अचानोमा राखी शीर मुस्कुराउ भन्छौ तिमी
मुटु तिरै ताकी तीर मुस्कुराउ भन्छौ तिमी।
फकृएको गुलाबको निर्मम हत्या गरी दियौ
कोतपर्व रचाएर घुटु -घुटु रगत पियौ
छातीभित्र रोपी झीर मुस्कुराउ भन्छौ तिमी
मुटु तिरै ताकी तीर मुस्कुराउ भन्छौ तिमी।
कैद गरे दिल भित्र सहि दिन सक्थें बरु
बैरीलाई ठानी मित्र हाँसीदिन सक्थें बरु
थुपारेर सामु पीर मुस्कुराउ भन्छौ तिमी
मुटु तिरै ताकी तीर मुस्कुराउ भन्छौ तिमी।
No comments:
Post a Comment