मुटुमा पाउ टेकेर गयौ सहेर बाँच्दैछु
आँसुमा पौडी खेलेर गयौ तैपनि हाँस्दैछु।
लगाई आगो गैदियौ तिमी सपना जल्दैछ
बनाई गयौ मनको रोगी यो ज्यान गल्दैछ
आँखामा काँडा रोपेर गयौ सहेर बाँच्दैछु
आँसुमा पौडी खेलेर गयौ तैपनि हाँस्दैछु।
आफू त भएँ सुकेको झार,तिमी त बनमारा
प्रेममा भएँ सहिद प्रिया,तिमी त ज्यानमारा
घाउमा नुन छर्केर गयौ,तड्पेर बाँच्दैछु
आँसुमा पौडी खेलेर गयौ तैपनि हाँस्दैछु।
No comments:
Post a Comment