कहाँ पुग्नुपर्ने मान्छे आज कहाँ पुगें
दोबाटोमा भेट हुँदा जब आँखा जुधे।
जता जता डोर्याउँछ मायाको डोरीले
खुरुखुरु जाने गर्छु बोलाउँदा मोरीले
पिरतीको लुटेराले मन मुटु लुटे
दोबाटोमा भेट हुँदा जब आँखा जुधे।
माया भन्नु मोह रैछ त्यसै लोभ्याउने
माया भन्नु पासो रैछ त्यसै फसाउने
सम्झनाले झस्काउँदा मध्यराती उठें
दोबाटोमा भेट हुँदा जब आँखा जुधे।
No comments:
Post a Comment