Wednesday, 17 May 2017

पिरतीको गहिराइ

पिरतीको गहिराइमा पुर्याएर छोडी दियौ
पौडिन नसक्नेलाई,किन एक्लै पारी दियौ
अजम्बरी भयौ तिमी,म त ज्युँदै मरेको छु
तिमीले नै जित्यौ खेल,मैले सबै हारेको छु।

हराभरा थियो जीवन,सुकाएर गयौ तिम्ले
सुक्खा जिन्दगीमा आगो लगाएर गयौ तिम्ले
तिम्रै नाममा चल्ने मुटु फुटाएर के पायौ र
निर्दोष यो मन लाई दुखाएर के पायौ र?

मलमको खोजी गर्दै दुखिरह्यो मेरो घाउ
तिमी भने स्वार्थी भई हेरिरह्यौ सधैं दाउ
मैले जस्तै तिमीले नि कतै धोका खायौ भने
मेरो नामै नलिनु है कतै चोट पायौ भने।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...