मध्यराती अनायासै छट्पटीले छाती पोल्यो
निष्ठुरीको छल सम्झी मन धेरै-धेरै रोयो।
भएभरको सबै सुम्पी आफू रित्तो-रित्तो भएँ
सर्वस्व ठानें जसलाई ,उसैबाट धोका पाएँ
आँखाबाट आँसु बग्यो,तामाकोसी सरी बग्यो
निष्ठुरीको छल सम्झी मन धेरै-धेरै रोयो।
फुल्नै लाको माया प्रेम कोपिलामै मारी गयो
आज मेरो जीवन जिउँदो लास पारी गयो
आफू भन्दा बढी माया गर्नु मेरो भूल भयो
निष्ठुरीको छल सम्झी मन धेरै धेरै रोयो।
No comments:
Post a Comment