जिरी नगरपालिकामा बसोबास गर्ने आम बा-आमा,दाजुभाइ,दिदीबहिनी,साथीभाइ तथा परिचित/अपरिचित महानुभावहरु!सर्वप्रथम सबैलाई नमस्कार/टसिदेलेक/फ्याँफुल्ल भन्न चाहन्छु!!!
राजनीतिलाई सकारात्मक र नकारात्मक जुन रुपमा लिए पनि आखिर राजनीति नै देश,गाउँ र समाजको बिकासको आधार हो भन्दा अत्युक्ति नहोला।दुई दशकपछि नागरिकले स्थानीय चुनाब मार्फत स्थानीय पदाधिकारी प्राप्त गर्ने लगभग सुनिश्चित जस्तै भएको देखिन्छ।बर्षौंपछि हातमा आएको आफ्नो मताधिकार कसलाई र कुन पार्टीलाई दिने भन्ने कुरा ब्यैक्तिक स्वतन्त्रताको कुरा हो।तर हामी शिक्षित एवं युवाहरुको दायित्व भनेको आफ्नो मताधिकार प्रयोग गर्ने मात्र हैन,बरु अशिक्षित बा-आमा/प्रौढहरुलाई कसरी भोट दिने भनेर सिकाउनु पनि हो।स्थानीय चुनाव भएकोले कुन पार्टीलाई भोट दिने भन्ने कुरा महत्वपूर्ण हैन।कुन र कस्तो ब्यक्तिलाई भोट दिने भन्ने कुरा महत्वपूर्ण हो।मुख्य कुरा आफ्नो वडामा कुन उम्मेदवार कस्तो र कसलाई भोट दिने भन्ने कुरा त सजिलैसँग छुट्याउन र निर्णय गर्न सकिन्छ तर मेयर/उपमेयर को कस्ता उम्मेदवार भनेर चिन्नु नितान्त आवश्यक छ।तपाईं कुन पार्टीमा आस्था राख्नुहुन्छ,त्यो आफ्नो ठाउँमा छँदैछ।तर हुनेवाला मेयर र उपमेयरको बारेमा गुण/दोष केलाएर मात्र भोट दिनु नितान्त आवश्यक छ,ताकी आफ्नो भोटको सही सदुपयोग होस।आफूले चुनेको मेयर/उपमेयरले गाउँ/ठाउँको बिकासको निमित्त दत्तचित्त भएर लागी परोस्।त्यो ब्यक्ती भ्रष्टाचार र आर्थिक हिनामिनामा संलग्न नहोस।तपाईंको एक भोटले गाउँ परिवर्तन होस।त्यसैले सही र बिकासको एजेन्डा बोकेको जुझारु उम्मेदवार छान्नु हामी सबैको कर्तब्य हो।त्यसैले निम्न प्रकृतिको उम्मेदवारलाई साथ दिनुपर्छ भन्ने मलाई लागेको छ।
(१)निष्ठवान,इमानदार,समाजसेवी तथा जुझारु युवा
(२)कुनै सार्वजनिक मुद्धा मामिलामा नमुछिएको।
(३)भ्रष्टाचार र आर्थिक हिनामिनामा असंलग्न।
(४)निहित स्वार्थ,पद र कुर्सीको लागि पार्टी परिवर्तन नगरेको।
(५)बिकास र परिवर्तन गर्न दत्तचित्त भएर लागी पर्ने ब्यक्ती।
(५)अरु उम्मेदवारको तुलनामा स्वच्छ छवि भएको।
सामान्यतया यति निम्नतम योग्यता भएको ब्यक्तिलाई मेयर/उपमेयर पदको लागि भोट दिए खेर जाँदैन भन्ने मेरो ब्यक्तिगत धारणा हो।
Tuesday, 2 May 2017
जिरी नगरपालिका चुनाव
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment