Thursday, 9 March 2017

बुख्याँचाहरु

दशगजा पारीबाट
बन्दुक बोकेर
शक्ति प्रदर्शन गर्दै
वारिसम्म पुग्छन् 
केही धूर्त सिकारी।

सिमानामा उभिएका छन्
केही सालिकहरु-शालिन भएर
केही बुख्याँचाहरु-अवाक भएर।

सिकारीहरु उत्तेजित भई
घरी-घरी शीरमा
घरी-घरी गालामा
प्याट्ट-प्याट्ट हान्दा पनि
प्रतिरोध गर्न सक्दैनन्
मुख खोल्न सक्दैनन्
देख्न सक्दैनन्
सुन्न सक्दैनन्
ती अन्धाहरुले
ती कानाहरुले।

तिनै सिकारी
बुख्याँचाको समिप आई
बन्दुकको संगीनले
कहिले मुखमा
कहिले कानमा
कहिले मलद्धारमा
घोचेका छन्
कहिले नाक
कहिले मुख
बन्द गरेका छन्
तर ती बुख्याँचाहरुले
निर्लज्ज भई पचाएका छन्
सहर्ष स्वीकारेका छन्।

कतैबाट प्रतिरोध नहुँदा
बिरोध नहुँदा
साहस बढेका छन् तिनका
बढेका छन् अगाडि
खेलेका छन् सिकार
ढलेका छन् बाघ
रक्तम्य भएको छ महाकाली
यद्यपि मुकदर्शक भएर
ठिङ्ग उभिएका छन्
ती सालिकहरु
ती बुख्याँचाहरु!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...