Thursday, 9 March 2017

जादूगर

मानिसहरुको भीड-भाडमा
डमरू बजाउँदै
आफ्नो कला प्रस्तुत गर्दै
दर्शकहरूको आँखा छल्दै
हातको तालमेल मिलाएर
लुखुरे केटालाई ढालेर
घाँटीमा चक्कु प्रहार गरी
कहिले चिल्लो घस्दै त
कहिले रुखो भएर
धम्क्याउँदै,थर्काउँदै
पाँ-पाँच,द-दश रुपैयाँ उठाएर
भ्रमित तुल्याए जस्तो
अनि कहिलेकाही
बोक्राहरु बटुलेर
फु-मन्तर गरेर
कुनै जादूगरले
निमेषमै सुन्तला बनाएर
दर्शकलाई चखाएको
रसविहीन सुन्तला जस्तो
बिल्कुलै निरस
बिल्कुलै अर्थहीन
उसका कार्यहरु
उसका नौटंकीहरु।

चर्तिकला देखायो
स्वार्थ पूर्ण गर्यो
गायब भयो
पुनः देखिन लाई
बर्षौं कुर्नुपर्ने
आफ्नो आवश्यकता अनुरुप
भर्याङ बनाउन
नौलो पारामा झुल्किन्छ
फेरि चटक देखाउन
उस्तै सुन्तला खुवाउन
कति पनि नैतिकता छैन
कति पनि लाज-शरम छैन
हाम्रा नेतालाई!!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...