Wednesday, 17 May 2017

पँधेरीमा भेट

पँधेरीमा भेट हुँदा किन बोलिनौ
मैले झैं मनको कुरा किन खोलिनौ
भन किन खोलिनौ
भन किन बोलिनौ।

अँजुलीमा भरिदियौ प्यासी भई पानी माग्दा
अनायासै तर्की गयौ देखाएर झिनो आशा
परिचय दिनु थियो किन सोधिनौ
मेरो घर जाने बाटो किन रोजिनौ
भन किन रोजिनौ
भन किन सोधिनौ।

गाग्री बोकी गयौ तिमी,रुमाल त्यतै छोडिएछ
मन्द त्यो मुस्कान देख्दा मन मेरो लुटिएछ
रुमाल फिर्ता गर्नु थियो किन फर्किनौ
गएपछि फेरि पाइला किन मोडिनौ
भन किन मोडिनौ
भन किन फर्किनौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...