Saturday, 20 May 2017

ढोग गरें बाबा,आमा!
सञ्चै-सुबिस्तै हुनुहुन्छ?
के समस्या छ हजुरहरुको?
यसपालि म मेयरमा उठेको छु
कृपा गरेर एक-एक भोट दिनुहोला
म गाउँ झलल पार्छु
हजुरकै आँगनबाट गाडी गुड्ने बनाउँछु
पल्लो खोल्सामा झुलुङ्गे पुल हाल्छु
हाम्रो ठाउँलाई स्वर्ग बनाउँछु कसम!

ए!को पर्यो तिमीहरू?
मैले त चिनिन त!
ए गाउँकै पो?
धेरै भो कि नभेटेको
त्यही भएर ठम्याउनै सकिन
क्यानम तिमीहरुको भोट खेर गाथ्यो क्यारे
मलाई देउ भन्दा दिएनौ
आश्वासन मात्र दियौ
भोट दिएनौ
अब क्यारम त नि
भोट देको भए
छोरानातिलाई जागिर मिलाउँथे नि
तिमीहरुको बुद्धिमा बिर्को लाग्यो
मैले के गरुँ?
बरु यसो गर
अर्को पल्ट मलाई नै देउ है भोट
अनि हेरौंला
अहिलेलाई मेरो प्रतिद्वन्द्वी छ नि
उसंग मद्धत माग न है?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...