्रेन्ड
फलानोको ब्याइफ्रेन्ड
फलानोको गर्लफ्रेन्ड
अरे कस्तो जमाना आयो यार।
हुन पनि गर्लफ्रेन्ड"ब्वाइफ्रेन्ड भएन भने
दुनियाँले हेप्छन्
दयाका पात्र बनाइदिन्छन्
अनि भन्छन्
बिचरा!उसको त गर्लफ्रेन्ड छैन
बिचरी!उनको त ब्वाइफ्रेण्ड छैन
बिचरा!कस्तो सोझो छ
बिचरी!कस्ती सोझी छे
अरे कस्तो जमाना आयो यार।
ब्यक्तिको क्षमता
ब्यक्तिको औकात
ब्यक्तिको हैसियत
यहाँ गर्लफ्रेन्ड/ब्वाइफ्रेन्डको
संख्याबाट निर्धारण हुन्छ
जसले धेरै गर्लफ्रेन्ड बनाउन सक्छ
जसले धेरै ब्वाइफ्रेन्ड बनाउन सक्छ
उहीँ हुन्छ काबिल यहाँ
अरे कस्तो जमाना आयो यार।
सति-सावित्रीहरु नै
शंकाको घेरामा पर्छन्
सीताहरुले नै अग्निपरिक्षा दिनुपर्छ
क्लियोपेट्राहरु नै चरित्रवान हुन्छन्
सोह्र सय गोपिनी राख्ने
कृष्णहरु नै भगवान हुन्छन्
अरे कस्तो जमाना आयो यार।
No comments:
Post a Comment