Saturday, 10 March 2018

रित्तो भयो गाउँघर

रित्तो भयो गाउँघर
बिरानो पिपल-वर
भत्किगए चौतारी
बाँझा भए खेतबारी।

कोही गए अमेरिका,कोही गए खाडी
रहर र बाध्यताले आफ्नो माटो छाडी
साउबाट ऋण काडी सयकडा तीनको
सजाएर सपना छाना छाउने टीनको।

छोराछोरी पढाउन सरे शहर तिर
बुढाबूढी बाबा-आमा रहिरहेछन् पीर
डाँडा,पाखा र हिमाल प्रतिक्षामा हुन्छन्
परदेशी आउने बाटो हेरी-हेरी रुन्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...