नदी भई बगि दियौ,बगर भै बाँचेको छु
मनभित्र ब्यथा बोकी,बाहिर म हाँसेको छु।
हजारौं सपना बोकी मन बाट बसाइँ सर्यौ
मैले लाको चोखो माया,स्वीकार्न पछि पर्यौ
तिम्लाई खोज्दै बिरानो शहर मै बाँचेको छु
मनभित्र ब्यथा बोकी,बाहिर म हाँसेको छु।
ब्यस्त छ्यौ होली तिमी,रंगीचंगी दुनियाँमा
मस्त छ्यौ होली तिमी,पराइको अंगालोमा
तिमी लाई झ्याईं पार्ने रहर मै बाँचेको छु
मन भित्र ब्यथा बोकी,बाहिर म हाँसेको छु।
No comments:
Post a Comment