Wednesday, 17 May 2017

निष्ठुरीलाई चटक्कै

निष्ठुरी लाई चटक्कै भुल्ने शक्ति देउ दैव
उनीविना निर्धक्क भै डुल्ने शक्ति देउ दैव।

आँखा चिम्ली गईन् उनी स्वार्थ पूरा भएपछि
सुकुटी झैं भएको छु उनले छोडी गएपछि
चिम्लिएका आँखाहरु खुल्ने शक्ति देउ दैव
उनीविना निर्धक्क भै डुल्ने शक्ति देउ दैव।

माया विना जीवन यो मरुभूमि भएको छ
बिरुवा लाई पानीको धेरै कमी भएको छ
पानी बिना पनि फूल फुल्ने शक्ति देउ दैव
उनीविना निर्धक्क भै डुल्ने शक्ति देउ दैव।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...