सेतोलाई सेतो,कालो लाई कालो भन्न सक्नुपर्छ
बुढीलाई बुढी,सालो लाई सालो भन्न सक्नुपर्छ।
एकैछिन धेरै जनधनको क्षति हुनसक्छ हजुर
धर्तीमा हलचल आए भुइँचालो भन्न सक्नुपर्छ।
चुपचाप बसि दिंदा मिचेरै हिंड्ने छन् अचेल मान्छे
कुरेपछि समय आए आफ्नो पालो भन्न सक्नुपर्छ।
युवतीहरु यस्तो फेसनमा सजिन थाले आजभोलि
त्यस्तो कपडालाई माकुराको जालो भन्न सक्नुपर्छ।
शहर तिर पसे पछि बिर्सन खोज्छन् गाउँघर
त्यहाँका कुटो,कोदालो,डोको,डालो भन्न सक्नुपर्छ।
No comments:
Post a Comment