भाग्य लेख्ने बिधाताले मेरै भाग्य लुट्यो क्यारे
परदेशीको मुटु आज स्वदेशमै छुट्यो क्यारे।
जिन्दगी नै दाउमा राखी मरुभूमि जानुपर्ने
प्रियबाट टाढिएर सयौं हन्डर खानुपर्ने
फोन पनि आउन छोड्यो,उनले माया मार्यो क्यारे
परदेशीको मुटु आज स्वदेशमै छुट्यो क्यारे।
पत्थर भन्दा सस्तो भयो गरीबको जिन्दगानी
दशैं र तिहार सम्झी आँखा हुन्छ पानीपानी
दैवले मेरो भागमा दु:ख मात्र पार्यो क्यारे
परदेशीको मुटु आज स्वदेशमै छुट्यो क्यारे।
No comments:
Post a Comment