बाँचिर'ने रुख तिमी,झरि जाने पात भएँ
केही बेर थामिएर,छोडि जाने हात भएँ।
तिमीमा बहार आउन,खुशी-खुशी झरिदिन्छु
धेरै साल बाँच तिमी,सुकेर म मरि दिन्छु
उज्यालो हौ दिन तिमी,अँध्यारो म रात भएँ
केही बेर थामिएर छोडी जाने हात भएँ।
प्रहार गर जतिसुकै,अचानो भै सहिदिउँला
सकुशल बस तिमी, बरु म नै खिई दिउँला
यादगार हुनु तिमी, भूली जाने बात भएँ
केही बेर थामिएर,,छोडी जाने हात भएँ।
No comments:
Post a Comment