Tuesday, 14 March 2017

मान्छे नभएर के हो त

ल हेर्नुस् त
दुई आँखा छन्
दुई हात नै छन्
दुई पाउ नै छन्
दुईटै कान छन्
नाक पनि उस्तै
अनुहार पनि उस्तै
यस्तै यस्तै भनेका छन्
मान्छे हरु उर्लेका छन्
मान्छे नभएर के हो त?

ठिङ्ग उभ्याएका छन्
सर्वाङ्ग नग्न देखिएका छन्
अभद्र देखिएका छन्
उताउला देखिएका छन्
मान्छेसँग के खानेकुरा छ भनेर
आँखा तेज पारी चियाउँदै छन् 
मान्छेमा हुने केही गुण देखाएर
मान्छे हरु चिच्याउँदै छन्
मान्छे नभएर के हो त?

कठै सूक्ष्म ज्ञान पनि रहेनछ
मान्छे हुन शिक्षित चाहिन्छ
सभ्य र शालीन चाहिन्छ
अक्कल र शिष्टता चाहिन्छ
एउटा रुखबाट अर्कोमा
हाम्फाल्न सक्दैमा
द्रुत गतिमा दौडिँदैमा
कोही साहसी हुंदैनन्
कोही बुद्धिमानी हुँदैनन्
मान्छे हुन सक्तैनन्
तैपनि मान्छेहरु कराउँदैछन्
मान्छे नभएर के हो त?

पित्तल चम्काएर सुन हुन्न
सुनको जलप लाएपनि कुनै दिन
फलामको असली रुप देखिनेछ
गधालाई धोएर गाई नभए झैं
पूच्छर लुकाउँदैमा
बाँदर मान्छे हुन सक्तैनन् 
तैपनि मान्छेहरु जिद्दी गर्छन्
मान्छे नभएर के हो त?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...