Wednesday, 31 May 2017

तिम्रो घरको आँगनीमा

तिम्रो घरको आँगनीमा ब्यौला भई आउने
कति मीठो स्वप्न थियो,तिमीलाई पाउने।

पिरतीको सागरमा,सुनामी आइ दियो
छताछुल्ल भो जीवन,निराशा छाइ दियो
तिम्रो खाली सिउँदोमा,सिन्दूर सजाउने
कति मीठो स्वप्न थियो,तिमीलाई पाउने।

अनौठो हुने रहेछ,दैवको लिला पनि
रुवाउनु रुवाउँछ,तड्पाई घरी-घरी
घुम्टो ओढी लजाउँदा,तिम्रो सामू छाउने
कति मीठो स्वप्न थियो,तिमीलाई पाउने।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...