Monday, 6 March 2017

चाउरी परे नि

चाउरी परे नि,गाला,चाउरी परे नि
तरुनीकै याद आउने नाती देखे नि।

फेसनमा सजिएर हिँडु-हिंडु लाग्ने
राम्रीलाई देखें भने आँखा मारुँ लाग्ने
तालु खुइले नि,सेतै कपाल फुले नि
तरुनीकै याद आउने नाती देखे नि।

सुन्दरी हो भेट हुँदा बाजे नभन्नु है
मेरो पनि मनै त हो नाथे नभन्नु है
पावरवाला चश्मा आँखामा लाए नि
तरुनीकै याद आउने नाति देखे नि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...