तप्प झर्यो नयनरस,उनको याद बनेर
दुखाइरह्यो पिरतीले, मुटु भित्र गढेर।
सम्झनाको तरेलीले बेलाबेला झस्काउँछ
रातैभरी सुत्न दिन्न,घरी-घरी सताउँछ
बिर्सुं भन्छु निर्मोही,आउँछ काँडा बनेर
दुखाइरह्यो पिरतीले,मुटु भित्र गढेर।
दाहसंस्कार गर्न खोजें,बिझाउने अतीतलाई
तर पनि हैरान पार्यो, कुटु-कुटु मुटु खाई
मन्द बिष पिएको झैं, मैले माया गरेर
दुखाइरह्यो पिरतीले,मुटु भित्र गढेर।
No comments:
Post a Comment