Friday, 3 March 2017

बिडम्बना

प्रचण्ड रवि चर्केको बेला
सफा भए पनि अरबको गगन
मनको गगनमा
घनाघोर मेघ चल्माइरहन्छ
हुन्छ अश्रुबर्षा
आउँछ पसिनाको भल
छिनछिनको बाढीपहिरोले
डुबानमा पर्छ-मुटु।

एकान्तमा उभिएको गाउँ
युवाहरुको अनुपस्थिती
मलामीको अभाव
नारीहरुले हलो समाउँदै
बिरक्तिएका छन् बिछोडमा।

जीवनस्तर उकास्न
भासिएका खम्बाहरु
जीवनै दाउमा राखेर
चौबिसमा १८ घण्टा
जोतिएका छन्
सिंचिएको छ मरुभूमि।

उता उर्वरभूमिमा
फैलिएको छ दुबो
बिलाएका छन् गोरेटा
झाँगिएका छन् झाडी
रजाइँ गर्न थाले स्यालहरु
ढुक्न थाले बुढाबुढीका
दुई जोर कुखुरा।

खाडीमा चेत खुलेका युवा
नव स्वप्न देख्दै
स्वदेश फिरेपनि
लोकल छ्याङ र रक्सीले
भुलाइदिन्छ उदेश्य
केही मासको बसाइँपछि
रित्तो गोजी छाम्दै
खोज्न थाल्छन् एक थान राहदानी
धाउँछन् ट्राभल एजेन्सी।

प्यारीबाट दूर हुँदाको पीरमा
राजधानीमा गर्छन् पार्टी
उडानको केही मिनेट अघि
हस्याङ-फस्याङ गर्दै
दौडिन्छन् इमिग्रेसनतिर
लामो दूरीको म्याराथुनमा
कतिबेला फुत्किए जुत्ता
कहिले चुँडिए चप्पल
पत्तै पाउँदैनन् र
खाली पाउ छिर्छन्
हवाइजहाज भित्र।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...