Saturday, 20 May 2017

यो मुटुको

यो मुटुको धड्कन मेरो मन्दमन्द हुँदै थियो
उनीलाई सुहागरातमा पराइले छुँदै थियो।

अतीतका सारा कथा नाचिरह्यो आँखाभरि
सम्झनामा बगिदियो आँसु सप्तकोसी सरी
निष्ठुरीले रंगीचंगी स्वप्नहरु बुन्दै थियो
उनीलाई सुहागरातमा पराइले छुँदै थियो।

अस्थिर त्यो मुटुको शल्यक्रिया गर्न पाए
जाति हुन्थ्यो कारणहरु आविष्कार गर्न पाए
मरे पनि तन मेरो मन भने ज्युँदै थियोे
उनीलाई सुहागरातमा पराईले छुँदै थियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...