आकाशको रेल चढी तिमीलाई भेट्न आउँछु
बर्षौंदेखि तिर्खाएको मनको प्यास मेट्न आउँछु
घाम-जून साक्षी राखी चोखो माया गरौंला।२
मुस्कानको छाती ओढी पीडालाई तारौं हामी
अँध्यारो जीवनलाई झिलिमिली पारौं हामी
र्याईं-र्याईं पिरतीको सारंगी यो रेट्न आउँछु
बर्षौंदेखि तिर्खाएको मनको प्यास मेट्न आउँछु
घाम-जून साक्षी राखी चोखो माया गरौंला।२
सप्तरंगी इन्द्रेणीको रंगहरु पैंचाएर
पोतिदिउँला खुशीहरु जूनको ज्योति चोरेर
ज्यानै धितो राखी बरु म त मरिमेट्न आउँछु
बर्षौंदेखि तिर्खाएको मनको प्यास मेट्न आउँछु
घाम-जून साक्षी राखी चोखो माया गरौंला।२
No comments:
Post a Comment