Wednesday, 10 May 2017

सम्झनाको क्षप्यास्त्रले

सम्झनाको क्षेप्यास्त्रले छाती ध्वस्त पार्छ
क्षण-क्षणमै हसाउँछ ,क्षणमै आँसु झार्छ।

कैले माया घाम जस्तै पारिलो देखियो
कैले माया छुरी जस्तै धारिलो देखियो
निष्ठुरीको याद आई मलाई जिउँदै मार्छ
क्षण-क्षणमै हसाउँछ,क्षणमै आँसु झार्छ।

हिजोसम्म उस्को माया मीठो हाँसो थियो
आज आई त्यही माया मलाई पासो भयो
आशा देखाई मायाले किन बसाइँ सार्छ
क्षण-क्षणमै हसाउँछ,क्षणमै आँसु झार्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...