Wednesday, 17 May 2017

उठी बास

उठी बास लगायो,तिम्रो मायाले
सुकुम्बासी बनायो,तिम्रो मायाले

धनी बा'को नजरमा योग्य हुन सकिएन
करोडौंको बैंक बजेट देखाउन सकिएन
जानु बाध्य गरायो,तिम्रो मायाले
शहरमा पठायो,,,तिम्रो मायाले।

कहिले बेल्चा चलाउंदैछु बिरानो ठाउँमा पनि
कहिले गिट्टी कुट्दैछु पैसा कमाउन भनी
दिनरात जगायो,तिम्रो मायाले
सताउनु सतायो,तिम्रो मायाले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...